
स्मार्टफोनको प्रयोग तीव्र गतिमा बढिरहँदा फोन चोरीका घटनाहरू पनि उसैगरी बढ्दै गइरहेका छन् ।
हामीले अवश्य पनि आफ्नो फोनको विशेष ध्यान राख्छौं । तर, कहिलेकाही ख्याल गर्दागर्दै पनि फोन हराउन सक्दछ । फोन चोरी भएमा वा हराएमा तपाईं के गर्नुहुन्छ ?
आजको डिजिटल युगमा स्मार्टफोनका प्रयोग केवल फोनकल र सन्देशहरूको आदानप्रदानमा मात्रै सीमित छैन यसलाई भुक्तानीको लागि समेत प्रयोग गरिन्छ ।
स्मार्टफोनमा बैंकिङ एपहरू तथा भुक्तानी एपहरू हुन्छन्, जसको माध्यमबाट अनलाइनबाट रकमको कारोबार गरिन्छ । त्यसैले यस्ता संवेदनशील डेटासहितका फोन चोरी हुँदा वा हराउँदा उक्त फोन हात पार्ने व्यक्तिले फोनमा भएका ती एपहरुको अनधिकृत दुरुपयोग गर्न सक्दछ । यस्तोमा यदि फोन हराइहाल्यो भने के गर्ने त ? तपाईंले चिन्ता मान्नु पर्दैन । तपाईंले अर्को कुनै डिभाइसबाटै आफ्नो हराएको एन्ड्रोइड फोनमा रहेका एपहरू डिलिट गर्न सक्नुहुन्छ। यसका लागि दुईवटा विधि छन् :
जिमेलको माध्यमबाट स्मार्टफोनका एप हटाउने तरिका
स्मार्टफोन चोरी भएमा भुक्तानी एप वा अन्य कुनै पनि एपलाई रिमोट तरिकाले डिभाइसबाट हटाउन सकिन्छ । यसको लागि पहिलो तरिका भनेको जीमेल मार्फत डिलिट गर्नु हो ।
यस्तो छ तरिका :
- सबैभन्दा पहिला, अर्को डिभाइसमा आफ्नो जीमेल अकाउन्ट लगइन गर्नुहोस् ।
- त्यसपछि माथिल्लो भागको दायाँतर्फको Profile खण्डमा क्लिक गर्नुहोस्।
- Manage your Account अप्सनमा ट्याप गर्नुहोस् र Security मा जानुहोस्
- – त्यसपछि Your Device अप्सनमा ट्याप गर्नुहोस्
- यसो गर्दा, तपाईंको जिमेल अकाउन्ट कुन डिभाइसमा र कुन लोकेशनमा सक्रिय छ भन्ने जानकारी प्राप्त हुनेछ । यसरी, तपाईंलाई आफ्नो उक्त हराएको डिभाइसमा पहुँच प्राप्त हुनेछ । त्यसपछि तपाईंले सो फोनमा रहेका कुनै पनि एपलाई अनइन्स्टल गर्न सक्नुहुन्छ ।
गुगल प्लेस्टोरबाट स्मार्टफोनका एप डिलिट गर्ने तरिका
यदि तपाईंको फोन हरायो वा चोरी भयो भने, त्यस डिभाइसबाट कुनै पनि एप हटाउनको लागि अर्को तरिका गुगल प्ले स्टोरको सहारा लिनु हो ।
गुगल प्ले स्टोरमार्फत रिमोट तरिकाले कुनै पनि एप हटाउन सकिन्छ ।
यस्तो छ तरिका :
- सबैभन्दा पहिला, कुनै फोनमा गुगल प्ले स्टोरमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस्
- त्यसपछि पेजमा दिइएको Profile खण्डमा क्लिक गर्नुहोस् ।
- फेरि Manage ट्याब छान्नुहोस् र त्यसमा क्लिक गर्नुहोस्।
- यसो गर्दा, माथिल्लो दायाँतर्फ बक्सको सूची आउनेछ ।
- अब तपाईंले आफ्नो हराएको फोनबाट जुन एपलाई हटाउन चाहनुहुन्छ, त्यसलाई छानेर अनइन्स्टल गर्नुहोस् ।
प्रतिक्रिया 4