+
+
Shares

विद्युत्‌को पोलमा ज्यान गुमाएका उपेशको परिवारलाई १० लाख क्षतिपूर्ति

श्रीमतीलाई रोजगारी

विद्युत् लाइन मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपक प्रसाद धिताल र उपेशकी श्रीमती रश्मिला परिवारबीच आइतबार सहमति भएको हो ।

कपिल कोइराला कपिल कोइराला
२०८२ जेठ ४ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको धुलिखेलमा विद्युत् पोलमा करेन्ट लागेर मृत्यु भएका उपेश नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएको छ।
  • सहमतिपत्र अनुसार, परिवारको नाममा संयुक्त खाता खोल्ने र ७ दिनभित्र रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।
  • विद्युत् प्राधिकरणले अधिकतम १० लाख र न्यूनतम ५ लाख रुपैयाँसम्म क्षतिपूर्तिका लागि पहल गर्ने सहमति पनि भएको छ।

४ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलमा विद्युत्को पोलमा करेन्ट लागेर मृत्यु भएका सर्लाही ईश्वरपुरन नगरपालिका–१२ का उपेश नेपालीको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।

विद्युत् लाइन मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपक प्रसाद धिताल र उपेशकी श्रीमती रश्मिला परियारबीच आइतबार सहमति भएको हो ।

सहमति अनुसार, परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराउन निर्माण सेवाका प्रोपाइटर धिताल मञ्जुर भएका छन् ।

त्यस्तै, मृतकका परिवारलाई पालन पोषण र छोराछोरीलाई शिक्षाका लागि क्षतिपूर्ति उपलब्ध गराइने सहमतिपत्रमा उल्लेख छ ।

त्यस्तै, विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार अधिकतम १० र न्युनतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराउन कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले पहल गर्ने सहमति पनि भएको छ ।

श्रीमतीलाई रोजगारी

त्यस्तै, पोलमा करेन्ट लागेर मृत्यु भएका उपेशकी श्रीमतीलाई रोजगारीको व्यवस्था गरिने पनि सहमति भएको छ ।

मृतककी श्रीमती रश्मिलालाई घर पायक पर्ने स्थानमा योग्यता अनुसार रोजगारी उपलब्ध गराउने सहमति भएको हो । उनलाई विद्युत् प्राधिकरणकै केन्द्रमा रोजगारी उपलब्ध गराउने सहमति छ ।

काभ्रे वितरण केन्द्रका कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले रोजगारी सुनिश्चितता गर्न आवश्यक पहल गर्ने सहमति पत्रमा उल्लेख छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?