+
+
Shares

टर्किस एयरको जहाजमा आगलागी : अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित

सो जहाज अहिले विमानस्थलको मुख्य धावनमार्गमै रोकिएको छ । प्राविधिकहरुले जहाजको परीक्षण गरिरहेका छन् । परीक्षण सकिएपछि त्यसलाई धावनमार्गबाट हटाइने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते ७:३९

२८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएर मुख्य धावनमार्गमै रोकिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ ।

जहाज धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘अहिले उडान अवतरण बन्द छ, जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा लगेर यात्रुको उद्धार हुँदैछ ।’

इस्तानबुलबाट काठमाडौं आएको TK726 जहाज आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । सो आगो दमकल प्रयोग गरी निभाइएको थियो । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

सो जहाजमा ४ बच्चासहित २७७ यात्रु छन् । उनीहरु सबै सुरक्षित छन् । जहाजमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुको हातमा चोट लागेको छ ।

जहाजमा केही शव र धेरै सामानहरु पनि रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?