+
+
Shares

अन्तरिक्षमा गरियो हलिउड फिल्म ‘प्रोजेक्ट हेल मेरी’ को प्रिमियर (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १२:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोनी पिक्चर्सले ‘प्रोजेक्ट हेल मेरी’ को प्रचारका लागि आईम्याक्स डिस्प्ले युनिटलाई करिब १ लाख १० हजार फिट उचाइमा पठाएर लन्डन प्रिमियरका दृश्य देखाएको छ।
  • ‘प्रोजेक्ट हेल मेरी’ विज्ञान-कथा फिल्म हो जसमा एक शिक्षक-वैज्ञानिकले सूर्य कमजोर हुँदै गएको पत्ता लगाएर पृथ्वी बचाउने प्रयास गर्छन्।
  • रायन गोसलिङ र सान्ड्रा हुलरको अभिनय रहेको यो फिल्म विश्वका सिनेमा हलमा प्रदर्शनमा आएको छ र आईम्याक्समा हेर्न सिफारिश गरिएको छ।

लस एन्जलस । फिल्म प्रचारका अनौठा तरिका त धेरै देखिन्छन्, तर ‘प्रोजेक्ट हेल मेरी’ का लागि गरिएको यो प्रयास भने साँच्चै फरक छ । यसको प्रचार टोलीलाई सराहना गर्नैपर्छ ।

सोनी पिक्चर्सले सेन्ट इन्टु स्पेस लिमिटेडसँग मिलेर विशेष रूपमा तयार गरिएको ‘आईम्याक्स डिस्प्ले युनिट’ पृथ्वीबाट करिब १ लाख १० हजार फिट उचाइसम्म पठायो । त्यहाँ पुगेपछि सो यन्त्रले लन्डनमा भएको प्रिमियरका दृश्यहरू देखाउन सुरु गर्‍यो ।

त्यसपछि सोही यन्त्रमा फिल्मको पूरा संस्करण पनि आईम्याक्सको १.४३ः१ विस्तारित अनुपातमा प्रदर्शन गरियो । यसरी हेर्दा, फिल्मको प्रिमियरलाई साँच्चै पृथ्वीभन्दा बाहिर पुर्‍याइएको छ, जुन प्रचारका हिसाबले निकै रोचक र सिर्जनात्मक प्रयास हो ।

‘आईम्याक्स डिस्प्ले युनिट’ भन्नाले यहाँ आईम्याक्समा बनाइएका कन्टेन्ट चलाउन सक्ने टेलिभिजनलाई जनाइएको हुन सक्छ, जुन क्यानाडाली कम्पनीले घरेलु प्रदर्शनका लागि बनाएको एक प्रकारको मापदण्ड हो । तस्बिरको गुणस्तरका हिसाबले यो निकै उच्चस्तरको भए पनि, सामान्यतया यस्ता टिभीहरू स्ट्राटोस्फियर (पृथ्वीको माथिल्लो वायुमण्डल) मा पनि भरपर्दो रूपमा चल्न सक्ने गरी बनाइएका हुँदैनन् ।

तर टिभी उद्योगमा नयाँ-नयाँ लेबल थप्ने चलन हेर्दा, भविष्यमा यस्तो सुविधा पनि जोडिन सक्छ भन्ने लाग्छ । सायद अब ‘स्पेस रेडी’ टिभी पनि आउने हो कि भन्ने अनुमान गर्न सकिन्छ ।त्यहाँ यो दृश्य हेर्ने कोही नभए पनि, सम्पूर्ण घटना क्यामेरामा कैद गरिएको थियो, जसले कम्तीमा यो वास्तवमै भएको प्रमाण दिन्छ ।

रायन गोसलिङ, सान्ड्रा हुलर र एउटा सानो ढुंगाजस्तो एलियनको अभिनय रहेको यो फिल्म यसै सप्ताहन्तदेखि विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । यसै हप्ता बीएफआई आईम्याक्समा यसको पूर्व प्रदर्शन हेर्ने अवसर पाएकोले म निश्चिन्त भएर भन्न सक्छु- यदि तपाईं यस्तो आईम्याक्स हलको पहुँचमा हुनुहुन्छ जहाँ यो फिल्म देखाइन्छ, भने सकेसम्म छिटो टिकट लिनुहोस् ।

यो फिल्मले रमाइलो कथा बोकेको छ र ठूलो आईम्याक्स पर्दामा पूर्ण, काटछाँट नगरेको संस्करणमा हेर्दा साँच्चै भव्य सिनेमाटिक अनुभव दिन्छ ।

‘प्रोजेक्ट हेल मेरी’ भने अन्तरिक्षमै पहिलो पटक प्रिमियर हुने फिल्म बनेन । त्यो कीर्तिमान सन् २०११ मा बनेको ‘फस्र्ट अर्बिट’ नामक वृत्तचित्रको नाममा छ, जसले युरी गागरिनको ऐतिहासिक अन्तरिक्ष यात्रालाई वास्तविक समयजस्तै ढंगले चित्रण गरेको थियो ।

उक्त वृत्तचित्रको आधिकारिक विश्व प्रिमियर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मै गरिएको बताइन्छ । सन् २०१५ देखि आईएसएसमा अन्तरिक्ष यात्रीले फुर्सदको समयमा फिल्म हेर्न सकून् भनेर प्रोजेक्टर र ६५ इन्चको स्क्रिन समेत राखिएको छ ।

‘प्रोजेक्ट हेल मेरी’ एक विज्ञान-कथा (साइ-फाइ) फिल्म हो, जसको कथा पृथ्वीलाई बचाउने प्रयास वरिपरि घुम्छ । कथामा एक शिक्षक-वैज्ञानिक अचानक अन्तरिक्षयानमा एक्लै ब्यूँझिन्छन् । उनलाई आफ्नो पहिचान र मिशन सुरुमा याद हुँदैन । विस्तारै उनले थाहा पाउँछन् कि सूर्य कमजोर हुँदै गइरहेको छ र मानव सभ्यता संकटमा छ ।

उनको जिम्मेवारी हुन्छ- यो रहस्यमय समस्या समाधान गरेर पृथ्वीलाई बचाउने । यस क्रममा उनले अन्तरिक्षमा एउटा अनौठो, सानो ढुंगाजस्तो देखिने एलियन (रकी) सँग मित्रता पनि बनाउँछन् । यही सम्बन्धले कथालाई भावनात्मक र रोचक बनाउँछ ।

शीर्ष भूमिकामा रायन गसलिङले अभिनय गरेका छन् । सान्ड्रा हुलरको महत्वपूर्ण सह-भूमिका छ । फिल लर्ड र क्रिस्टोफर मिलरले संयुक्तरुपमा यो फिल्मको निर्देशन गरेका हुन् । यदि तपाईंले विज्ञान कथामा आधारित फिल्म रुचाउनुहुन्छ भने यो फिल्म छुटाउन नहुने सूचीमा पर्छ ।

‘फोर्ब्स ‘पत्रिकबाट ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?