+
+
Shares
कथा :

नील-परीको प्रेम

नील र परी खुशीमा रमाउँदै तालको बीचतिर पुगे। एकान्तमा ठुँड ठुँड जोडे। घाँटी बेरे। मधुर स्वरमा गुनगुनाए। शरीर थरर्र हल्लाउँदै परी दायाँ–बायाँ गर्दै भागे झैं गरी। नील पछि पछि लाग्यो। परीलाई भेट्टाएपछि नीलले असी सेन्टिमिटर लामा पखेटा उचालेर अधीर बन्दै चपक्क च्याप्यो। परी नीलको काखमा लुटुपुटु भई।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८२ जेठ ३ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको जगदीशपुर ताल प्राकृतिक सौन्दर्य र चराचुरुङ्गीहरूको संरक्षणको लागि महत्वपूर्ण स्थल हो।
  • जलवायु परिवर्तन र मानव गतिविधिहरूले ताल र चराहरूको जीवनशैलीमा असर पारेको छ, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिन्ता जन्माएको छ।
  • चराहरूको संरक्षण र संरक्षणका लागि सरकारले नयाँ नीति र कार्यक्रमहरू लागू गरेको छ, जसले पर्यटक र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ।

“आहा ! स्वर्ग पो रहेछ। कति थरीका चराहरू हुन् ? तालमा चरा बसेको हेर्दा त आकाशको इन्द्रेनी भुईंमा झरे जस्तो”, डिलमा उभिएका पर्यटकहरू आपसमा कुरा गर्दैथिए।

५० वर्ष अगाडि नेपालको कपिलवस्तु जिल्लामा हाँस डुलाउन खनिएको जगदीशपुर ताल। झण्डै १६० हेक्टर क्षेत्रफलको ३ वर्गकिलोमिटरमा फैलिएको मानव निर्मित ताल रामसारको सिमसारमा सूचीकृत छ। तालको बाहिरपट्टि डिलमा बकाइना, जखरण्ड, नीलमोहर, खयर, सिसौका रूखहरू र भित्रपट्टि करवीर, पारिजात, वेगनवेली, लेगेस्ट्रोमिया (असारे फूल) फूलका रूखहरू थिए। सङ्लो पानी। न चिसो, न नातो, तालको हावापानी।

वर्षेनि तालमा नौला नौला चराहरू देखिन्थे। रैथाने र बसाइली रङ्गीविरङ्गी चराहरूको जमघटले ताल रङ्गीन देखिन्थ्यो। नेपालदेखि झण्डै ६ हजार किलोमिटर टाढा जापानको कुरिल द्वीप समूहबाट आएका साकावा र रुवा, अलस्काबाट आएका म्याक्स र लोला तथा साइवेरियाबाट आएका ३०–३१ थरीका हाँस र चराका बथान हुन्थे। रङ्गीविरङ्गी चराहरूको जलक्रीडा, भुर्र भुर्र गर्दै डाली डालीमा उडेको, उड्दै माथि पुग्ने र तल झर्ने, उडेर फनक्क घुमेको र उही ठाउँमा आएर बसेको, हिंड्दै चारा टिपेको र पौडी खेलेका दृश्यहरू अनुपम देखिन्थे। चराको चिरबिरको मधुर संगीत अद्भुत मनमोहक हुन्थ्यो। तालको डिलमा उभिएर चराक्रीडा हेर्दा पर्यटकहरू मदमस्त हुन्थे। चराहरूको सुन्दर फोटो खिच्नेहरूको होडबाजी नै चल्दथ्यो।

फुर्के हाँस वर्गकी परी, बदामी खैरो चिल्ला प्वाँख, छोटो पुच्छर, कालो चुच्चो, पहेंलो र सेतो मिसिएका खुट्टा हेर्दा ऊ सुन्दरी प्रतियोगितामा भाग लिन आए जस्तो देखिन्थी। परी आफ्ना बाबुआमा लिना र जेभसँग झण्डै ४ हजार किलोमिटर टाढा रहेको साइवेरियाको वैकाल तालदेखि घुम्न आएकी थिई।

