+
+
Shares

अमेरिकी वैज्ञानिकले बनाए वृद्धवृद्धाको स्याहार सुसार गर्ने रोबोट

एजेन्सी एजेन्सी
२०८२ जेठ ६ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले वृद्धवृद्धाको स्याहारसुसार गर्न सक्षम रोबोट E-Bar विकास गरेको छ।
  • यो रोबोट वृद्धवृद्धालाई शारीरिक र भावनात्मक सहयोग दिन सक्छ।
  • इन्जिनियरहरूले यसलाई अनुसन्धानको चरणमा राखेका छन् र महँगो हुनसक्ने सम्भावना छ।

विश्वभर बदलिंदो सामाजिक तथा पारिवारिक संरचना, वृद्धावस्थाका मानिसहरुको बढ्दो संख्या तथा कामकाजी मानिसहरुको बढ्दो व्यस्ततासँगै बृद्धवृद्धाहरुको स्याहारसुसार तथा पालनपोषणको विषय पेचिलो बन्दै गएको छ ।

वृद्धावस्था भनेको आफ्नो दैनिक आवश्यकताका काम आफै गर्न नसक्ने उमेर हो र यो उमेरमा जुनसुकै बेलापनि अरु कोहीको साथ र सहयोग चाहिन्छ । सायद यही आवश्यकतालाई मध्यनजर गर्दै अमेरिकाले वृद्धवृद्धाको स्याहार सुसार गर्ने रोबोट तयार पारेको छ ।

E-Bar अर्थात् Elderly Bodily Assistance Robot नामक यो रोबोट केवल एउटा स्मार्ट डिभाइस मात्र होइन यो एक्लै परेका वृद्धावस्थाका व्यक्तिहरुको लागि सहारा बन्ने एक गेमचेन्जर आविष्कार सावित हुनसक्छ ।

म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका इन्जिनियरहरुले यो रोबोटलाई विशेष गरी वृद्धवृद्धाहरुको दैनिक आवश्यकताहरुलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो रोबोटले बुढाबुढीहरुलाई ओछ्यानबाट उठ्न मद्दत गर्ने मात्र नभएर कतै लड्न लागेमा पनि सम्हाल्दछ ।

यो रोबोटमा जडित अत्याधुनिक सेन्सर, क्यामेरा तथा खस्नबाट बचाउने प्रविधिले यसलाई केही सेकेण्डमै सक्रिय बनाउने वैज्ञानिकको दाबी छ ।

वृद्धवृद्धाहरु चाहे बाथरुममा चिप्लिएर लड्न लाग्दा होस् वा भर्यांगमा सन्तुलन गुमेर लड्न लाग्दा होस्, यो तुरुन्तै रेस्क्यू मोडमा आउँछ र दुर्घटना हुनबाट बचाइहाल्छ । यो केवल शारीरिक सहयोगसम्म मात्र सीमित छैन । हल्का हिंडडुल, शरीर तन्काउने जस्ता हलुका व्यायाम गराउनेदेखि लिएर केही मोडेलमा भ्वाइस कमान्ड लिनेसम्मका काममा यो रोबोट वृद्धवृद्धासँग उभिन्छ ।

इबार रोबोट अहिले अनुसन्धानकै चरणमा रहेको र अत्याधुनिक प्रविधिका कारण सुरुआती अवस्थामा यो निकै महँगो पर्ने सम्भावना छ । साथै आम मानिससम्म यसलाई पुर्‍याउन अझै केही वर्ष लाग्नसक्छ ।

वास्तवमा वृद्धवृद्धाहरुलाई केवल सहारा मात्र नभई आफ्नो कुरा सुन्ने मानिस पनि चाहिन्छ । त्यसैले आफ्नो रोबोटलाई त्यसका लागि पनि सक्षम बनाउने र मानिसका भावनात्मक आवश्यकतालाई पनि बुझ्ने खालको क्षमताको विकास गर्ने दिशामा वैज्ञानिकहरुले काम गरिरहेका छन् । त्यसैले भविष्यमा यसमा मूड पत्ता लगाउने, कुराकानी तथा एक्लोपन कम गर्नेवाला फिचर पनि जोडिनेछ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?