+
+
Shares

कार्यसम्पादनमा पुथा उत्तरगंगा जिल्लाकै उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १३:१२

४ चैत, रुकुमपूर्व । ​राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका जिल्लामा पहिलो भएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि आयोगले गरेको पछिल्लो वस्तुगत मूल्याङ्कनमा पुथा उत्तरगंगाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लाका अन्य दुई पालिकालाई उछिनेको हो ।

आयोगको नतिजा अनुसार जिल्लाको दोस्रो स्थानमा भूमे गाउँपालिका रहेको छ । भूमेले ६३.६३ अंक प्राप्त गर्दा सदरमुकाम समेत रहेको सिस्ने गाउँपालिका भने ६०.७७ अंकमा सीमित हुँदै तेस्रो स्थानमा खुम्चिएको छ ।

आयोगले स्थानीय तहको भूगोल, जनसङ्ख्या, मानव विकास सूचकाङ्क, सेवा प्रवाह र वित्तीय अनुशासन लगायतका १७ वटा सूचकका आधारमा यो अङ्क प्रदान गरेको हो ।

यही सूचककै आधारमा आगामी आर्थिक वर्षका लागि स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान र वित्तीय हस्तान्तरणको आकार निर्धारण हुने संवैधानिक प्रावधान छ ।

​भौगोलिक रूपमा जिल्लाकै कठिन र दुर्गम मानिने पुथा उत्तरगंगाले स्रोत र साधनको अभावका बाबजुद कार्यसम्पादनमा फड्को मारेको हो । ‘हामीसँग विकट भूगोल, पूर्वाधारको न्यूनता र जनशक्ति अभावका थुप्रै चुनौती थिए’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व बिकले भने, ‘तर सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी सेवा प्रवाहलाई चुस्त बनाउने हाम्रो प्रयासले यो सफलता सम्भव भएको हो ।’

आगामी दिनमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै नतिजालाई अझै परिष्कृत बनाउने उनले बताए ।

​विगतका वर्षहरूमा कार्यसम्पादनमा प्रतिष्पर्धा गर्दै आएका भूमे र सिस्ने यसपटक भने पुथाभन्दा पछि परेका छन् । विशेषगरी वित्तीय अनुशासन र बजेट कार्यान्वयनको अवस्थालाई मुख्य आधार बनाइएको यस मूल्याङ्कनले पालिकाहरूको आन्तरिक सुशासनको चित्र समेत प्रस्ट पारेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?