नील जगदीशपुर तालको रैथाने हाँसको छोरा थियो। उसका आमाबाबु राधा र कृष्ण थिए। सेता चिल्ला प्वाँखले ढाकिएको शरीर, हरियो पोतिएको वर्गाकार टाउको, प्रकाशको किरणसँगै परिवर्तन हुने रंग, चम्किला आँखा, छोटो पुच्छर, मसिना पहेंलो र सेतो मिसिएका खुट्टा भएको नील सुन्दर र ह्याण्डसम देखिन्थ्यो।

नील परीप्रति आकर्षित हुँदै गयो। परीको अघिपछि घुमिरहन्थ्यो। परी पनि नीलसँग आकर्षित भई। नील परी सँगै उड्न, घुम्न र चर्न रमाउँथे। पहाडी उडानको आनन्द लिन्थे। रमाउँदै कहिले घोडाघोडी ताल, कहिले जखोर ताल पुग्थे। कोशी टप्पुमा चर्थे, रमाउँथे। कोशी, नारायणी र कर्णाली नदीमा जलक्रीडा गर्थे। तिलिचोको सुन्दरतामा कामुक बन्थे। रामारोशनको जिंगल तालमा मिठो–मिठो खान्थे। तिलिचो, सभा, शे, फेवा र रारातालमा पौडिन्थे र रमाउँथे।

“नील, के हो नेपालमा त जता गयो उतै रमाइलो ? यहाँको मनमोहक हावापानीले त मलाई लट्ठै पार्‍यो”, परी खुशीले फुरुङ्ग बनी।

नील चिललाई ठुङ्न चिलको पछि पछि उड्यो। कसो कसो परीले चिललाई छली र ज्यान जोगाई। नील परी प्रेममा बाँधिंदै सँगै उडे

“नेपाल पृथ्वीको स्वर्ग हो। प्राकृतिक सुन्दरताको धनी देश। परी, म नेपालमा जन्मन पाएकोमा आफूलाई अत्यन्त भाग्यमानी मान्छु”, नीलले गर्व गर्दै भन्यो।

आहा ! जगदीशपुर तालको हिलोमा लडीबुडी खेल्दै परी रमाई। नील पनि सँगै रमायो।

“आई लभ यू, परी”, नीलले मुख खोल्यो।

“नील, मि टु”, परी नीलसँग टाँसिन पुगी।

दुवैले एकापसमा घाँटी बेर्दै र चुच्चाचुच्ची जोड्दै मायाप्रेम साटासाट गरे। विस्तारै विस्तारै नील परी प्रेममा बाँधिंदै गए। एक रंगीन साँझ, जगदीशपुर तालको बीचमा नील र परीका बाबुआमाले छिमेकी, बसाइली र नातेदार चराहरूलाई जम्मा हुने निम्ता दिए। पाहुनाहरू जम्मा भाए। नेपथ्यमा संगीतको मधुर ध्वनिसँगै गीत गुन्जिंदै गयो।

“मनमोहक हावापानी, मनका राजारानी, नेपालैमा विताउँछौं सारा जिन्दगानी”, “कहिले पुग्छौं रारा फेवा कैले घोडाघोडी, रमाउँछौं जगदीशैमा हामी जोडाजोडी”, “विसहजारी ताल घुम्दै कोशी टप्पु पुग्दा, रामारोशन पुग्छौं हामी तालमा पानी सुक्दा”, “जखोरमा जलक्रीडा, घुम्दै राजारानी, नेपालैमा विताउँछौं सारा जिन्दगानी” चराहरू गाउन थाले। नील र परी साथीहरूसँग गीत–संगीतमा रमाउँदै नाँच्न थाले। चराविधि अनुसार नील र परीको बिहे भयो। रैथाने र बसाइली चराहरूले सँगसँगै भोज खाएर रमाइलो गरे।

