
News Summary
Generated by OK AI. Editorially reviewed.- इलिषा राजभण्डारीले प्रविधि र समाज रुपान्तरणमा सक्रिय भूमिका खेल्दै महिला जागरुकता बढाइरहेकी छन्।
- उनीले अध्ययनको क्रममा विदेशमा रहँदा एसियामा टेलिकम्युनिकेशन नीति र नियमनमा काम गरी प्रविधिको विकास बुझिन् र नेपाल फर्किएर आइटी कम्पनी स्थापना गरिन्।
- प्रविधिमा महिलाको सहभागिता र नेतृत्वमा बाधा हटाउन आवश्यक नीति र संरचनाको आवश्यकता रहेको उनको भनाइ छ ।
९ जेठ, काठमाडौं । आज ‘गर्ल्स इन आईसिटी डे’ । विश्वभर ‘समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा किशोरी तथा महिलाहरू’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।
सूचना प्रविधिको प्रयोगमा निकै ठूलो रुपान्तरण आइसक्दा पनि नेपालका ग्रामिण क्षेत्रका अधिकांश किशोरी तथा महिला घाँस–दाउरामा सीमित पारिएका छन् । सहरी क्षेत्रका कयौं किशोरी–महिला पनि निकै पछाडि छन् ।
यही समाजमा केही त्यस्ता उदाहरण पनि छन्, जसले सूचना प्रविधिको पहुँच र विस्तारलाई नै सृजनात्मक योगदान गरिरहेका छन् । तिनैमध्ये एक हुन्, ३६ वर्षीया इलिषा राजभण्डारी ।
विद्यालय शिक्षादेखि नै प्रविधिमा चासो राख्न थालेकी इलिषा अहिले प्रविधिको विविध पक्षमा विश्लेषण गर्ने क्षमता राख्छिन् र अन्तर्राष्ट्रियस्तरमा काम लाग्ने अब्बल रिपोर्ट बनाउँछिन् ।
सन् २००५ मा सेन्ट मेरिज स्कुलबाट प्रथम श्रेणीमा एसएलसी र उच्च शिक्षा (प्लसटु) पास गरेपछि उनले इलेक्ट्रोनिक्स र टेलिकम्युनिकेशन इन्जिनिरियरिङमा स्नातकमा गरिन् ।
उनलाई इन्जिनियरिङ पढ्न भने दाजुले प्रेरणा दिए । ‘दाजु पनि इन्जिनियरिङ पढिरहनुभएको थियो । यही पढ्दा राम्रो हुन्छ भनेर उहाँले सुझाव दिएपछि यही क्षेत्रमा अघि बढ्ने निधो गरें,’ यो क्षेत्र रोजाइको विगत कोट्याउँदै उनले भनिन्, यो क्षेत्र रोजाइको विगत कोट्याउँदै उनले भनिन्, यो क्षेत्र रोजाइको विगत कोट्याउँदै उनले भनिन्, ‘त्यसपछि कालीमाटीमा रहेको काठमाडौं इन्जिनियरिङ कलेजबाट स्नातक गरें ।’

स्नातक सकेपछि यही क्षेत्रमा काम गर्न थालिन् । सुरूमा एजाइल सोलुशनमा प्राविधिक सहायकको रूपमा काम गरिन् । त्यहाँ व्यापार शाखा, मानव स्रोत साधन शाखा (एचआर), डेटा माइग्रेशन, प्रोजेक्ट कस्टमाइजेसन लगायतमा काम गरिन् ।
सन् २०१५ मा एजाइल सोलुशनबाट बिदा हुँदा उनी वरिष्ठ प्राविधिक परामर्शदाता थिइन् । ‘मैले त्यहाँ रहँदा कम्पनीका लागि थुप्रै इआरपी (इन्टरप्राइजेज रिसोर्स प्लानिङ सिष्टम)हरू बनाएँ, जसले पछिसम्म कम्पनीलाई काम लागिरह्यो,’ उनले सुनाइन् ।
