काठमाडौं । आजको डिजिटल युगमा आफ्नो व्यक्तिगत डेटा सबैभन्दा महत्वपूर्ण हुन्छ । यदि तपाईंले आइफोन प्रयोग गर्नुहुन्छ भने आफ्नो डिभाइसलाई सुरक्षित राख्ने सबैभन्दा प्रभावकारी उपाय भनेको पासकोड राख्नु हो ।
पासकोडले सुरक्षा कवचको काम गर्दछ र तपाईंको फोनमा अनधिकृत व्यक्तिको पहुँचलाई रोक्दछ । जसका कारण फोनमा रहेका तपाईंका महत्वपूर्ण डेटा सुरक्षित हुन्छन् ।
पासकोड राख्नुभयो भने फोन हराउँदा र चोरिँदा समेत त्यसमा अरु गलत मानिसको अनधिकृत पहुँच पुग्ने जोखिम कम हुन्छ ।
आफ्नो आइओएस १८ डिभाइसमा पासकोड सेट गर्नु निकै सरल छ । यसका लागि दिइएको तरिका अपनाउनुहोस्–
- सेटिंग्स खोल्नुहोस् र त्यसका लागि आफ्नो आइफोन वा आइप्याडको Settings गएर ट्याप गर्नुहोस्
- त्यसपछि एबकक Passcode Settings मा जानुहोस्
- यदि तपाईंको डिभाइसमा फेस आइडी छ भने Face ID & Passcode अप्सनमा ट्याप गर्नुहोस्
- यदि तपाईंको डिभाइसमा Touch ID छ भने Touch ID & Passcode अप्सनमा ट्याप गर्नुहोस्
- यदि तपाईंको आइफोन वा आइप्याडमा फेस आइडी वा टच आइडी कुनै पनि छैन भने Passcode मा ट्याप गर्नुहोस्
- त्यसपछि Turn Passcode On अप्सनमा ट्याप गर्नुहोस्
- पासकोड सिर्जना गर्नुहोस् । त्यसका लागि आफूले चाहेको ६ अंकको पासकोड थिच्नुहोस् ।
- पासकोडलाई कन्फर्म गर्नका लागि पुनः थिच्नुहोस् ।
ध्यान दिनुपर्ने केही कुरा
- बलियो पासकोड छान्नुहोस् । आफ्नो जन्ममिति तथा लगातारका संख्याजस्ता सजिलैसँग अनुमान गर्न सकिने पासकोड प्रयोग नगर्नुहोस् ।
- फोन स्लिप भएपछि पासकोड सक्रिय हुने विकल्प राख्नुहोस् । यो सेटिंग्स राख्नुभयो भने तपाईंको फोन केही समय निस्क्रिय भएको निश्चित समयपछि डिस्प्ले खोल्नका लागि पासकोड हाल्नुपर्दछ ।
- नियमित रुपमा पासकोड परिवर्तन गर्नुहोस् । पासकोडलाई समय समयमा अपडेट गर्नाले सेक्योरिटीमा वृद्धि गर्दछ ।
–एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4