
News Summary
Generated by OK AI. Editorially reviewed.- मेटाले आजदेखि केही पुराना स्मार्टफोनमा ह्वाट्सएप नचल्ने घोषणा गरेको छ।
- सामान्यत: आइफोन र एन्ड्रोइडका पुराना संस्करणहरूमा ह्वाट्सएप समर्थन बन्द हुनेछ।
- साइबर सुरक्षा जोखिम र नयाँ संस्करणको आवश्यकताका कारण यस्तो निर्णय गरिएको हो।
१८ जेठ, काठमाडौं । आजदेखि केही पुराना स्माटफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताएको भएपनि अन्ततः आज अर्थात् जुन १ देखि कार्यान्वयनन गरेको हो ।
अब आइओएस १५ वा त्यो भन्दा पूरानो संस्करण भएका आइफोन तथा एन्ड्रोइड ५ (Lollipop) वा त्योभन्दा पुरानो संस्करणका एन्ड्रोइड फोनहरुमा ह्वाट्सएप चल्ने छैन ।
योसँगै निम्त मोडेलका स्मार्टफोनहरुमा ह्वाट्सएपले सपोर्ट नगर्ने भएको छ :
१. आइफोन फाइभ एस
२. आइफोन ६
३. आइफोन ६ प्लस
४. आइफोन ६ एस
५. आइफोन ६ एस प्लस
६. आइफोन एसइ (फस्ट जेनेरेशन)
७. सामसङ ग्यालेक्सी एस ४
८. सामसङ ग्यालेक्सी नोट ३
९. सोनी एक्पेरिया जेड १
१०. एलजी जी २
११. हुवावे एसेन्ड पी ६
१२. मोटो जी (फस्ट जेनेरेशन)
१३. मोटोरोला रेजर एचडी
१४. मोटो ई (२०१४)
यदि तपाईंको मोबाइल फोन पनि ह्वाट्सएप नचल्ने उल्लेखित सूचीमा परेको छ भने के गर्ने?
· सूरुमा आफ्नो फोन कुन अपरेटिङ सिस्टममा चलिरहेको छ भन्ने जाँच गर्नुहोस्।
· यदि तपाईंको आइफोनमा मा आइओएस १५.१ वा एन्ड्रोइडमा मा ५.१ वा त्यसभन्दा नयाँ संस्करण छ भने, उक्त फोनमा ह्वाट्सएप अझै चल्नेछ।
· यदि तपाईंको फोन निकै पूरानो मोडेलका हो र अपरेटिंग सिस्टम अपडेट गर्न मिल्दैन भने, नयाँ फोन प्रयोग गर्न थाल्नुअघि ह्वाट्सएपका महत्वपूर्ण डेटाहरु (जस्तैः च्याट, फाइल आदि) लाई ब्याकअप गर्नुहोस् ।
मेटाले किन गर्यो यस्तो निर्णय ?
पुराना आइफोन तथा एन्ड्रोइड फोनका संस्करणहरूले नयाँ तथा अद्यावधिक सुरक्षा अपडेटरु प्राप्त नगर्ने हुनाले यस्ता उपकरणहरूमा डेटा ह्याक हुने वा अन्य साइबर खतराहरूको जोखिम बढेको हुन्छ ।
सोही कराणले मेटाले बेलाबेलामा पूराना मोडेलका फोनहरुबाट आफ्ना एपहरुलाई हटाउने गर्दछ । प्रयोगकर्ताहरुलाई साइबर आक्रमणबाट बँचाउनकै लागि त्यस्तो कदम चालिएको दाबी मेटाको छ। एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4