News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साहलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरिएको छ।
- बलात्कार आरोपमा साहसहित चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दुईसाता अघि जाहेरी दर्ता भएको थियो र थप दुईजनाको खोजतलास भइरहेको छ।
- साह नेकपा एमालेबाट गत २०७९ को चुनावमा मेयरका उम्मेदवार थिए र जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन्।
२३ मंसिर, जनकपुरधाम । बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी हिरा भनिने शिवशंकर साह पक्राउ परेका छन् ।
एक १४ वर्षीया बालिकालाई होटेलमा जबरजस्ती करणी गरेको आरोपमा साहलगायत चारजनाविरुद्ध दुईसाता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।
साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी गणेश बमले जानकारी दिए । बलात्कार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए ।
यसअघि सोही मुद्दामा हिराको नातमा दाई पर्ने मनोज महतोलाई प्रहरीले पक्राउ गरेको थियो । थप दुईजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साह गत २०७९ को चुनावमा जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार थिए । उनी निकटतम प्रतिद्वन्दी भएका थिए ।
आगामी चुनावमा उनी मेयर जित्ने प्रवल सम्भावना रहेको अड्कल भइरहेको बेला उनी बलात्कार अभियोगमा मुछिएका छन् । साह जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् ।
प्रतिक्रिया 4