अप्रिल महिना लागेसँगै हिउँद सकिंदै गयो। जगदीशपुर तालमा गर्मी चढ्न थाल्यो। वैकालको जमेको पानी पग्लन थाल्यो। बसाइँ आएका चराहरू आ-आफ्नो मातृभूमि फर्कने तयारीमा लागे। नील परीले वैकालमा हनिमुन मनाउने भए। राधा र कृष्ण पनि लिना र जेभसँगै वैकाल जाने योजना बन्यो।

माउण्ट एभरेष्ट हेर्दै वैकाल जाने प्रस्ताव खोया हाँस रोभले राख्यो। चराहरू माउण्ट एभरेष्ट हेर्न पाउँदा खुशीले फुरुङ्ग भए।

माउण्ट एभरेष्ट पार गर्न लामो र माथि उचाइबाट उडान गर्नुपर्छ। शरीरमा पहिलाभन्दा धेरै ऊर्जा चाहिन्छ। जोहो गर्नु ल, रोभले चराहरूलाई सम्झायो।

चराहरूका लागि ८,८४८ मिटर अग्लो माउण्ट एभरेष्ट पार गरेर वैकालसम्मको यात्रा गर्नु कठिन थियो। वृद्ध र कमजोर वैकाल नफर्कने भए। ऊर्जाको लागि चराहरूले शरीरमा बोसो जम्मा गरे। नील, परी, लुना, जेभ, रोभ, किभा, राधा, कृष्ण, टियागा, कर्‍याङकुरुङ लगायत कैलो टाउके हाँस, सारस, बकुल्ला, माकल हाँस चुरेदेखि महाभारत पर्वतसम्म फैलिएर नागवेली बनाउँदै एकसाथ उत्तरतर्फ उडे। रङ्गीविरङ्गी चराहरू फर्केपछि जगदीशपुर तालको रौनकता ओइलाएर गयो। पर्यटक आउने क्रम पनि घट्यो।

चराहरू माउण्ट एभरेष्टको सुन्दरताले मन्त्रमुग्ध भए। राधा, लिना र किभा उड्दा सास बढेर बोल्न सकिरहेका थिएनन्। नील र परी आफैंमा निमग्न थिए।

आजकल माउण्ट एभरेष्ट वरिपरि हिउँ कम पर्न थालेको छ। पहिले पहिले ढपक्कै हिउँ हुन्थ्यो। हिमालयको खोंचहरूमा हिउँ भरिन पाएको छैन। खोंचमा हिउँ परेन भने टुप्पोको हिउँ दिगो रहँदैन। बारम्बार हिउँपहिरो गइरहन्छ। हिउँ भएन भने हिमालयहरूको सुन्दरता मात्रै होइन अस्तित्व नै जोखिममा पर्न जान्छ। नेपालको मात्रै होइन दक्षिणएसियामा नै पानीको संकट आउन सक्छ– जेभ र रोभले एकैसाथ चिन्ता प्रकट गरे।

देशभरका तालहरूको संरक्षण अनिवार्य भयो। हिउँदमा तिनाउ र बाणगंगाको पानी हालेर जगदीशपुर ताल भर्नुपर्ने नीति बन्यो। साना–ठूला सबै तालहरू चरा संरक्षित क्षेत्रको रूपमा घोषणा भए। वनपाखा, गाउँघर, ताल वरपर चराचुरुङ्गीको शिकार गर्नु वा मार्नु दण्डनीय अपराधमा परिभाषित भयो

यो जलवायु परिवर्तनको प्रभाव हो। विश्वका ठूला–साना धनी औद्योगिक देशहरूले जलवायु बिगार्दा हाम्रा हिमालहरू जोखिममा परेका छन्, कृष्णको पनि उस्तै चिन्ता थियो।

