+
+
Shares

विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाइने

खोज उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटै सुरक्षा निकायम सम्मिलित एकीकृत मापदण्ड कमान्ड बनाएर काम गरिने बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:१५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाउने नीति लिएको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा उक्त कुरा बताए ।
  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन सुरक्षा निकायले एकीकृत मापदण्ड कमान्ड बनाएर काम गर्नेछन्।
  • विपद् उद्धारमा ड्रोन, हेलिकप्टर प्रयोग र निजी क्षेत्रसँग साझेदारी गरिनेछ।

२८ वैशाख, काठमाडौं । विपद् उद्धारलाई प्रतिक्रियामुखी नभई पूर्वतयारीमुखी बनाउने नीति लिने सरकारले घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।

खोज उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन वटै सुरक्षा निकायम सम्मिलित एकीकृत मापदण्ड कमान्ड बनाएर काम गरिने बताइएको छ ।

विपद् उद्धारमा ड्रोनको प्रयोग, हेलिकप्टरको प्रयोगका साथै निजी क्षेत्रसँग पनि साझेदारी गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?