+
+
Shares

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश*

उपेश पोलमा तार जोड्दै थिए । त्यसबेला कुनै सूचनाविना नै लाइन छोडियो । उनलाई करेन्ट लागेर त्यही मृत्यु भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको धुलिखेलमा विद्युत पोलमा काम गरिरहेका मजदुर उज्वल नेपालीको करेन्ट लागेर मृत्यु भएको छ। यस घटनाले विद्युत सुरक्षा नियमको पालना नहुँदा यस्तो दुर्घटना भएको देखिन्छ।
  • विद्युत प्राधिकरणले लाइन चार्ज गरिरहेको समयमा सावधानी अपनाउन भनेको भए पनि कार्यालयको असावधानीले मजदुरको मृत्यु भएको हो।
  • घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

३ जेठ, काभ्रे । काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका- ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका सर्लाही ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश  नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए ।

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।

शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।

मृतक उपेशको  शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ ।

घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

* यसअघि समाचारमा मृतकको नाम उपेश हुनुपर्नेमा उज्वल भएकोमा सच्याइएको छ । -सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?