झण्डै १० दिन लगाएर चराहरू सगरमाथा पार गर्दै तिब्बतको पठार, चीनको लोप नोउर पहाड, मंगोलियाको गोवी मरुभूमि छिचोल्दै वैकाल लेक पुगे। हिमशृंखलाले घेरिएको वैकाल लेकको सङ्लो पानी, टियाग जंगलको मनोरम दृश्य तथा हिमपोषित चिसो हावाको स्पर्शले उनीहरूलाई न्यानो स्वागत गर्‍यो।

साइबेरियामा विस्तारै तापक्रम उकालो लाग्दैगयो। प्रजननको मौसम सुरु भयो। हाँसका जोडाजोडी वैकालको चिसो पानीमा रमाउन थाले। राधा र कृष्ण वैकाल देखेर मन्त्रमुग्ध भए। नील र परी सहसाथमा खुशी भए। हाँसहरूले तालछेउका बुट्यान झाडीमा गुँड बनाए। फुल पारे। पोथीहरू फुल ढाकेर कोरल्न बसे। भालेहरू चारा खोज्थे। गर्मीमा नै बचेराहरू हुर्किए।

अगस्ट महिनासँगै वैकालमा चिसो चढ्न थालेपछि चराहरू हुल बनाएरै साइबेरियाबाट नेपालका लागि उडे। नीलो आकाशको माथि पुग्दा नील परीले तल अर्को सुन्दर आकाश देखे। उनीहरू रोमाञ्चित भए। उड्दै रसिया काटेर मंगोलियाको आकाश पुग्दा चराहरूको हुलमा चिलहरूले झम्टिए। परीलाई चिलले लखेट्न थाल्यो।

नील बचाऊ ! परी चिच्याई।

नील चिललाई ठुङ्न चिलको पछि पछि उड्यो। कसो कसो परीले चिललाई छली र ज्यान जोगाई। नील परी प्रेममा बाँधिंदै सँगै उडे।

तिब्बतको पठारमाथि उड्दा चिसो आँधी चल्यो। चराहरू आफ्नो कावुमा रहेनन्। को कता पुग्यो थाहै भएन। आँधीसँगै उडेर ज्यान जोगाए। आँधी थामियो।

मामु, नील खोइ ? नील नदेखेपछि परी अत्तालिई।

जेभ–लिना र राधा–कृष्ण पनि आत्तिए। केहीबेरमा नीललाई लिएर रोभ आइपुग्यो।

नील, भन्दै परी नीलसँग टाँसिन पुगी। दुवै चुच्चो चुच्चो जोडेर एकापसमा खुशी भए।

कालीगण्डकीको करिडोरबाट हामीलाई नेपाल पस्न सजिलो छ तर चिल, बाज र गिद्धहरूको आक्रमण हुने गर्दछ। उनीहरूको शरीर हाम्रो ६०० ग्रामको शरीरभन्दा चार गुणा भारी हुन्छ। हामी हाम्रो पूर्ण क्षमता १०० किलोमिटर प्रति घण्टा उड्यौं भने चिल गिद्धले हामीलाई भेट्टाउन सक्दैनन्। जेभ, रोभ र कृष्णले चराहरूसँग सुरक्षित उडानको विषयमा छलफल गरे।

तालका चराहरू खाना नपाएर बिरामी परे झैं यत्रतत्र उत्तानो पररे पल्टिरहेका थिए। पानीले जता बगायो उतै बग्थे। चराको विरोधात्मक दृश्यले विज्ञ दर्शकलाई भावुक बनायो। विश्वभर “नेपाल चरा संरक्षणमा उदासीन” शीर्षकमा समाचार भाइरल बन्यो

