+
+
Shares

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिए।
  • १५ चैतमा भएको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो र प्रहरीले अनुसन्धान गरिरहेको छ।
  • प्रसाईंले सोही दिन निषेधित क्षेत्रमा मोटरसाइकल चलाएको र पछि भारत भागेका थिए, प्रहरीले उनलाई पक्राउ गरेको हो।

४ जेठ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंसहित अन्य चार जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

प्रहरीले अनुसन्धान थालेको आइतबार ५२ औं दिन पुगेको छ । थपिएको यही अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदातलमा दर्ता गरिसक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?