
News Summary
Generated by OK AI. Editorially reviewed.- बुद्ध दर्शनले दुःखको कारण, अन्त्य र मुक्तिको बाटो सिकाउँछ र आजको संसारमा पनि सान्दर्भिक छ।
- यसले करुणा, प्रेम, नैतिकता, जागरूकता, सन्तुष्टि, सत्यता, उदारता, शान्ति र आत्म–अनुशासनलाई मुख्य मान्छ।
- बुद्धले भने, ‘लोभले दु:ख, सन्तोषले शान्ति दिन्छ’ र सत्य बोल्न र साहसी हुन प्रोत्साहित गर्छ।
‘दुःखबाट मुक्त हुन चार नियम पालना गर्नुपर्छ । पहिलो दुःख, दोस्रो त्यसको कारण, तेस्रो दुःखको अन्त्य र अन्तिम मुक्तिको बाटो पहिल्याउनुपर्छ । अनि मात्र व्यक्तिमा दु:ख रहदैन । आचरण सही हुँदै जान्छ । मनमा शान्ति छाउँछ ।’ यो दर्शन विश्व प्रशिद्ध गौतम बुद्धको हो ।
यो दर्शन सत्य र अष्टाङ्गिक मार्गमा केन्द्रित छ । बुद्ध दर्शन आजको तनाव, लोभ र हिंसाले भरिएको संसारमा पनि उत्तिकै सान्दर्भिक छ ।
बुद्धकाअनुसार जीवन दु:खले भरिएको छ । तर, सही बुझाइ र आचरणले मान्छेले निर्वाणको शान्ति प्राप्त गर्न सक्छ । यो दर्शनले मान्छेलाई कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ पनि दिन्छ । यसले बुद्धत्वको बाटोमा लान्छ ।
करुणाभाव र सबैप्रति माया
बुद्ध दर्शनको मुटु करुणा र प्रेम हो । बुद्धले भन्छन्, ‘ बिना भेदभाव, सबै जीवलाई आफ्नो परिवारजस्तै माया गर ।’ यसको मुल मर्म नै हो, हरेक जीवको दु:खमा सहानुभूति राख्नुपर्ने र उनीहरूको सुखको कामना गर्नुपर्छ ।
स्वयमले कमजोर र पीडितहरूको पक्षमा आफ्नो जीवन बिताए । यो गुणले तपाईंलाई स्वार्थीपनबाट मुक्त गर्छ । स्वार्थीपन हट्दै गएपछि स्वत मन शान्त हुँदै जान्छ ।
नैतिक र संयमी हुनु
बुद्ध दर्शनले भन्छ, नैतिक र संयमी हुनु । पञ्चशील-हिंसा नगर्ने, सत्य बोल्ने, चोरी नगर्ने, यौन दुराचार नगर्ने र नशालु पदार्थबाट टाढा रहने । यी नियमहरूले जीवनलाई शुद्ध र सन्तुलित बनाउँछ । बुद्धले भनेका छन् ‘हिंसा शारीरिक मात्र होइन, मन र वचनले पनि गर्नुहुँदैन। प्रेमले मात्र शान्ति प्राप्त हुन्छ ।’
यो नैतिकताले व्यक्तिलाई सभ्य र शान्त बनाउँछ ।
कल्पना गर्नुहोस् त, ‘यदि तपाईं सधैं सत्य र संयमको बाटो हिँड्नुहुन्छ भने तपाईंको मन कति हल्का र शान्त हुन्छ ।
बुद्धिमान र जागरूक हुनु
बुद्ध दर्शनमा माइन्डफुलनेस (ध्यान) र प्रज्ञा (बुद्धि) को ठूलो महत्व छ । सतिपट्ठान सूत्रमा बुद्ध भन्छन्— आफ्नो शरीर, भावना, र मनलाई जागरूकतापूर्वक नियाल । यो जागरूकताले वर्तमानमा बाँच्न सिकाउँछ । हरेक पलमा आफ्नो विचार र कार्यलाई बुझ्नुपर्छ । हरेक अवस्थामा आवेगमा होइन, विवेकले निर्णय लिनुपर्छ । प्रज्ञाले जीवनको अनित्यता र अनात्मको सत्य बुझाउँछ ।
सन्तुष्ट र लोभमुक्त हुनु
बुद्धले तृष्णा र लोभलाई दु:खको जड मानेका छन् । धम्मपदमा भनिएको छ, ‘लोभले दु:ख, सन्तोषले शान्ति दिन्छ ।’ बुद्धको यो सन्देश आजको भौतिकवादी संसारमा झन् सान्दर्भिक छ ।
सोच्नुहोस्, यदि तपाईं सम्पत्ति, मान वा इन्द्रीय सुखको पछि दौडन छोड्नुहुन्छ र सादा जीवन बिताउनुहुन्छ भने तपाईंको मन कति स्वतन्त्र होला ?
सत्यनिष्ठ र साहसी
बुद्ध दर्शनले सत्य बोल्न र साहसी हुन सिकाउँछ । सत्य तीतो हुन सक्छ, तर त्यसले अरूलाई हानि गर्नुहुँदैन । बुद्ध स्वयंले सत्यको खोजीमा राजसी सुख त्यागे, जुन उनको साहसको उदाहरण हो ।
त्यसैले, आफ्नो गल्ती भए स्वीकार गरी सही बाटोमा अडिग हुनुपर्छ । यो साहसले सम्मान र आत्मविश्वासी बनाउँछ भनिएको छ ।
उदार र सेवाभावी
बुद्ध दर्शनमा दान र सेवालाई पुण्य मानिएको छ । बुद्धले सङ्घमार्फत सामुदायिक सहयोगको महत्त्व सिकाए । कल्पना गर्नुहोस्, तपाईं आफ्नो समय, धन वा ज्ञान अरूसँग बाँड्नुहुन्छ—यो निःस्वार्थ भावले तपाईंको मन कति रमाउँला ।
उदारताले सुख र सम्बन्ध बलियो बनाउँछ । बुद्धको यो सिकाइले तपाईंलाई सधैं अरूको कल्याणमा योगदान गर्न प्रेरित गर्छ ।
शान्त र धैर्यवान
बुद्ध दर्शनले शान्ति र धैर्यलाई जीवनको आधार मानेको छ। धम्मपदमा भनिएको छ, ‘धैर्यले क्रोधलाई जित्न सकिन्छ ।’ बुद्धले आफ्नो जीवनमा सधैं शान्ति र करुणालाई प्राथमिकता दिए । कठिन परिस्थितिमा पनि तपाईं शान्त र धैर्यवान हुने प्रयास गर्नुपर्छ ।
यो गुणले मन र सम्बन्ध दुवैलाई सुधाछ ।
आत्म–अनुशासित र ध्यानमग्न
बुद्धले आत्म–अनुशासन र ध्यानलाई जोड दिए । ध्यानले मनलाई स्थिर र जागरूक बनाउँछ । आफ्नो मनलाई नियन्त्रण गरी अनावश्यक इच्छाबाट टाढा रहेमा लक्ष्यमा केन्द्रित राख्छ ।
प्रतिक्रिया 4