News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विप्रेषण मिलान कोष स्थापना गर्ने घोषणा गरेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले श्रम कूटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने बताउनुभयो।
- सरकारले वैदेशिक रोजगारमा मृत्यु वा अंगभङ्ग भएका कामदारका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदृढ गर्ने जनाएको छ।
२८ वैशाख, काठमाडौं । सरकारले रेमिट्यान्स (विप्रेषण) लाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विप्रेषण मिलान कोष स्थापना गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो ।
सरकारले वैदेशिक रोजगारीमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिपति पौडेलले श्रम कूटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने बताए ।
त्यसैगरी रेमिट्यान्सलाई उपभोगबाट उत्पादनशील क्षेत्रतर्फको लगानीमा रूपान्तरण विप्रेषण मिलान कोष स्थापना घोषणा सरकारले गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष विदेशमा मृत्यु वा अंगभङ्ग भएका कामदारको परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सृदृढ गरिने घोषणा पनि गरेको छ ।
रिभर्स प्रवासन प्रोत्साहन गर्न एकीकृत प्याकेज ल्याइने सरकारले जनाएको छ । आव २०८२/८३ देखि २०९२/९३ सम्म रोजगार प्रवर्द्धन दशक घोषणा गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले वैदशिक रोजगारलाई बाध्यताबाट वैकल्पिक बनाउने उद्देश्य सहित रोजगार दशक घोषणा गरेको हो ।
प्रतिक्रिया 4