 
																			पछिल्ला दुई दिनदेखि फेसबुकको डार्क आइकनको बारेमा हरेक दिन इन्टरनेटमा हजारौं सर्च भइरहेका छन् ।
फेसबुकको आइकन निलोबाट कालो रङको भएको प्रयोगकर्ताहरुको गुनासो छ । हजारौं सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फेसबुकको कालो आइकनका तस्वीरहरू अनलाइन शेयर गरेका छन् ।
तपाईंको फोनमा भएको फेसबुक एपको आइकन पनि कालो भएको हुन सक्छ। यदि तपाईं पनि फेसबुकको आइकनको रंग परिवर्तन भएको हो कि भनेर सोच्दै हुनुहुन्छ भने यो समाचार तपाईंका लागि धेरै महत्त्वपूर्ण छ।
प्राविधिक समस्याका कारण आइकन कालो
यदि तपाईंको फेसबुक एपको आइकनको पृष्ठभूमि कालो देखिंदै छ भने तपाईं यस्तो समस्या भोग्ने एक्लै हुनुहुन्न ।
हजारौं प्रयोगकर्ताहरुले यस्तो अनुभव गरेका छन् । यसबाट कैयन् प्रयोगकर्ताले फेसबुक एपको रङ नै परिवर्तन पो भएको हो कि भन्ने अनुमान गरेका छन् । तर, वास्तवमा फेसबुक एपको आइकनको रङ परिवर्तन भएको होइन, एउटा बगका कारण यस्तो भएको हो। यसको पुष्टि मेटाका एक अधिकारीले आफैंले गरेका छन्।
एप अपडेट गर्नुहोस्
यदि तपाईंको फोनमा रहेको फेसबुक एपको आइकन अहिलेसम्म पनि कालो देखिएको छ भने, आफ्नो एप अपडेट गर्नुहोस् । अपडेट गरेपछि एपको आइकनको रंग पहिले जस्तै निलो हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4