Comments Add Comment

सूचना प्रविधि

List Grid
अमेजन मालिक बेजोसको योजना : चन्द्रमामा बसोबास

अमेजन कम्पनीका मालिक तथा विश्वको नम्बर वान धनाढ्य जेफ बेजोसले पत्रकार सम्मेलन बिरलै गर्दछन् । उनले हालै एउटा पत्रकार सम्मेलनको आयोजना गरे र आफ्नो सबैभन्दा लगावको परियोजना ‘ब्लु ओरिजिन’का बारेमा कुरा गरे भने चन्द्रमामा उतार्ने यानका बारेमा पनि कुरा गरे । उनले परिकल्पना गरेको ब्लू मून नामको यान चन्द्रमामा जाने अद्वितीय साधन बन्नेछ । उनका […]

फेसबुक चलाउँदै हुनुहुन्छ ? बुँदा नं ९४ ख्याल गर्नोस् !

२७ बैशाख, काठमाडौं । सामाजिक सञ्जालमा केही विकृति र स्वच्छन्दता देखिए पनि अहिलेसम्म नेपाली नागरिकले खुल्ला अभिव्यक्ति दिादै आएका थिए । नेताहरुलाई खरो अलोचनासहितका कमेन्टहरु पनि गर्न पाइन्थ्यो । तर, अब सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको त्यस्तै पारित भयो भने फेसबुक चलाउनेहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना देखिन्छ । सरकारले संसदमा दर्ता […]

स्मार्टफोनमा अब ६४ मेगापिक्सेलको क्यामरा

स्मार्टफोन फोटोग्राफीका सन्दर्भमा एप्पल आइफोन तथा गुगल पिक्सेल स्मार्टफोनलाई अग्रणी मानिन्छ । तर यो मामिलामा सामसुङ पनि कमजोर खेलाडी होइन । गत वर्ष सामसुङले ४८ मेगापिक्सेल आइसोसेल क्यामराका साथ स्मार्टफोन क्यामराको बजारमा तहल्का मच्चाएको थियो । यसपटक चाहिँ एक कदम अघि बढ्दै सामसुङले ६४ मेगापिक्सेल स्मार्टफोन क्यामरा तयार गर्दैछ । यो ६४ मेगापिक्सेल आइसोसेल ब्राइट […]

‘भीभो एपेक्स’ नेपालमा सार्वजनिक

भीभो नेपालले आफ्नो दोस्रो कन्सेप्ट स्मार्टफोन ‘भीभो एपेक्स २०१९’ नेपालमा प्रदर्शन गरेको छ। कम्पनीले पहिलो पटक नेपालमा सुपर युनिबडी डिजाइनमा रहेको एपेक्स २०१९ को मिडिया लन्च गरेको हो। इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी निरन्तर विभिन्न आविश्कारीक प्रविधिहरुको बिकास र बिस्तारमा लागिरहेको कम्पनीले मोबाइल उद्योगमा नै नेतृत्वदायीरुपमा पहिलो पटक इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ्ग टेक्नोलोजी विकास गरेको […]

पहिलो कम्पनी खोल्दा कति थियो यी चर्चित व्यक्तिको उमेर ?

मार्क जुकरबर्ग, इभान स्पाइजेल तथा गुगलका दुईजना सस्थापकहरु तिन वर्षभित्रै करोडपति बनिसकेका थिए । उल्लेखित व्यक्तिहरुले आफूले स्थापना गरेको पहिलो कम्पनीबाटै मनग्गे सफलता प्राप्त गरे । तर, अन्य कतिपय दिग्गज प्रविधि कम्पनीका संस्थापकहरुले भने दोश्रो वा तेश्रो कम्पनी खडा नगरुन्जेल सम्म धन र प्रसिद्धि कमाउन सकेका थिएनन् । विश्वका विभिन्न २३ वटा चर्चित प्रविधि कम्पनीहरु […]

ट्वीटरमा नयाँ फिचर्स : फोटो र भिडियोसहित रिट्वीट गर्न सकिने

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । रिट्वीट गर्दा फोटो र भिडियोलाई समेत राख्न सकिने सुविधा ट्वीटरले ल्याएको हो । पहिले रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा मिडिया -फोटो, जीआईफ र भिडियो) पनि राख्न सकिन्छ । It’s easy to express yourself by Retweeting with a comment. What […]

भिडियो च्याट एप बन्द गर्दै फेसबुक

फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो । फेसबुकले भनेको छ, […]

गुगलको नयाँ अपरेटिङ्ग सिस्टम, के के छन् फिचर्स ?

गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू छिट्टै नै लञ्च गर्दैछ । बहुप्रतिक्षित एन्ड्रोइडको यो नयाँ संस्करणमा धेरै नयाँ फिचरहरु उपलब्ध हुने बताइएको छ । समाचार अनुसार एन्ड्रोइड क्यू मा गुगलले सिस्टम वाइड डार्क मोड फिचर उपलब्ध गराउनेछ । यो फिचर उपलब्ध भएमा स्मार्टफोनमा स्वचालित रुपमा बाहिरी वातावरणको आधारमा डार्क मोड एक्टिभेट हुन्छ […]

सरकारी सर्भर ‘डाउन’, देशभर सेवा प्रभावित

२२ वैशाख, काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । डोमेन नेम सर्भर (डीएनएस)मा भएको समस्याले गर्दा सेवाग्राही प्रभावित भएका छन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ […]

२ हप्ता बन्देज लाग्दा टिकटकले गुमायो डेढ करोड प्रयोगकर्ता

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि हालै भारतले २ हप्तासम्म प्रतिबन्ध लगायो । त्यसरी २ हप्तासम्म बन्देज लाग्दा टिकटकले भारतमा झण्डै डेढ करोड नयाँ प्रयोगकर्ता थप्ने मौका गुमाएको छ । Sensor Tower नामक एनालिटिक्स फर्मको एक नयाँ रिपोर्टले उपर्युक्त तथ्यको खुलासा गरेको हो । टिकटक चिनिया कम्पनी Bytedance को स्वामित्वमा रहेको छ । उक्त रिपोर्ट अनुसार यदि […]

हरेक दिन कतिजना मानिसले ट्वीटर लगइन गर्छन् ?

अनलाइनमार्फत हुने दुव्र्यवहार तथा दुरुपयोगलगायतका विषयमा आलोचना बढिरहँदा पनि सोसल मिडिया प्लाटफर्म ट्वीटरको लोकप्रियतामा वृद्धि भैरहेको छ । पछिल्लो तथ्यांकले ट्वीटरको लोकप्रियताको वृद्धिदर झनै उकालो लागिरहेको देखाएको छ । ट्वीटरले हालै आफ्नो सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार अहिले हरेक दिन १३ करोड ४० लाख मानिसले ट्वीटर लगइन […]

अब ‘युटिलिटी पेमेन्ट’सहित मोबाइल मनीमा नेपाल टेकिलम

१९ वैशाख, काठमाडौं । नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्ने भएको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टेलिकमबीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । अब टेलिकम अन्तरगत एक सहायक कम्पनी खडा गरिनेछ । जसको पुँजी एक अर्ब बराबरको हुनेछ […]

फेसबुकमा ‘जीवित’भन्दा ‘मृतक’को संख्या धेरै हुने

सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड नाघेको जनाएको थियो । फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक तथा अनौठो पाटोको खुलासा हालै भएको छ । एक अध्ययन अनुसार, सन् २०७० सम्ममा फेसबुकमा जिउँदा प्रयोगकर्ता भन्दा मृतक मान्छेका फेसबुक अकाउन्टको संख्या धेरै […]

