+
+
Shares

गाजामा इजरायली आक्रमण जारी, १२५ प्यालेस्टाइनीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले गाजामा बमबारी जारी राख्दा कम्तिमा १२५ जनाको मृत्यु भएको छ र धेरै मानिसहरू घाइते भएका छन्।
  • अन्तर्राष्ट्रिय नेताहरूले गाजामा युद्ध तत्काल अन्त्य गर्न र मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपको माग गरेका छन्।
  • गाजामा भएको आ्रमणमा मृतक, घाइतेको संख्या बढ्दै गएको र यसले मानवीय संकटलाई गम्भीर बनाएको छ।

४ जेठ, काठमाडौं । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो आक्रमणमा परी कम्तिमा १२५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ‘सुरक्षित क्षेत्र’ मानिएको अल–मावासीमा समेत आक्रमण भएको छ ।

अल-मावासीमा भएको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । उनीहरुसहित १२५ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ । तर, यसैबेला इजरायलले आक्रमण गरिरहेको छ ।

यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।

उनीहरूले गाजामा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या अझ बढ्ने जनाएको छ । भग्नावशेषमा धेरै व्यक्ति पुरिएकोले मृतकको संख्या ६१ हजार ७०० भन्दा बढी पुग्ने उनुमान सञ्चार कार्यालयको छ ।

यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको मृत्यु भएको र २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरणमा परेको इजरायलको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?