
News Summary
Generated by OK AI. Editorially reviewed.- कामसूत्रले प्रेम, विश्वास र आध्यात्मिक एकताको माध्यमको रूपमा यौनको चर्चा गर्दछ।
- ग्रन्थले यौन सम्बन्धको कला, आसनहरू र सामाजिक मर्यादाको महत्व स्पष्ट पार्छ।
- यौनलाई सामाजिक र नैतिक सीमाभित्र राख्दै प्रेम र विश्वासको आधारमा सम्बन्धलाई बलियो बनाउने सुझाब दिन्छ।
यौन शारीरिक सुख मात्र होइन । प्रेम, विश्वास र आध्यात्मिक एकताको माध्यम पनि हो । आचार्य वात्स्यायनले रचेको ग्रन्थ ‘कामसूत्र’ले यसै भन्छ ।कामसूत्र सात खण्डमा विभाजित छ, जसले प्रेम सम्बन्ध, विवाह, यौन आशनदेखि सामाजिक आचरणको सुन्दर चित्रण गरेको छ ।
जसमध्ये एक अध्यायले यौन सम्बन्धको अर्थ, यसमा मिसिएको प्रेमिल भाव, यसको अभ्यासको कला र महत्व समेट्छ ।
प्रेम र आकर्षणको कला
कामसूत्रले यौनलाई प्रेम र आकर्षणको परिणाम मान्छ । वात्स्यायनका अनुसार यौन क्रियामा मात्र ध्यान दिएर त्यो यौन अभ्यास सफल हुँदैन । यौन सम्बन्ध स्थापित गर्नुपूर्व प्रेम र आकर्षणको कला आवश्यक छ।
सम्भोगसम्म पुग्न त्यो क्रममा जरुरी छ । त्यसका लागि प्रेम प्रस्ताव राख्ने, एक-अर्कोलाई आकर्षित पार्ने र त्यससँगै सम्बन्धलाई गहिरो बनाउन विभिन्न तरिका ग्रन्थले सिकाउँछ । जस्तो कि, एक-अर्काको मन जित्न सौम्य व्यवहार, सामिप्यताको इच्छा बुझ्ने प्रयास, काव्यात्मक संवाद र प्रेमपूर्ण हाउभाउ र प्रेमिल वातावरण बनाउने र विशेष अनुभव गराउन उपहार दिनपर्ने सुभाव लेखकको छ ।
यौन आसनका कुरा
कामसूत्रमा ६४ यौन आसनहरूको वर्णनले शारीरिक सुख र सम्बन्धको निकटता बढाउने माध्यमको रुपमा उल्लेख गरिएको छ । कामसूत्रले यी आसनहरुलाई शरीरिक अनुकुलता र सौन्दर्यलाई जोड दिएको छ।
यौनलाई सामाजिक मर्यादाभित्र राख्दै ग्रन्थले वैवाहिक सम्बन्ध र पारिवारिक सन्तुलनको भूमिकालाई जोड दिन्छ । साथै, यौनलाई आत्मिक एकताको माध्यम मानेर दम्पतीबीच प्रेम र विश्वासको पुल हुनुपर्ने बताइएको छ । तर, यौनको यो पक्ष ग्रन्थको सानो हिस्सा मात्र हो ।
सामाजिक र सांस्कृतिक भाव
कामसूत्रले यौनलाई सामाजिक सीमाभित्र राख्छ । यो ग्रन्थले विवाह, परिवार र सामाजिक मर्यादालाई ध्यानमा राख्दै यौन सम्बन्धको चर्चा गर्छ । उदाहरणका लागि, वैवाहिक सम्बन्धलाई बलियो बनाउन र दम्पतीबीच प्रेम कायम राख्न यौनलाई महत्त्वपूर्ण मानिएको छ । प्रेम प्रगाढ भएमा मात्र यौनक्रिया सार्थकता हुने बताइएको छ ।
आध्यात्मिक आयाम
यौनलाई कामसूत्रमा शारीरिक सुखभन्दा माथि उठाएर आत्मिक एकताको माध्यमको रूपमा पनि हेरिएको छ । यो ग्रन्थले यौनलाई प्रेम र विश्वासको अभिव्यक्तिको रूपमा प्रस्तुत गर्छ, जसले दम्पतीलाई भावनात्मक र आध्यात्मिक रूपमा जोड्छ ।
यौनको आवश्यकता
काम सूत्रले मात्र होइन आधुनिक विज्ञानले पनि यौन मानव जीवनको स्वाभाविक र आवश्यक हिस्सा मान्छ ।
जैविकका लागि
यौन प्रजननका लागि पनि आवश्यक छ । जसले मानव जातिको निरन्तरता सुनिश्चित गर्छ । त्यतिमात्र होइन । यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।यौन गतिविधिले ‘डोपामाइन’ र ‘अक्सिटोसिन’ जस्ता हर्मोनहरूको स्राव बढाउँछ, जसले तनाव कम गर्छ । रक्त सञ्चार बढाउने, मुटुको स्वास्थ्य र रोगप्रतिरोधी क्षमता पनि बलियो बनाउँछ ।
मनोविज्ञानका लागि
मानसिक स्वास्थ्यलाई बढावा दिन्छ । यसले नियमित यौनले चिन्ता र डिप्रेसन कम गर्छ ।यौनले दम्पतीबीच भावनात्मक निकटता र विश्वास कायम राख्छ । यौन सन्तुष्टिले सम्बन्धको स्थायित्व बढाउँछ ।
कामसूत्रले यौनलाई जीवनको आनन्द र आध्यात्मिक सन्तुष्टिको स्रोत मान्छ, जसले व्यक्तिलाई पूर्णजीवन जिउन प्रेरित गर्छ।
यौनका पनि सिमा छन्
कामसूत्रमा भनिएको छ-यौन सकारात्मक भए पनि यसका नैतिक, सामाजिक र व्यक्तिगत सीमाहरू छन् ।
के के छन् ?
सहमति
कामसूत्र र आधुनिक सिद्धान्त दुवैले यौनमा सहमतिको अनिवार्यता जोड दिन्छन् । कामसूत्रले यौन सम्बन्धमा दुवै पक्षको सहमति र सम्मानलाई जोड दिन्छ । वात्स्यायनले यौनलाई जबरजस्ती वा अनैतिक तरिकाले गर्नु गलत ठहराएका छन्। यो ग्रन्थले यौन सम्बन्ध कायम गर्दा महिलाको इच्छा र सुखलाई पनि उत्तिकै महत्व दिन्छ।
विज्ञानले पनि असहमतिमा गरिएको यौनले मानसिक र शारीरिक हानि पुर्याउँने बताउँछ । यस्तोमा सन्तुष्टि होइन, तनाव हुन्छ।
सामाजिक मर्यादा
यौनलाई विवाह र सामाजिक सीमाभित्र राख्न कामसूत्रले सुझाउँछ । आधुनिक समाजमा पनि गैरकानुनी रुपमा यौन व्यवहार जस्तै, बाल शोषणलाई कडाइका साथ निषेध गरिएको छ ।
भावनात्मक सन्तुलन
यौन प्रेम र सम्मानमा आधारित हुनुपर्छ । भावनात्मक निकटताको अभावले सम्बन्धमा तनाव निम्त्याउन सक्छ ।
प्रतिक्रिया 4