 
																			अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा नयाँ अन्तरिक्ष मिसनको तयारी गरिरहेको छ । यो दशकको अन्त्यसम्ममा प्रक्षेपण गर्ने योजना बनाएको उक्त मिसनको नाम ल्यान्डल्ट स्पेस मिसन हो । यसमा एउटा यस्तो स्याटेलाइट हुनेछ, जसले ठ्याक्कै कृत्रिम ताराले जस्तै काम गर्नेछ।
यो मिसनको प्रमुख उद्देश्य जमिनमा आधारित टेलिस्कोपको सटिकतामा सुधार गर्नु हो जसले ब्रम्हाण्डका विषयमा हाम्रो ज्ञानमा वृद्धि गर्नेछ। एउटा ब्रेड जत्रै आकारको उक्त स्याटेलाइट सन् २०२९ को सुरुवातमा प्रक्षेपण गर्ने योजना छ।
उक्त कृत्रिम तारामा आठवटा लेजर हुनेछन् जसले तारादेखि सुपरनोभा सम्मका प्रकाश उत्पन्न हुनेछ। इसले अब्जरभेटरीमा रहेका आफ्ना टेलिस्कोप तथा अन्य उपकरणलाई फाइन ट्युन गर्नका लागि खगोलविद्हरूलाई क्यालिब्रेसन प्रविधिको रुपमा रहनेछ । र, वास्तविक खगोलिय पिण्डहरुको सटिक नापका लागि सहयोग गर्नेछ।
उक्त कृत्रिम तारा स्याटेलाइट पृथ्वीको सतहभन्दा ३५ हजार ७८५ किलोमिटर माथि स्थापित गरिनेछ। यो यस्तो कक्ष हो, जसमा रहेको स्याटेलाइट पृथ्वीबाट हेर्दा स्थिर तथा वास्तविक ताराजस्तै देखिने मिसनका प्रमुख अनुसन्धानकर्ता पिटर प्लाभचान बताउँछन् । यो अमेरिका माथिको आकासमा हुनेछ।
उक्त कृत्रिम तारा नांगो आँखाले भने देख्न सकिनेछैन । तथापि डिलिटल क्यामेरायुक्त आम टेलिस्कोपबाट भने सजिलै देख्न सकिनेछ ।
नासाको यो मिसनमा ३० जना जनशक्ति खटिनुका साथै १९ करोड ५० लाख डलर बजेट छुट्टाइएको छ ।
ल्यान्डल्ट मिसनलाई अन्तरिक्ष अन्वेषणका क्षेत्रमा ब्रेकथ्रु मानिएको छ । यसले ब्रम्हाण्डका धेरै भन्दा धेरै रहस्यको पर्दा उघार्ने अपेक्षा खगोलविदहरुको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4