रोभ अंकल, चिल र गिद्ध राति उड्न सक्दैनन्। हामी राति उडौं न, नील र परीले राय दिए।

ठिक हो, नील र परीको प्रस्ताव सबैले माने।

चराहरू राति उडे। कालीगण्डकीको करिडोर हुँदै जगदीशपुर ताल पुगे। नील र परी तालमा रमाउन थाले। ताल चरा अवलोकनको आकर्षक स्थल बन्न पुग्यो। पर्यटकको मनोरञ्जन र स्थानीय सरकारको राजस्वका लागि जगदीशपुर तालमा डुङ्गा चलाउन सुरु भयो। तालमा घुम्ने मान्छेहरूले हाँस र माछालाई जिस्क्याउने र मार्न थाले। स्थानीय जग्गाधनीहरूले तालको भौगोलिक क्षेत्र अतिक्रमण गर्दै गए। विस्तारै ताल चरीहरूको क्रीडास्थल नासिदै र असुरक्षित बन्दै गयो।

तालबाट चरा लखेट्न पाए तालको पानीले सिंचाइ गर्न पाइन्थ्यो। किसानहरू चरा भगाउन एकजुट भए। तालका चराहरूमा शिकारीको गिद्देदृष्टि पर्‍यो। मासु खान, सुन्दर प्वाँख बेच्न र मनोरन्जनको लागि सुन्दर चरा हाँस मार्न थाले। ज्यानको सुरक्षाको लागि चराहरूलाई रूख र काँसको झाडीमा लुक्नुपर्ने भयो। ताल छोडेर कोही चरा चुरे, कोही महाभारत पर्वत पुग्थे त कोही गगनमा उडिरहन्थे। ज्यान जोगाउन दिनभर लुक्ने र रात परेपछि मात्रै ताल फर्किन्थे।

गर्मीसँगै सुख्खा बढ्दै गयो। पानी परेको थिएन। जगदीशपुर तालको पानी सुक्दै गएर जमिन देखिन थाल्यो। जमिन चरक्क चिरियो। हाँस र चराहरूलाई तालमा खेल्न, पौड्न कठिन बन्यो।

खेतीपातीको लागि पानीको माग गर्दै ताल वरपरका किसानहरू कोदालो, फरुवा बोकेर तालको बाँध भत्काउन आए।

वास्तवमा, हिउँदको लागि सिंचाइ गर्न नभई ताल हाँस डुलाउन खनिएको थियो। आजकल, गाउँ शहरका भँगेरा, ढुकुर, डाङ्ग्रे, चिबे, लामपुच्छ्रे्, गौंथली, बकुल्ला, रुप्पी जस्ता चराहरू हराउँदै गएका छन्। वनका चराहरू कालिज, मयुर, चमेरो, चिल, गिद्ध, काँडेभ्याकुर कोइली, सुगा, लाटोकोसेरो, जुरेली, फिस्टो जस्ता कतिपय चराहरू पनि लोप हुने भइसके। मानिस र चराबीच इकोसिस्टमको सम्बन्ध हुन्छ। चरा रहे मात्र मानव जीवन रहने हो। चरा संरक्षण गर्न ताल जोगाउन आवश्यक छ। चराचुरुङ्गी विज्ञ ओरिन्थ्योलजियटहरूले किसान आन्दोलनलाई महत्वहीन बनाउने कोशिश गर्दै प्रदर्शन गरे।

सिंचाइको लागि पानी लैजाने हो भने त जगदीशपुर ताल चराको लागि सुरक्षित हुन सक्दैन, विज्ञहरूले चिन्ता प्रकट गरे।

मानिस भन्दा ठूला चरा होइनन् ! किसानी राजनीतिज्ञहरू कराउँदै गए।

रामसार जैविक सम्पत्ति हो। जगदीशपुर ताल रामसारमा सूचीकृत छ। तालको बाँध भत्काउनुहुँदैन, देशको इज्जत जान्छ— चरा संरक्षणवादी र पत्रकारहरूले विश्लेषण गर्दै लेखे।

विवाद समाधानका लागि ताल संरक्षणकर्ता र किसानहरू बीच तालको पानी कुलो खनेर खेती गर्न लैजाने सहमति बन्यो। नील र परीले सहमतिलाई चरावीय नभएको माने।

