+
+
Shares

आहा ! मुस्ताङ (तस्वीरहरू)

जिल्लाको उत्तरी क्षेत्रमा छ, लोमान्थाङ । जसलाई नेपालकै एक विशेष पर्यटकीय महत्त्वको ठाउँ भनिन्छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ जेठ ३ गते २०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङ जिल्लालाई औषधिको नामबाट नामाकरण गरिएको हो र यो जडिबुटी र पर्यटकिय स्थलहरूको लागि प्रसिद्ध छ।
  • यहाँको प्रमुख पर्यटक स्थलहरूमा मुक्तिनाथ मन्दिर, लोमान्थाङ, र धुम्बा ताल पर्दछन् र जिल्लाको नाम ऐतिहासिक व्यापारिक नाका भएको इतिहास छ।
  • सडक र होटल सुविधा विकास भए पनि, मुस्ताङको मुख्य उत्पादनहरूमा मार्फा र स्याउ पर्दछन्, र यहाँको जोमसोम विमानस्थलबाट उडानहरू सञ्चालन हुन्छन्।

३ जेठ, जोमसोम (मुस्ताङ) । हिमाल पारिको जिल्ला भनेर चिनिन्छ, मुस्ताङलाई । धवलागिरि र नीलगिरिको बीचमा रहेको मुस्ताङ गण्डकीको उत्तर क्षेत्रमा अवस्थित छ ।

जिल्लाको उत्तरी क्षेत्रमा छ, लोमान्थाङ । जसलाई नेपालकै एक विशेष पर्यटकीय महत्त्वको ठाउँ भनिन्छ ।

देशका धेरैजसो जिल्लाहरूको नामकरण कुनै खोला, स्थान वा घटनाका आधारमा भएको पाइन्छ । तर, मुस्ताङ भने औषधिको नामबाट नामकरण भएको बताइन्छ । तिब्बतियन भाषामा मन् भनेको औषधि र थाङ भनेको चौर हो ।

मनथाङ हुँदै यो जिल्लाको नाम मुस्ताङ हुन पुगेको जानकारहरू बताउँछन् ।  यो जिल्ला जडीबुटीका हिसाबले पनि प्रसिद्ध छ ।

हिन्दू र बौद्ध तीर्थयात्रीहरूको पावन भूमि मुक्तिनाथ क्षेत्र, लोमान्थाङ ऐतिहासिक दरबार, पवित्र कालीगण्डकी, कागबेनी, दामोदर कुण्ड, धुम्बा ताल पर्यटकको लागि मनमोहक ठाउँ हुन्।

मुक्तिनाथ मन्दिरबाट करिब एक घण्टाको दूरीमा विष्णु चुल्हो, केहीमाथि नागराज पर्वत र माथिल्लो क्षेत्रमा रहेको विष्णुको वाहन गरुड आकृतिको पहाड छ ।

चीनको तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ । कम पानी पर्ने भएर नै होला त्यस ठाउँको डाँडाकाँडा उजाड देखिन्छन् ।

विशेषगरी मार्फाबाट माथि लागेपछि जोमसोमको पारिपट्टि रहेको स्याउ बगान, धुम्वा लेकको पोखरी छेउका केही रूख र मुक्तिनाथ क्षेत्रमा रहेका रूख बाहेक कहीं पनि अन्य रूख देखिंदैनन् ।

करिब ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ ।

जिल्लाको सदरमुकाम हो, जोमसोम । जोमसोम बजार, मुक्तिनाथ, लोमान्थाङ, नेपाल र तिब्बतको पुरानो मुख्य व्यापारिक केन्द्र टुकुचे, लेते हुन् ।

यस क्षेत्रमा रातो स्याउ, मार्फा, नुन खानी तेताङ नरसिंह खोला (छुसाङ), गोल्डेन स्याउ, शालिग्राम फापर, आरु, चेरी आरु लगायत पाइन्छन् ।

यस जिल्लाको सबैभन्दा प्रख्यात भनेको मार्फा र त्यस जिल्लामा उत्पादन भएको स्याउ हो ।

यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय यहाँका सडक पिच भएका छन भने सुविधा सम्पन्न होटलहरू सञ्चालनमा आएका छन् ।

जिल्लाको एक मात्र जोमसोम विमानस्थलमा बिहानको समयमा मात्र प्लेन उड्ने गर्दछ ।

थप तस्वीरहरू :

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?