+
+
Shares

खोटाङमा हेलिकप्टर दुर्घटना

काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेको हेलिकोप्टर दुर्घटनामा परेको छ।
  • प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षती नभएको जानकारी दिइन्।
  • गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो।

४ चैत, खोटाङ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । यसअघि प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शव बोकेर हेलिकप्टर त्यहाँ गएको भनेपनि हेलिकप्टरमा शव भने नरहेको वडाध्यक्ष मिलन कुमार राईले जानकारी दिए ।

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?