+
+
Shares

कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने भेला बिहीबार बिहान ११ बजे पोखरा पार्टी प्यालेसमा सुरु गर्नेछ।
  • प्रतिष्ठानको २३ वैशाखको बैठकले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको थियो।
  • गण्डकी प्रदेशपछि बागमती, मधेश, कोशी र लुम्बिनी प्रदेशमा पनि प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी कांग्रेसले गरेको छ।

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले बिहीबार पोखरामा प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने भेला गर्न लागेको हो ।

भेला आज बिहान ११ बजे पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा सुरू हुने निमन्त्रण पत्रमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानको २३ वैशाखमा बसेको पहिलो बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ गर्ने निर्णय गरेको थियो ।

जसअन्तर्गत कैलालीको धनगढीमा २६ र २७ वैशाखमा सुदूरपश्चिम प्रदेशस्तरीय तथा २८ र २९ वैशाखमा कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा सम्पन्न भइसकेको छ ।

गण्डकीपछि ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने कांग्रेसले जनाएको छ ।

मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकीमा आयोजना गर्ने तयारी कांग्रेसको छ ।

यस्तै, लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?