
News Summary
Generated by OK AI. Editorially reviewed.- एलन मस्कले स्पेस एक्समार्फत आफ्नो एआई स्टार्टअप एक्सएआईमा २ अर्ब डलर लगानी गरेका छन्।
- स्पेस एक्सको यो लगानी कम्पनीको सबैभन्दा ठूलो बाह्य लगानी हो र यसको उद्देश्य मस्कका सबै कम्पनीमा एआईलाई केन्द्रमा ल्याउनु हो।
- मस्कले ग्रोक नामक एआई च्याटबटलाई सबै व्यवसायमा प्रयोग गर्ने योजना बनाएका छन् र यसले वित्तीय चुनौतीहरू पनि निम्त्याउन सक्छ।
विश्वका सबैभन्दा धनी व्यक्ति तथा स्पेस एक्स, टेस्ला, एक्सलगायतका कम्पनीका मालिक अर्बपति एलन मस्क आफ्ना अनौठा तथा अपत्यारिला लाग्ने निर्णय र कदमहरुका कारण सदैव चर्चामा रहन्छन् । यसपटक मस्क आफ्नो निकै दूरगामी तथा महत्वपूर्ण व्यवसायिक योजनाका कारण पुन: चर्चामा आएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एलन मस्कले आफ्ना सबै व्यवसायहरुलाई एकीकृत गर्ने दिशामा महत्वपूर्ण कदम उठाएका छन् । जसअनुसार मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले उनको एआई स्टार्टअप एक्सएआईमा २ अर्ब डलर लगानी गरेको छ । उक्त लगानीको उद्देश्य स्पेस एक्स, टेस्ला तथा सोसल मिडिया प्लाटफर्म एक्स जस्ता उनका सबै कम्पनीहरुको केन्द्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई ल्याउनु रहेको छ ।
मस्कको उक्त कदम यस्तो समयमा आएको छ जब यो वर्षको सुरुवातमा एक्स एआई सोसल मिडिया प्लाटफर्म एक्समा विलय भएको थियो । तत् पश्चात् बनेको कम्पनीको मूल्यांकन अहिले ११३ अर्ब भैसकेको छ । उक्त लगानी गत जूनमा मोर्गन स्टानलीको अगुवाईमा भएको थियो, जसले मस्कको एआई आधारित रणनीतिमा लगानीकर्ताहरुको दह्रिलो विश्वासलाई दर्शाउँछ ।
ग्रोक : ‘एउटै एआई, सबैका लागि’
उक्त गुरु योजनाको मूख्य आधार एक्स एआईद्वारा विकसित गरिएको एआई च्याटबट ग्रोक हो । मस्कका अनुसार ग्रोकलाई सबै व्यवसायहरुमा उपयोग गरिनेछ । वास्तवमा स्पेस एक्सको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकमा ग्राहक सपोर्टका लागि पहिलेदेखि नै ग्रोकको प्रयोग भइरहेको छ । अब यसलाई टेस्लाको अप्टिमस रोबोटमा पनि ल्याउने तयारी चलिरहेको छ । ग्रोकलाई एक विश्वव्यापी एआई सिस्टम बनाउने मस्कको योजना छ, जसले रकेट, रोबोट तथा सोसल मिडिया सहित सबै प्लाटफर्महरुलाई एउटै एआईबाट नियन्त्रित गर्न सकोस् ।
स्पेस एक्सको सबैभन्दा ठूलो बाह्य लगानी
सो दुई अर्ब डलरको लगानी स्पेस एक्सद्वारा कुनै बाह्य परियोजनामा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हो । आम रुपमा स्पेस एक्स केवल रकेट तथा स्याटेलाईटमा केन्द्रित रहँदै आएको छ । तथापि यसअघि पनि कम्पनीले मस्कका अन्य विभिन्न उपक्रमहरुमा सहायता दिएको छ । उदाहरणका लागि टेस्ला कम्पनीको सुरुवाती कठीन दिनहरुमा स्पेस एक्सले सहयोग प्रदान गरेको थियो भने ट्वीटर खरीद गर्न पनि मस्कलाई एक अर्ब डलर ऋण प्रदान गरेको थियो । मस्कले उक्त ऋण भुक्तान गरिसकेका छन् ।
चुनौती र जोखिम
मस्कले यस्तो खालको ठूलो रकम एआईमा खन्याउनुका आफ्नै खतरा छन् । स्पेस एक्सले पहिलेदेखि नै आफ्नो महत्वाकांक्षी स्टारसिप परियोजनामा लगानी गरिरहेको छ, जसले लगातार ढिलाइ तथा परीक्षण असफलताको सामना गरिरहेको छ ।
रिपोर्ट अनुसार स्पेस एक्ससँग हाल करीब ३ अर्ब नगद छ । तर स्टारसिप तथा एक्स एआई जस्ता दुई ठूला परियोजनामा एकसाथ लगानी गर्दा त्यसले कम्पनीको वित्तीय अवस्था तथा लगानीकर्ताहरुको अपेक्षामा दबाब पैदा गर्न सक्दछ ।
प्रतिक्रिया 4