
फाइल तस्वीर
६ साउन, काठमाडौं । नेपालमा एक वर्षमा २१ लाख ८४ हजार ६ सय ९४ थान स्मार्टफोन आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा स्मार्टफोन आयातमा मात्र ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ विदेशिएको छ । स्मार्टफोन आयातबाट सरकारले ६ अर्ब ६२ करोड ७६ लाख बराबर राजस्व उठाएको छ ।
यस वर्ष नेपालले १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमध्ये स्टार्टफोन धेरै रकमको आयात हुने वस्तुको छैटौं स्थानमा छ । पहिलो स्थानमा डिजेल छ । दोस्रो स्थानमा सोयाबिन तेल र तेस्रो स्थानमा पेट्रोल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4