+
+
Shares

हेलिकप्टर दुर्घटना : सवार थियो अन्तिम संस्कारका लागि यूकेबाट आएको परिवार

वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार ११ बजेर ५१ मिनेटमा दुर्घटनाग्रस्त भएको छ।
  • दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् र उनलाई काठमाडौं ल्याइएको छ।
  • हेलिकप्टरमा पाँच जना यात्रु थिए, जसमा नागमणि राई र उनका परिवारका सदस्यहरू पनि थिए।

४ चैत, काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो ।

काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका-२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए ।

वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो ।

वाडध्यक्ष राईले अनलाइनखबरसँग भने, ‘हेलिकप्टरमा ५ जना चढेपछि शव राख्ने ठाउँ भएन छ । शवबहानमा शव हालेर उहाँहरू चाहिँ काठमाडौंबाट हेलिकप्टरमा खोटाङ आउनु भएको रहेछ । अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।’

शव भने भोलि मात्रै खोटाङ आइपुग्ने जानकारी परिवारका सदस्यबाट आफूले पाएको वडाध्यक्ष राईले बताए ।

हेलिकप्टरमा नागमणि राई सहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि काठमाडौंबाट खोटाङ उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको जनाएको छ । एक जना सामान्य घाइते हुनु बाहेक चालक दल र अन्य यात्रुहरू सुरक्षित रहेको क्यानले जारी गरेको सूचनामा छ । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकेको पनि क्यानले उल्लेख गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?