News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले १६ कात्तिकमा श्रीहरिटकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने तयारी गरेको छ।
- सीएमएस–०३ उपग्रहको तौल ४४१० किलोग्राम छ र यो भारतबाट जीटीओमा प्रक्षेपण हुने सबैभन्दा भारी सञ्चार उपग्रह हो।
- यो उपग्रहले भारतीय भू–भागसहित विस्तृत समुद्री क्षेत्रमा सेवा दिनेछ र भारतीय नौ सैनिकको सञ्चार प्रणालीलाई ठूलो सहायता पुर्याउनेछ।
१६ कात्तिक, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आज आइतबार सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने भएको छ ।
इसरोले आन्ध्रप्रदेशको श्रीहरिटकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्न लागेको हो ।
यसलाई भारतबाट अहिलेसम्म प्रक्षेपण भएकामध्ये र जियोसिक्रोनस ट्रान्सफर अर्बिट (जीटीओ) मा स्थापित हुने सबभन्दा धेरै वजनदार सञ्चार उपग्रह समेत भनिएको छ । इसरोका अनुसार यसको तौल ४ हजार ४ सय १० किलोग्राम छ ।
यो उपग्रह भारतकै सबभन्दा शक्तिशाली रकेट लञ्च भिकल मार्क ३–एम५ (एलवीएम३–एम५) मार्फत् नेपाली समयअनुसार आज साँझ ५:४६ प्रक्षेपण गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सीएमएस–०३ उपग्रहले भारतीय भू–भागसहित विस्तृत समुद्री क्षेत्रमा सेवा दिनेछ । यो उपग्रहले भारतीय नौ सैनिकको सञ्चार प्रणालीलाई निकै ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ । यसले उच्च गतिको ब्याण्डविथ समेत उपलब्ध गराउनेछ, जसले दुर्गम क्षेत्रमा समेत डिजिटल पहुँच स्थापित गर्नेछ । साथै यसले नागरिक संस्था, रणनीतिक योजनामा समेत सघाउ अपेक्षा छ ।
इसरोले शनिबार नै प्रक्षेपणको तयारी पूरा भएको जानकारी गराएको थियो । प्रक्षेपणका लागि २० अक्टोबरमै भूउपग्रहलाई लञ्चप्याडमा स्थापित गरिएको थियो । ४३ दशमलब ५ मिटर लामो यो रकेट आफ्नो शक्तिशाली क्रायोजेनिक चरणका साथ ४ हजार किलोग्रामको जीटीओ पेलोड र ८ हजार किलोग्रामको लो अर्थ अर्बिट पेलोडलाई अन्तरिक्षसम्म लैजान सक्षम छ ।
यही क्षमताका कारण यसलाई ‘बाहुबली’ नाम दिइएको छ । रकेट बुस्टर लिफ्ट अफ, लिक्विड प्रोपेलेन्ट कोर र क्रायोजेनिक (सी२५) सहित ती चरणको यो रकेटले इसरोलाई ४ हजार किलोग्रामसम्मको भारी सञ्चार उपग्रहलाई कम लागतमै जीटीओमा प्रक्षेपण गर्नमा पूर्ण आत्मनिर्भर बनाएको छ ।
रकेटको किनारमा रहेको दुई एस२०० ले टोस रकेट बुस्टर लिफ्ट अफका लागि आवश्यक थ्रस्ट प्रदान गर्दछ । एस२०० बुस्टरलाई विक्रम साराभाई अन्तरिक्ष केन्द्र तिरुवाअन्तपुरममा विकसित गरिएको हो ।
लिक्विड प्रोपल्शन सिस्टम्स सेन्टरमा डिजाइन र विकसित दुई ‘विकास’ इञ्जिनद्वारा एल११० लिक्विड चरण सञ्चालित हुन्छ ।
इसरोले एलवीएम३–एम५ को पाँचौ उडान हो । यसले चन्द्रमामा चन्द्रयान–३ जस्ता मिसनको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जसकै कारण सन् २०२३ मा भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफलतापूर्वक उपग्रह प्रक्षेपण गर्ने पहिलो देश बनेको थियो ।
प्रतिक्रिया 4