+
+
Shares

विपद् प्रभावित समुदायलाई किफायती र सुविधायुक्त आवास योजना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आर्थिक वर्ष २०८२/८३ मा विपत् प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना ल्याउने घोषणा गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिने बताउनुभयो।
  • सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोध र अग्नि सुरक्षा मापदण्ड लागू गर्ने जनाएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा विपत् प्रभावित समुदायलाई किफायती र सुविधायुक्‍त आवास योजना कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो योजना घोषणा गरेका हुन् ।

वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिने समेत राष्ट्रपति पौडेलले बताए । सरकारले नीति तथा कार्यक्रममा मध्यपहाडी आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिने उनले बताए ।

त्यसैगरी आगामी आर्थिक वर्षदेखि राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ । सो अनुसार सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोध, अग्नि सुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागु गरिने सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?