४ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा रोएल्सले दोस्रो जित हात पारेको छ ।
लिग अन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोएल्सले सामाखुशी युवा क्लबलाई ९३-८३ ले पराजित गरेको हो ।
सुरुवात देखि नै अग्रता लिएको रोएल्सले त्यसलाई अन्तिमसम्म कायम राख्दै जित निकालेको हो ।
दोस्रो जितपछि रोएल्सले ४ खेलबाट ६ अंक जोडेको छ । सामाखुशीको यो लगातार चौथो हार हो ।
रोएल्सले पहिलो क्वाटर १८-१७ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर २८-१९ ले आफ्नो पक्षमा पारेपछि रोएल्सले हाफटाइमसम्म ४६-३६ को अग्रता बनाएको थियो । त्यसपछि तेस्रो क्वाटरमा सामाखुशीले पुनरागमन गर्दै २४-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर चौथो क्वाटर रोएल्सले २६-२३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
रोएल्सका लागि प्रसाङ ध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
सामाखुशीका लागि विक्रम डंगोलले २० अंक स्कोर गरे ।
प्रतिक्रिया 4