+
+
Shares

डिजिटल पूर्वाधार निर्माण र इकोसिष्टम विकास गर्न ७४ करोड

सरकारले डिजिटल पूर्वाधार निर्माण र इकोसिष्टम विकास गर्न ७४ कोरोड बजेट विनियोजन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८२/८३ को बजेटमा ७४ कोड रकम डिजिटल पूर्वाधार र इकोसिष्टम विकासमा विनियोजन गरे।
  • उहाँले निजी क्षेत्रसँग साझेदारीमा डाटा सेन्टर निर्माण र सञ्चालन गर्ने घोषणा गर्नुभयो।
  • साथै, काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना र मध्यपहाडी क्षेत्रमा डेटा सेन्टरको सम्भाव्यता अध्ययन गरिनेछ।

१५ जेठ, काठमाडौं। सरकारले डिजिटल पूर्वाधार निर्माण र इकोसिष्टम विकास गर्न ७४ कोरोड बजेट विनियोजन गरेको छ ।

बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले डाटा सेन्टर निर्माण, सञ्चालन र पूर्वाधार विकासमा निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने बताए ।

साथै, काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गर्ने उनले बताए । बजेटमा सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्यपहाडी क्षेत्रमा डेटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

यस्तै डेटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीमा जग्गा, अविच्छिन्न विद्युत र सुरक्षा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?