मानिसहरूले हाम्रो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्। नील र परीले संसारभरका जलपन्छीहरूलाई एकैचोटि मेसेज गरे। चराको रबैया मानिसहरूलाई मन परेन।

एक दिन, नील र परी गुँडमा बसिरहेका थिए।

नील र परी चराहरूसँगै तालमा खुशीले रमाए। नील–परीको प्रेम फक्रन थाल्यो। नील परीको जवानी र सौन्दर्य देखेर कामुक बन्यो। खैरो सिउँर वैजनी रङ्गमा फेरियो। परी नीलको कामुकतामा आकर्षित भई।

नील बचाऊ ! नील र परीले बाबा–मामुको आत्तिएको स्वर सुने।

के भयो ? नील र परी दौडेर बाहिर आए।

राधा–कृष्णलाई शिकारीले लखेटिरहेको थियो। उनीहरू भागिरहेका थिए।

बाबा, मामु ! चिच्याउँदै नील पनि पछाडि पछाडि उड्यो।

हेल्प ! हेल्प ! परी नीलको पछि पछि उडी।

नील परीको पछिपछि चराका बथानका बथान उडे। सुगाका बथानहरू तीव्र गतिमा बाँकटे, तल–माथि र कोप्रो उडाइमा पनि उडे।

ढ्वाङ्ग ! ढ्वाङ्ग ! एक्कासी गोली पड्क्यो। शिकारी गोली पड्केतिर दौडियो।

राधा ! मलाई बचाऊ। कृष्ण गोली लागेर भुइँमा फट्फटाइरहेको थियो।

भुइँ रगताम्य थियो। राधा कृष्णको छेउमा रोइरहेकी थिई।

बाबा ! नील र परी रुदै कृष्णको वरिपरि उडिरहे। तालभरिका चराहरूले एकसाथ शिकारीलाई ठुङ्न खोजे। शिकारीले छट्पटाइरहेको कृष्णलाई झोलामा राखेर हिंड्यो। असहाय राधा, नील र परी शिकारी गएको हेरिरहे।

तालमा निकै दिनसम्म शून्यता छायो। परीले कृष्ण मारिएको खबर वैकालमा बसेका बाबुआमालाई मेसेज गरी।

तिमी राधा र नीललाई लिएर वैकाल आऊ छोरी। जेभ र लिनाले परीलाई भने।

बाबामामु, हामी वैकाल आउँदैनौं। हामी स्वदेशी विदेशी चराहरूलाई संगठित गर्छौं। नेपाल सरकारलाई चराहरूको वासस्थान वनजंगल, घरचोटा, तालतलैया संरक्षण गर्न हामी बाध्य पार्दछौं। चराहरूको हक वासस्थान संरक्षण, गुँडको सुरक्षा, बच्चा जन्माउने सुरक्षा, स्वतन्त्र भएर विचरण गर्न सक्ने सुरक्षित स्थलको सुनिश्चितता, चराको शिकार तथा चोरी व्यापार नियन्त्रणको लागि हामी चरा आन्दोलन गर्छौं। युएन, इसिमोड, आईयुसिएन, युएनडीपी, डब्लुडब्लूएफ चरा संरक्षण गर्न प्रतिबद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई गुहार्छौं। नील र परी दृढ थिए।

विश्वभरका चराहरूको जुम बैठकले चरा विद्रोहका रणनीतिहरू पास गर्‍यो। तालमा चरा हेर्न पर्यटकहरू आइरहेको बेला सबै चरा महाभारत पर्वतमा गएर बसेर “तालमा चरा शून्यीकरण” गरे। चरा नदेखिएपछि पर्यटकहरू खिन्न भएर फर्किए। जगदीशपुर ताल भ्रमणका धेरै कार्यक्रमहरू स्थगन भए। पालिका, व्यवसायी र पर्यटक एजेन्सीहरूलाई धेरै घाटा भयो।

