+
+
Shares

कहिले आउँछ सामसुङको ट्राइफोल्ड स्मार्टफोन ?

एजेन्सी एजेन्सी
२०८२ साउन ४ गते १३:३२

स्मार्टफोन निर्माता कम्पनी सामसुङले आफ्ना नयाँ फोल्डिङ फोनहरु  हलै लञ्च गरेको छ । योसँगै अब स्मार्टफोन प्रयोगकर्तालाई सामसुङको ल्याउने भनेको आफ्नो पहिलो ट्राइ-फोल्ड (दुई पटक पट्याउन मिल्ने) फोनको व्यग्र प्रतीक्षा सुरु भएको छ ।

समाचार अनुसार सामसुङको ट्राइफोल्ड स्मार्टफोन यहीँ वर्ष सन् २०२५ को अन्त्यसम्ममा अर्थात् सम्भवत: अक्टोबरमा सार्वजनिक हुन सक्ने प्रविधिसम्बन्धी सूचना प्रवाह गर्ने Ice Universe ले चिनियाँ सामाजिक सञ्जाल विबोमार्फत् जानकारी गराएका छन् ।

यसअघि सामसुङले ग्यालेक्सी जेड फोल्डको नामबाट आफ्नो पहिलो ट्राइफोल्ड फोन बजारमा ल्याउने बताइएको थियो । तर, पछिल्लो रिपोर्टमा सामसुङको पहिलो ट्राइफोल्ड फोनको नाम ग्यालेक्सी जेड ट्राइफोल्ड हुने बताइएको छ ।

यसबाट सामसुङले आफ्नो आगामी ट्राइफोल्ड फोनलाई जेड सिरिजमा जोड्न चाहेको देखिएको छ । स्मरण रहोस् यसअघि सामसुङका सबै फोल्डेबल तथा फ्लिप फोनहरु सबै जेड सिरिजकै हिस्सा रहेका छन् ।

एक नयाँ जानकारी अनुसार उक्त स्मार्टफोनमा पूरा अलफोल्ड गर्दा ९.९६ इन्चको डिस्प्ले हुनेछ । साथै फोल्ड गर्दा यसको स्क्रिनको आकार ६.५४ इन्चको हुनेछ । उक्त फोन स्नापड्रागन ८ एलिट प्रोसेसरका साथमा लन्च हुने बताइएको छ र यसमा सिलिकन कार्बन ब्याट्री रहनेछ ।

सामसुङले यस ट्राईफोल्ड फोनको पछाडिको भागमा ट्रिपल क्यामेरा राख्नेछ, जसले ८के भिडियो रेकर्ड गर्नेछ ।

सामसुङ मोबाइल कम्पनीका प्रमुख टिएम रोहले हालैमात्र यो वर्षको अन्त्यसम्ममा कम्पनीले आफ्नो ट्राइफोल्ड स्मार्टफोन लञ्च गर्ने योजना बनाइरहेको खुलासा गरेका थिए ।

उक्त डिभाइसको कोड नाम क्यू७एम रहेको छ, जुन आम उत्पादनका लागि तयार छ ।

सामसुङको उक्त ट्राइफोल्ड फोनले हुवाबेको मेट एक्सटी अल्टिमेट फोनसँग प्रतिस्पर्धा गर्नेछ । सो फोन हाल बजारमा रहेको एकमात्र ट्राइफोल्ड फोन हो ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?