एपीटीमा साढे ५ वर्ष कायरत हुँदा उनले आईटीयूमा रहेका १९३ देशहरूमा नीति- मापदण्ड र तिनको कार्यान्वयन कसरी हुँदोरहेछ, इन्डष्ट्रिजहरू कसरी जोडिने रहेछन् भन्नेबारे बुझ्ने मौका पनि पाइन्
उनले इसिमोडमा पनि २ महिनासम्म टेक्निकल कन्सल्ट्यान्टको रूपमा काम गरिनँ । त्यसपछि उनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा विद्यार्थीको रूपमा आवद्ध भइन्, स्नातकोत्तर अध्ययनका लागि । स्नातकोत्तर अध्ययनका लागि उनले छात्रवृति पाएकी थिइन् । एआइटीमा पढिरहँदा उनले भविष्यलाई लक्षित गर्दै वेबसाइट, इमेल र सामाजिक सञ्जालका नेटवर्कलाई सुधार्ने काम गरिन् । साथै, एआइटीको करियर मेला र दीक्षान्त समारोहमा विशेष सहयोग पुर्याइन् ।
स्नातकोत्तर गर्दागर्दै एपीटीमा जागिर
इलिषा जब बैंककमा एआटीमा स्नातकोत्तर गरिरहँदा एसिया प्यासिफिक टेलिकम्यनिकेशन (एपीटी)मा सहायक कार्यक्रम निर्देशकको रूपमा काम गर्ने अवसर पाइन् । त्यहाँ दक्षिण एसियाका ३८ देशका टेलिकम्युनिकेशन क्षेत्रका नीति–नियमन, आइसिटी डेभलपमेन्ट, सचिवालय बैठक, व्यवस्थापन समितिको बैठक, दक्षिण एसियामा भएका साइबर सेक्यिरिटी लगायतका फोरमहरूमा काम गर्ने अवसर पाइन् ।

‘मैले त्यहा सहायक कार्यक्रम निर्देशको रुपमा एसियाका नेपाललगायत ३८ देशका नीति नियमन गर्ने मौका पाएँ । यसले मलाई प्रविधि र पहुँचबारे विस्तृत
रूपमा जान्ने अवसर मिल्यो । एसियाली देशहरूले प्रविधिको संरचना, विकास र विस्तारबारे नजिक बसेर काम गर्ने मौका पाएँ,’ उनले सुनाइन् ।
उनी त्यहाँ रहँदा एपीटीमा कार्यरत अन्य देशका युवा तथा प्रोफेशनल्सहरूसँग प्रविधिका नयाँ–नयाँ इन्नोभेसनहरूबारे जान्ने र पहिचान गरी आत्मसाथ गर्ने अवसर पाइन् । त्यति मात्र होइन, एपीटीका सदस्य राष्ट्रहरूले आईटीयूमा पेश गर्ने प्रस्तावलाई ड्राफ्ट बनाइदिने मौका पाइन् ।
उनी भन्छिन्, ‘सदस्य राष्ट्रहरूले उठाउन चाहेका माग, मुद्दा र आवाजहरू समेटेर टेलिकम्युनिकेशनमा चाहिने मापदण्डदरूलाई पूरा गराउन मद्दत गरिदिन्थे । उनीहरूले आफ्नो देशमा बनाएका टेक्निकल डिभाइसहरू, त्यसमा नपुगेका तथ्य र तथ्याङ्कहरूको विश्लेषण गरिदिन्थे ।’
एपीटीमा साढे ५ वर्ष कायरत हुँदा उनले आईटीयूमा रहेका १९३ देशहरूमा नीति- मापदण्ड र तिनको कार्यान्वयन कसरी हुँदोरहेछ, इन्डष्ट्रिजहरू कसरी जोडिने रहेछन् भन्नेबारे बुझ्ने मौका पनि पाइन् । ‘नेपालले रिपोर्ट पठाउँदा त्यतिकै आइटीयूमा जाँदैन । त्यहाँ रिजनल भ्वाइस के पुगेन भनेर एपीटीले हेर्छ, नपुगेका प्यारामिटरहरू थपेर बल्ल पठाउँछौं,’ उनले भनिन् ।
