+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

चीनले अन्तरिक्षमा प्रक्षेपण गर्‍यो नयाँ उपग्रह ‘याओगान–४७’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले मङ्गलबार जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट लङ–मार्च–४बी रकेटमार्फत् नयाँ उपग्रह याओगान–४७ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
  • याओगान–४७ उपग्रह राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारीमा प्रयोग हुने बताइएको छ।
  • यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो र उपग्रहले चीनको अवलोकन र डेटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

२३ मंसिर, जिउक्वान । चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत् नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ ।

याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?