 
																			१८ भदौ, काठमाडौं। चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षामा अनियमितता गरेको भन्दै ओएमआर सीट, उत्तरपुस्तिका र प्रश्नपत्र हेर्न दिनुपर्ने माग गर्दै प्रद्धर्शन गरेका छन् । ३ दिनदेखि विद्यार्थीहरु माइतीघर र चिकित्सा शिक्षा आयोग परिसरमा उनीहरुले प्रद्धर्शन गरिरहेका हुन् ।
आयोगले गत शुक्रबार प्रकाशित गरेको एमबीबीएस र शनिबार प्रकाशित गरेको जनस्वास्थ्यको नतिजा रोल नम्बरका आधारमा मेरिट कायम गरेर सार्वजनिक गरेपछि विद्यार्थीहरु प्रदर्शन गरेका थिए ।
आयोगले नतिजा सच्याउँदै मेरिट लिस्टको आधारमा नतिजा निकाले पनि नतिजाको विश्वसनीयता र पारदर्शितामा आशंका पैदा भएको भन्दै ओएमआर सीट, प्रश्नपत्र, उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै प्रद्धर्शन गरिरहेका छन्।
प्रद्धर्शनमा सहभागी रन्जन मिश्र भन्छन् ‘आयोगले सच्याएको भनेपनि विश्वसनीयता र पारदर्शितामा शंका छ त्यसैले हामीले ओएमआर सीट, उत्तरपुस्तिका र प्रश्नपत्र हेर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।जनस्वास्थ्य विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा देखिएको त्रुटि आयोगले सच्याइसकेको छ।’
नतिजा सार्वजनिक गर्दा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्तांकमा अर्कै विद्यार्थीको नाम आएको थियो। नाम ‘इन्ट्री’ गर्दा त्रुटि भएर तलमाथि हुन पुगेपछि सच्याएको आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले बताए। परीक्षाका विषयमा आएका गुनासोका आधारमा नतिजाको पुनः जाँच गर्ने काम भइरहेको जनाए।’
आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले उत्तरपुस्तिका र ओएमआर सीट दिने भनेपनि प्रश्नपत्र भने गोपनीयताको कारण दिन नमिल्ने बताए ।
‘समस्या समाधान भइसकेको र विद्यार्थीले माग गरे अनुसार ओएमआर सीट र उत्तरपुस्तिका दिने भनेका छौं,’ उनले भने ‘उहाँहरुको थप माग प्रश्नपत्र पनि दिनुपर्छ भन्ने छ तर, त्यो चाँहि गोपनीयताको कारणले दिन हाम्रो कार्यविधिमा छैन । दिन मिल्दैन ।’
विद्यार्थीले एमबीबीएस, बीडीएस, पब्लिक हेल्थलगायत विषयमा पहिले नतिजा नदेखिने पछि मात्र देखिने, पहिले देखिने पछि नदेखिनेलगायत समस्या देखिएको थियो ।
शुक्रबार सार्वजनिक एमबीबीएसको नतिजामा ७ हजार ८ सय ४७ विद्यार्थीको नामावली भर्ना हुन पाउने सूचीमा रहेको छ। रोल नम्बरका आधारमा मेरिट कायम गरिएको त्रुटि सुधार गर्दा करिब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन भएपछि विद्यार्थीमाथि अन्याय भएको उनीहरुको भनाइ छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4