
आइफोनको डिजाइन तयार गर्ने व्यक्ति जोनी इभले एउटा निकै महत्वपूर्ण घोषणा गरेका छन् । आफुले साम अल्टम्यानको कम्पनी ओपन एआईसँग काम गर्न लागेको र नयाँ आर्टिफिसियल इन्टेलिजेन्स डिभाइस तयार गरिरहेको उनले जानकारी दिएका छन् ।
एक वर्षअघि एप्पल कम्पनी छाडेका जोनी इभले आफ्नो नयाँ यात्रा ओपन एआईबाट सुरु गर्ने अनुमान त्यतिबेलै गरिएको थियो ।
कतिपय विश्लेषकहरुका अनुसार जोनी एभले ओपन एआईसँग मिलेर एआई मोबाइल फोन तयार गरिरहेका छन् । यदि आगामी एआई डिभाइस बारेको समाचार यथार्थमा परिणत भयो भने यो एउटा नयाँ पुस्ताको डिभाइस सावित हुनेछ ।
तयार भैरहेको छ नयाँ एआई, प्राप्त हुनेछ नयाँ अनुभव
ओपन एआईद्वारा बनाउन लागिएको नयाँ एआई डिभाइसले पर्सनल कम्प्युटिङको अनुभवलाई नयाँ उचाइँमा पूराउन सक्दछ । यद्यपि हालसम्म सो डिभाइसको बारेमा खासै धेरै विवरण सार्वजनिक भैसकेको छैन । तर यो परियोजनाको चर्चाले प्रविधि जगतमा ठुलै हलचल मच्चिइरहेको छ ।
जोनी इभ र साम अल्टम्यानको पहिलो चिनाजानी एयर बिएनबीका सीईओ ब्राएन चेस्कीको माध्यमबाट भएको थियो । त्यसपछि सहकार्य सुरु गरेका यी दुईको सो परियोजनाका लागि आवश्यक कोष पनि जुट्न थालेको छ । हाल यो परियोजनामा १० जना प्रतिभाशाली व्यक्तिहरु जोडिइसकेका छन् ।
एप्पलका पुराना सहकर्मी एकसाथ
एप्पल कम्पनीमा जोनी इभले टांग टान र इभान्स ह्यांकीसँग पनि काम गरे, जो एप्पलमा चर्चित नाम हुन् । अब यी तिनै जना ओपन एआईमा सँगै काम गर्दैछन् ।
जोनी इभले सन् २०१९ मा एप्पल कम्पनी छाडेर आफ्नै कम्पनी सुरु गरेका थिए, त्यसपछि पनि उनले धेरै प्रविधिको डिजाइन गरेका छन् ।
प्रतिक्रिया 4