+
+
Shares
नीति तथा कार्यक्रम :

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नशबन्दीदेखि पूर्वसूचना प्रणालीसम्म

वन्यजन्तु प्रभावित क्षेत्रका किसानका लागि वैकल्पिक बाली प्रवर्द्धन गर्ने र क्षतिपूर्ति व्यवस्था थप प्रभावकारी बनाइने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरणका लागि सुरक्षात्मक तथा व्यवस्थापकीय उपायहरू कार्यान्वयन गर्ने घोषणा गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा वन्यजन्तुको आक्रमणबाट हुने क्षति कम गर्न रणनीतिक योजना अघि सारेको बताए।
  • सरकारले पूर्वसूचना प्रणाली, नशबन्दी, स्थानान्तरण, वैकल्पिक बाली प्रवर्द्धन र क्षतिपूर्ति व्यवस्था प्रभावकारी बनाउने योजना बनाएको छ।

२८ वैशाख, काठमाडौं । सरकारले मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक तथा व्यवस्थापकीय उपायहरू कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय र भौतिक क्षति कम गर्न सरकारले रणनीतिक योजना अघि सारेको बताए ।

मानव-वन्यजन्तु द्वन्द्व रोक्न पूर्वसूचना प्रणाली रोकथामका लागि भौतिक संरचना निर्माण र वन्यजन्तु संख्या व्यवस्थापनका लागि नशबन्दी तथा स्थानान्तरण जस्ता उपाय अपनाइने छ ।

साथै, वन्यजन्तु प्रभावित क्षेत्रका किसानका लागि वैकल्पिक बाली प्रवर्द्धन गर्ने र क्षतिपूर्ति व्यवस्था थप प्रभावकारी बनाइने उनले बताए ।

यसैगरी सरकारले दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको बासस्थान संरक्षणलाई पनि विशेष प्राथमिकतामा राखेको छ । मुलुकका राष्ट्रिय निकुञ्जहरूको प्रभावकारी व्यवस्थापन गर्दै वन्यजन्तुको प्राकृतिक बासस्थान सुरक्षित बनाइने राष्ट्रपति पौडेलले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?