के भयो ? किन भयो ? चरा विज्ञ, प्रशासक, पत्रकार ताल अवलोकन गर्न आए। सुन्दर चराहरू विरोध स्वरूप शरीरभरि हिलो दलेर मरेतुल्य झोक्राएर बसेका थिए।

चराहरूको विद्रोह देखेर विश्व चकित भयो। चराले भोगेको पीडा समाचार बन्यो। समाचारको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भयो। युएन र युएनडीपीको अधिवेशनमा कुरा उठ्यो। चरा विशेषज्ञ, संयुक्त राष्ट्रसंघका प्रतिनिधि र अन्तर्राष्ट्रिय पत्रकारहरू ताल र चराको अवस्था बुझ्न नेपाल आए।

तालका चराहरू खाना नपाएर बिरामी परे झैं यत्रतत्र उत्तानो पररे पल्टिरहेका थिए। पानीले जता बगायो उतै बग्थे। चराको विरोधात्मक दृश्यले विज्ञ दर्शकलाई भावुक बनायो। विश्वभर “नेपाल चरा संरक्षणमा उदासीन” शीर्षकमा समाचार भाइरल बन्यो।

समाचारले सरकार, स्थानीय नागरिक र चराप्रेमीलाई लज्जित बनायो। विज्ञहरू समाधानका उपायहरू खोज्न थाले। चराहरूको आन्दोलन जैविक र वानस्पतिक रूपमा जोखिमपूर्ण बन्दै गएपछि चराहरूको हक संरक्षण गर्न सरकार तयार भयो।

देशभरका तालहरूको संरक्षण अनिवार्य भयो। हिउँदमा तिनाउ र बाणगंगाको पानी हालेर जगदीशपुर ताल भर्नुपर्ने नीति बन्यो। साना–ठूला सबै तालहरू चरा संरक्षित क्षेत्रको रूपमा घोषणा भए। वनपाखा, गाउँघर, ताल वरपर चराचुरुङ्गीको शिकार गर्नु वा मार्नु दण्डनीय अपराधमा परिभाषित भयो। चरावास संरक्षण हुन थाल्यो। नागरिकहरू चरा संरक्षणमा जुटे। नेपाल चराहरूको लागि सुरक्षित स्थल बन्दै गयो। हिउँदमा संसारभरबाट चराहरू बसाइँ आउने क्रम झन् बढेर गयो। चराहरू बसाइँ आउने क्रमसँगै चरा–पर्यटकको ओइरोले नेपालको आर्थिक अवस्थामा जादुगरी परिवर्तन आयो। संयुक्त राष्ट्रसंघले चरा संरक्षणमा नेपाल सरकारले लिएको नीति संसारका अन्य देशहरूमा पनि लागू गर्दै लग्यो।

नील र परी चराहरूसँगै तालमा खुशीले रमाए। नील–परीको प्रेम फक्रन थाल्यो। नील परीको जवानी र सौन्दर्य देखेर कामुक बन्यो। खैरो सिउँर वैजनी रङ्गमा फेरियो। परी नीलको कामुकतामा आकर्षित भई।

परीले ट्यू ट्यू भिट….ट्यू भिट.. ट्यू ट्यू भिट गर्दै आवाज दिई।

ओई टर्रर…, ओई टर्रर…! नीलले सुस्तरी परीतर्फ हेर्दै सुसेली हाल्यो।

क्वाक ! क्वाक ! परीले लजाउँदै प्रेमिल भाषामा इशारा गरी।

नील र परी खुशीमा रमाउँदै तालको बीचतिर पुगे। एकान्तमा ठुँड ठुँड जोडे। घाँटी बेरे। मधुर स्वरमा गुनगुनाए। शरीर थरर्र हल्लाउँदै परी दायाँ–बायाँ गर्दै भागे झैं गरी। नील पछि पछि लाग्यो। परीलाई भेट्टाएपछि नीलले असी सेन्टिमिटर लामा पखेटा उचालेर अधीर बन्दै चपक्क च्याप्यो। परी नीलको काखमा लुटुपुटु भई।

लेखक
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?