+
+
Shares

दृष्टिविहीन विद्यार्थीले छामेर सिके सौर्यमण्डल र तारामण्डलको ज्ञान

उनले भनिन्, ‘दृष्टिविहीन विद्यार्थीहरूलाई सौर्यमण्डल, ग्रहहरू, ताराहरू र तारामण्डलको अवधारणाबारे बुझाउन विशेष टेक्टाइल मोडलहरू, ब्रेल लिपीमा लेखिएका सामग्रीहरू र अन्य शिक्षण उपकरणहरू प्रयोग गरेका छौं।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते २०:३८
फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीलाई डोरीको सहायताले सौर्यमण्डल, ग्रहहरूको दूरीबारे जानकारी दिँदै समावेशी ब्रह्माण्ड परियोजनाकी संयोजक मनीषा द्वा।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दृष्टिविहीन विद्यार्थीहरूलाई खगोल विज्ञानको व्यवहारिक शिक्षा प्रदान गर्‍यो।
  • कार्यक्रममा १७ दृष्टिविहीन विद्यार्थीहरूलाई टेक्टाइल मोडल, ब्रेल सामग्री र अन्य उपकरण प्रयोग गरि सिकाइ गराइयो।
  • संगठनले समावेशी शिक्षाको प्रवर्द्धन र विज्ञानलाई सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्य राखेको छ।

८ असार, काठमाडौं। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीलाई खगोल विज्ञानबारे व्यवहारिक शिक्षा सिकाइको अनुभव गराएको छ ।

खगोल विज्ञानको क्षेत्रमा सहभागी गराई समावेशी शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एष्ट्रोनोमिकलसोसाइटी र आईएयू नेसनल आउटरिच कोअर्डिनेटर नेपालको संयुक्त आयोजनामा यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा फरक क्षमता भएका १७ जना दृष्टिविहीन विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराई व्यावहारिक सिकाइको अनुभव गराइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी अन्तर्गत रहेको समावेशी ब्रह्माण्ड परियोजनाकी संयोजक मनीषा द्वाले बताइन् ।

उनले भनिन्, ‘दृष्टिविहीन विद्यार्थीहरूलाई सौर्यमण्डल, ग्रहहरू, ताराहरू र तारामण्डलको अवधारणाबारे बुझाउन विशेष टेक्टाइल मोडलहरू, ब्रेल लिपीमा लेखिएका सामग्रीहरू र अन्य शिक्षण उपकरणहरू प्रयोग गरेका छौं।’

उनका अनुसार सहभागी विद्यार्थीहरूले हातले छामेर ग्रहहरूको आकार, संरचना र सौर्यमण्डलको व्यवस्थालाई अनुभव गरेका छन् ।

साथै प्रशिक्षकहरूले विद्यार्थीहरूसँग सहभागी भई उनीहरूलाई खगोलीय वस्तुहरूको बारेमा विस्तृत जानकारी प्रदान गरिएको उनको भनाइ छ ।

‘हामी उहाँहरूलाई सौर्यमण्डलको मोडेलमा ग्रहहरूको आकार र दूरीको अनुपात देखाउन डोरीको सहायता लियौं। सूर्यको तापमानबारे छमाएर, छोएर दृष्टिविहीन विद्यार्थीहरूलाई अनुभव गरायौं,’ उनले भनिन्, ‘ कुन ग्रहहरू कति टाढा छन् ? भनेर डोरीको सहायताले एक-एक गरी विद्यार्थीहरूलाई ब्रेल लिपीबाट बुझायौं।’

फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीलाई डोरीको सहायताले सौर्यमण्डल, ग्रहहरूको दूरीबारे जानकारी दिँदै समावेशी ब्रह्माण्ड परियोजनाकी संयोजक मनीषा द्वा।

उनले उक्त कार्यक्रम कक्षा २ देखि ११ कक्षामा अध्ययनरत दिपेश उपाध्याय, सञ्जय तामाङ, सन्देश चौहान, कोपिला तामाङ, निमा साङ तामाङ, जस्मिन नेपाल, दिप्सना धुङ्गाना, बिनिता बस्नेत, संजिता माझी, भक्ति थापा मगर, समयोग के.सी., सनम पुटवार, बिकाश सिम्खडा, कुशल बेलबासे, बिनोद प्रसाद शर्मा, बिनय अधिकारी, सोफिक थापा दृष्टिविहीन विद्यार्थीहरू सहभागीता थिए ।

कार्यक्रममा नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष तथा नेपालका लागि आईएयू नेसनल आउटरिच कोअर्डिनेटर सुरेश भट्टराईले सहभागी सबै विद्यार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरे ।

साथै नासोको परियोजना संयोजक मनीषा द्वाले फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीहरूलाई सिकाइका यी सामग्रीले खगोल विज्ञानको क्षेत्रमा बुझ्न सजिलो बनाउने र समावेशी शिक्षाको आधार तयार गरेको बताइन् ।

फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीलाई सौर्यमण्डलबारे छमाएर जानकारी दिँदै समावेशी ब्रह्माण्ड परियोजनाकी संयोजक मनीषा द्वा।

‘यो कार्यक्रमले समाजमा समावेशीताको सन्देश फैलाउँदै दृष्टिविहीन समुदायलाई शैक्षिक अवसरहरूमा समेट्ने प्रयास गरेको छ। साथै विज्ञानलाई सबैका लागि पहुँचयोग्य बनाउँदै समावेशी स्टिम शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। ‘ उनले भनिन् ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले गत वर्षदेखि समावेशी ब्रह्माण्ड परियोजनालाई चलाउँदै आएको छ भने शिक्षा मन्त्रालयले गर्ने स्टिम एजुकेशन प्रतियोगितामा दृष्टिविहीन विद्यार्थीहरूले समेत भाग लिन सक्‍ने आधार तय गर्दै आएको छ  जसमा दृष्टिविहीन विद्यार्थीहरूका लागि अलग्गै विधागत व्‍यस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?