कुन देशमा कुन आइफोन लोकप्रिय ? यी हुन् सबैभन्दा लोकप्रिय आइफोन

विश्वमा सबैभन्दा लोकप्रिय आइफोनहरु कुन कुन हुन् ? आइफोनको लोकप्रियताको दर देशगत रुपमा फरक हुन सक्छ । DeviceAtlas ले हालै विश्वका विभिन्न देशमा कुन मोडेलको आइफोन सबैभन्दा लोकप्रिय रहेको छ भन्ने सूचि सार्वजनिक गरेको छ । विश्वका विभिन्न ३६ वटा देशमा सन् २०१८ को चौथो त्रैमासिकको बिक्रिका आधारमा सबैभन्दा धेरै लोकप्रिय रहेका आइफोनका मोडेलहरु यी […]

आफूले चाहेको समयमा यसरी पठाउनुहोस् जिमेल

यदि तपाईं कुनै जरुरी बैठकमा वा काममा व्यस्त हुनुपर्नेछ तर त्यही बेला नै तपाईंले केही इमेल पनि पठाउनुपर्नेछ भने चिन्ता मान्नु पर्दैन । किनकी जिमेलमा तपाईंले निश्चित समयमा इमेल प्रेषित हुनेगरी शेड्यूल गर्न सक्नुहुनेछ । गत वर्ष जिमेलले यो फिचर ल्याएको हो । यसको सहयोगले जिमेल प्रयोगकर्ताले आफूले चाहेको समयमा प्रेषित हुनेगरी इमेललाई पाइपलाइनमा राख्न […]

ठेगाना पत्ता लगाउने एप सार्वजनिक

आफूलाई आवश्यक ठेगाना सजिलै पत्ता लगाउन मिल्ने मोवाइल एप सार्वजनिक भएको छ । ठेगाना सर्भिसेजले सार्वजनिक गरेको एप ‘ठेगाना’ मार्फत देशभरिको ठेगाना पत्ता लगाउन सकिन्छ । सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत विशाल केसी यो एप व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा प्रयोग गर्न सकिने बताउँछन् । डेलिभरी सेवा प्राप्त गर्न, आपतकालीन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, […]

फेसबुक संस्थापकले पत्नीको लागि बनाए यस्तो ‘जिनियस’ बाकस

सोसल नेटवर्किङ्ग साइट फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक तथा इन्स्टाग्राममा एक तस्वीर पोष्ट गरेका छन् । जुकरबर्ग आफैंले हालै आविष्कार गरेको एउटा डिभाइसको तस्वीर हो त्यो । तर जुकरबर्गको त्यो आविष्कार सोसल मिडिया प्लाटफर्मसँग सम्बन्धित छैन । वास्तवमा उनले एउटा काठको बाकस बनाएका छन् जुन बिहान ६ देखि ७ बजेसम्म चम्किन्छ । जुकरबर्गले आफ्नी […]

टेलिकमको रोमिङ सेवा सञ्चालनमा, चीन-भारत जाँदा आफ्नै मोबाइलबाट कल गर्न सकिने

१६ वैशाख, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्नेछन् । नेपालबाट आएको कल उठाउन […]

एनसेलले ल्यायो ‘कलआयो पैसा पायो’ अफर

१५ वैशाख,काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको आकर्षक अफर ‘कलआयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप प्राप्त गर्नेछन् । […]

एनटीसीको प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा भोलिबाट

१५ वैशाख, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा बैशाख १६ गतेदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न […]

देशभित्रै डाटा राख्ने भारतको प्रस्तावमा फेसबुक संस्थापकले के भने ?

फेसबुक प्रयोगकर्ताका डाटालाई देशभित्रै स्टोर गर्नुपर्ने भारतको मागका विषयमा फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले मुख खोलेका छन् । भारतको यस्तो मागमा विचार गर्न सकिने भएपनि यस्तो गर्नु जोखिमपूर्ण हुने उनको भनाइ छ । यदि फेसबुक प्रयोगकर्ताका डाटाहरुलाई सम्बन्धित देशमै स्टोर गर्ने माग फेसबुकले पूरा गर्न थालेमा दुनियाँका कतिपय तानाशाही देशहरुले समेत यस्तो माग गर्नसक्ने […]