+
+
Shares

‘धन्यवाद’ र ‘कृपया’ भन्दा च्याट जीपीटीलाई करोडौँ डलर घाटा

सोसल मिडिया प्लाटफर्म एक्समा एकजना प्रयोगकर्ताको जिज्ञासाको जवाफमा अल्टम्यानले यस्तो खुलासा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते १४:११
च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यान।

११ वैशाख, काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग नम्र भएर बोल्दा त्यसले ठूलो आर्थिक तथा वातावरणीय क्षति गर्ने खुलासा भएको छ ।

च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईका सीईओ साम अल्टम्यानका अनुसार प्रयोगकर्ताहरुले च्याट जीपीटीसँग प्लिज र थ्यांक यू भन्दा कम्पनीलाई वर्षेनी करोडौँ डलर रकम घाटा लागिरहेको छ ।

सोसल मिडिया प्लाटफर्म एक्समा एकजना प्रयोगकर्ताको जिज्ञासाको जवाफमा अल्टम्यानले यस्तो खुलासा गरेका हुन् ।

@tomieinlove नामक एक एक्स प्रयोगकर्ताले एआई मोडेलसँग प्लिज र थ्यांक यू भन्दा ओपन एआईले विद्युत खर्चमा कति गुमाएको होला ? भन्ने जिज्ञासा सहित एक्समा पोस्ट गरेका थिए ।

त्यसको जवाफमा अल्टम्यानमा यसमा कम्पनीले करोडौँ डलर खर्च गरिरहेको प्रतिक्रिया दिएका छन् ।

जेनेरेटिभ एआईले ठूलो परिमाणमा ऊर्जा खपत गर्ने गर्दछ । अझ एआई मोडेललाई प्रशिक्षित गर्दा व्यापक मात्रामा बिजुली खपत हुन्छ ।

यो खुलासाले एआईप्रति समाजले कसरी आफ्नो व्यवहार अनुकूल गरिरहेको छ र देखिँदा सामान्य लाग्ने क्रियाकलापले पनि ओपन एआई जस्ता एआई कम्पनीहरुका लागि कति ठूलो स्तरमा प्रभाव पार्नसक्ने भन्ने देखाएको छ ।

जेनेरेटिभ एआईले ठूलो परिमाणमा ऊर्जा खपत गर्ने गर्दछ । अझ एआई मोडेललाई प्रशिक्षित गर्दा व्यापक मात्रामा बिजुली खपत हुन्छ ।

यसले च्याट जीपीटीमा मानवीय शैलीको अन्तरक्रियालाई महत्व दिने ओपन एआईले त्यसका लागि कति ठूलो मूल्य चुकाएको छ भन्ने पनि प्रष्ट भएको छ ।

उता माइक्रोसफ्ट कोपाइलटको डिजाइन टिमका निर्देशक कुर्टि विभेर्सले एआईसँगको अन्तरक्रियामा आधारभूत शिष्टाचार पालना गर्नाले एआईलाई सम्मानजनक तथा सहकार्य गरी सरल नतिजा दिन सहयोग गर्ने बताएका छन् ।

कम्पनीको एक मेमोमा उनले भनेका छन् कि प्रयोगकर्ताले सोध्ने प्रश्नको व्यवसायिकता, प्रष्टता र विस्तृत विवरणको तहलाई एआईले प्रतिबिम्बित गर्दछ । त्यसैले एआई च्याटबटसँग नम्र बन्दा तपाईले त्यसको जवाफमा त्यस्तै शालीनता प्राप्त गर्ने मात्र नभई एआईको कार्यसम्पादन र प्रतिक्रिया दिँदा पनि उतिकै ऊर्जा खपत हुने उनको भनाइ छ ।

वास्तवमा च्याटबटमा गरिने कुरा जति जटिल र शब्दजाल भयो त्यसले एआई सर्भरमा प्रोसेसिङ्ग लोड उत्ति बढाउँछ र बिजुली खपत उच्च हुन्छ ।

६७ प्रतिशत अमेरिकीले च्याट जीपीटीसँग प्लिज भन्छन्

च्याट जीपीटीजस्ता एआई सिस्टमहरु चेतना र संवेदनाहीन भएता पनि यसप्रति आम प्रयोगकर्ताहरुले सभ्य ढंगले व्यवहार गर्ने क्रम बढेको छ।

गतवर्ष गरिएको एक सर्भे अनुसार ६७ प्रतिशत अमेरिकीहरुले एआई टुलसँग नम्र भाषामा कुराकानी गर्ने गरेका छन् । त्यसमध्ये ५५ प्रतिशतले त आफूले नैतिक रुपमै अनुभूत गरेर त्यस्तो भाषा बोल्ने गरेको बताए ।

प्राविधिक दृष्टिकोणबाट हेर्दा च्याट जीपीटीमा टाइप गरिने हरेक अतिरिक्त शब्द तथा वाक्यांशले थप सञ्‍चारको श्रोतको खपत गर्दछ । यी प्रणालीले उच्च क्षमतायुक्त डेटा सेन्टरमा जटिल ल्याङ्ग्वेज मोडेलमा काम गर्दछन् । हरेक शबद टोकन प्रयोग बढाउँछ र त्यसले प्रोसेसिङ्ग लोड बढाउँछ ।

यी प्रणालीलाई विशाल कम्प्युटिङ् क्षमता चाहिने मात्र होइन यिनले उल्लेख्य मात्रामा तापको उत्पादन गर्दछन् । जसका लागि महँगो र अधिक ऊर्जा खपत गर्ने कुलिङ्ग सिस्टम चाहिन्छ । जति बढी शब्द प्रोसेसिङ्ग गरियो, त्यतिधेरै बिजुली खपत हुन्छ । यसबाट सञ्चालन खर्च र वातावरणीय प्रभाव दुवैमा वृद्धि हुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?