 
																			स्मार्टफोन अहिले हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ, चाहे व्यक्तिगत होस् वा व्यवसायिक जिन्दगी ।
स्मार्टफोनबाट गरिने एउटा काम भनेको जिमेल जस्ता इमेल प्लाटफर्महरुबाट इमेलहरू पठाउने तथा प्राप्त गर्ने पनि हो ।
प्रयोगकर्ताको सहजता, सुरक्षा, गोपनीयताका साथै प्रयोगको अनुभवलाई उत्कृष्ट तुल्याउनका लागि जिमेलले आफ्नो मोबाइल एपमा विभिन्न फिचरहरु उपलब्ध गराएको छ । ती मध्ये ५ वटा निकै उपयोगी सेटिङ यी हुन् :
१. नोटिफिकेसनलाई कस्टमाइज गर्नुहोस् : जिमेलले डिफल्ट रुपमै इमेल प्राप्त हुँदा सबैमा नोटिफिकेसन पठाउँछ । तर, कहिलेकाहीँ यस्तो नोटिफिकेसन निकै दिक्क लाग्दो हुन्छ, खासगरी मार्केटिङ तथा स्पाम इमेल आउँदा । त्यसैले आइफोन तथा एन्ड्रोइडमा जिमेल प्रयोगकर्ता दुवैले कस्तो खालका इमेल आउँदा यस्तो नोटिफिकेसन प्राप्त गर्ने भन्ने विकल्प छान्न सक्दछन् र यसमा all र high priority गरी दुई विकल्प हुन्छन् ।
High-Priority सेटिङ राख्दा प्रयोगकर्ताले केवल उच्च प्राथमिकतायुक्त इमेलहरु आउँदा प्राप्त यस्तो अलर्ट प्राप्त गर्दछन् ।
साथै जिमेल प्रयोगकर्ताले यस्तो नोटिफिकेसन पूर्ण रुपमा बन्द पनि गर्न सक्दछन् । बिदा तथा सप्ताहन्तमा यो निकै उपयोगी हुन्छ।
२. विधागत रुपमा इमेललाई विभाजन गर्ने : जिमेल प्रयोगकर्ताहरुले इमेललाई तिनका प्रकारहरुका आधारमा विभिन्न विधामा वर्गीकरण गरेर छुट्टाउन सक्दछन्। यसो गर्नाले अनेक खालका इमेलहरुलाई छुट्टाउन सकिन्छ । त्यसमा primary, promotions, social, updates तथा forums जस्ता शीर्षकहरु हुन्छन् ।
तपाईंले जिमेलमा यस्तो सेटिंग्सलाई सक्रिय बनाउनुभयो भने तपाईंले इनबक्समा प्राप्त हुने इमेलहरू त्यसका प्रकारका आधारमा सम्बन्धित शीर्षकभित्र गएर बस्दछन् ।
३. मोबाइल सिग्नेचरलाई सक्रिय बनाउनुहोस् : यो फिचरलाई सक्रिय बनाएसँगै तपाई्ले आफ्नो फोनको जिमेलबाट पठाउने हरेक इमेलमा डिफल्ट रुपमा तपाईंको सिग्नेचर हुन्छ। त्यस्तो सिग्नेचरमा तपाईंले आफ्नो नाम, सम्पर्क नम्बर, पदलगायतका विभिन्न विवरणहरु राख्न सक्नुहुन्छ। सेटिङ मेनूबाट जिमेलमा कस्टम सिग्नेचर पनि थप्न सकिन्छ।
४. स्मार्ट कम्पोज तथा स्मार्ट रिप्लाई सक्रिय बनाउनुहोस् : यो फिचरमार्फत् जिमेलमा कुनै पनि नयाँ इमेल कम्पोज गर्दा अनुमानित शब्दावलीहरुको सुझाव प्राप्त हुन्छ ।
साथै यो फिचरले कतिपय इमेलहरुको त समभावित जवाफ नै लेखिदिन्छ । यो फिचरले इमेलको मस्यौदा मनाउन सहज बनाइदिन्छ र आफ्नो आवश्यकता अनुसार त्यसलाई सम्पादन गर्न सकिन्छ ।
५ . कार्यालय बाहिर भएको जानकारीको स्वचालित जवाफ : के आफू बिदामा रहँदा जिमेलमा प्राप्त हुने हरेक अफिसियल इमेलहरुको एक/एक गरी जवाफ दिनबाट जोगिन चाहनुहुन्छ ? यदि यसो हो भने जिमेल एपमा out-of-office auto-reply लाई सक्रिय बनाउनुहोस् । त्यसमा तपाईंले आफ्नो सन्देशसँगै पहिलो तथा अन्तिम दिन र विषय लेख्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो सम्पर्क सूचीमा रहेका मानिसहरुालई मात्रै त्यस्तो नोटिफिकेसन पठाउनका लागि send to my contacts only फिचरलाई सक्रिय बनाउन सक्नुहुनछ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4