+
+
Shares

अनुसन्धानलाई प्रविधिमैत्री बनाइने

सरकारले प्रहरीको अनुसन्धानलाई प्रविधिमैत्री बनाइने बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै प्रहरी अनुसन्धान प्रविधिमैत्री बनाइने बताए ।
  • प्रहरीको फरेन्सी जाँच परिस्कृत गर्दै लागु औषध र अन्तरदेशीय अपराध अनुसन्धानमा आधुनिक प्रविधि विकास गरिने उल्लेख छ।
  • साइबर अपराध र वित्तिय अपराध अनुसन्धानका लागि छुट्टै इकाइ बनाइने र कसुरजन्य सम्पत्ति जफत प्रभावकारी बनाइने बताइएको छ।

२८ वैशाख, काठमाडौं । सरकारले प्रहरीको अनुसन्धानलाई प्रविधिमैत्री बनाइने बताएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।

प्रहरीको फरेन्सी जाँचलाई थप परिस्कृत गर्दै लगिने र प्रविधिमैत्री अनुसन्धानमा जोड दिइने बताइएको छ । त्यस्तै भौतिक पूर्वाधारलाई पनि स्तरोन्त्ती गरिने बताइएको छ ।

लागु औषध, अन्तरदेशीय अपराध जस्ता प्रकृतिका अपराध अनुसन्धानमा आधुनिक प्रविधिको विकास गरिने बताइएको छ ।

साइबर अपराध र वित्तिय अपराध अनुसन्धान गर्न छुट्टै इकाइ बनाइने पनि उल्लेख छ ।

त्यस्तै कसुरजन्य सम्पत्ति जफतलाई प्रभावकारी बनाइने पनि पौडेलले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?