कोभिडअघि स्वदेश फिर्ता, आइटी कम्पनी दर्ता
बैंककमा स्नातकोत्तर सकेपछि इलिषा प्रविधिको दक्षता, ज्ञान र सीप लिएर स्वदेश फर्किइन् । नेपाल आउँदा परिवारले अब नेपालमै केही गर्नुपर्छ भनेर भन्न थाले । विश्वभर महामारीको लिएको कोभिड १९ को प्रभाव यहाँ पनि बढ्यो । त्यसपछि विदेश जानुभन्दा नेपालमै केही गर्ने सोचले आइटी कम्पनी खोल्न तयारीमा जुटिन् । सन् २०२० मा साइभर (Sciever) इंक प्रालि नामको आइटी कम्पनी खोलिन् ।
‘स्वदेश फर्किंदा सुरूमा यूएनलगायतको एजेन्सीमा काम गर्ने सोचमा थिएँ, तर समयले अर्कै परिस्थिति सृजना गरिदियो । त्यसैले आफूले सिकेका प्रविधिको ज्ञान र सीपलाई सदुपयोग गर्नुपर्छ भनेर आफैंले खोलेको आइटी कम्पनी साइभरलाई अगाडि बढाउनतर्फ लागें,’ उनले सुनाइन् ।
पहिला त उनले आफू जस्तै महिलाहरू कति छन् भनेर खोजी गर्न थालिन् । प्रविधिको क्षेत्रमा महिलाहरूको संख्या के कति छ भनेर तथ्याङ खोज्दा पाइनन् । त्यसपछि प्रविधिको क्षेत्रमा क्रियाशील अग्रज महिला गुणकेशरी प्रधानसँग मिलेर प्रविधि क्षेत्रमा काम गर्ने महिलाहरूबारे नै अनुसन्धान गर्न थालिन् ।
‘मैले प्रविधिमा काम गर्ने महिलाहरूको यकिन तथ्याङ्क नपाएपछि मैले खोलेको आइटी कम्पनीले रिसर्चको काम सुरू गर्यो । यसमा मैले वुमन इन इन्फरमेशन टेक्नोलोजी (डब्लूआइटी)सँग मिलेर काम गर्न थालें,’ उनी भन्छिन्, ‘साथै कम्पनीले सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एपलगायतका कामहरू पनि गरिरह्यो ।’
महिला आइटी प्रोफेशनल्सको अभाव
इलिषाका अनुसार २८ अक्टोबर सन् २०२४ मा डब्लूआइटीले तथ्याङ्क सार्वजनिक गर्यो, जस अनुसार नेपालमा प्रविधिम क्षेत्रमा काम गर्ने कम्पनीहरू ४०२ वटा रहेका थिए । तीमध्ये ४०० आइटी कम्पनीहरू काम गर्न सक्षम थिए । ती कम्पनीहरूमा आइटी प्रोफेशनल्सका रूपमा ४०० महिलाहरू कार्यरत थिए ।

तर, सरकारको नीतिगत समस्याका कारण धेरै समस्या रहेको उनले पाइन् । ‘अहिले पनि आइटी प्रोफेशनल्समा धेरै महिलाहरू अगाडि आउन पाएका छैनन्, यसका लागि सरकारले नीति निर्माण तहमै किशोरी तथा महिलाहरूलाई समावेशी बनाउन जरूरी छ,’ उनले थपिन् ।
डब्लूआइटीको रिपोर्ट अनुसार १८ देखि ३५ वर्ष उमेर समूहका महिलाहरू प्रविधिमा आउन सकेका छैनन् । आइहाले पनि ती महिलाहरूको उमेर ३५ वर्षमाथि छ । ३५ वर्ष मुनिका महिलाहरूमा बढी जिम्मेवारी घर व्यवहार, बच्चाको हुर्काइबढाइमा बितेको देखिन्छ । ‘दक्षिण एसियामै ३५ वर्ष मुनिका महिलाहरू आइसिटीमा लागेको निक्कै कम छ,’ उनी भन्छिन्, ‘नेपालमा त झनै कम छ । १८ देखि ३५ वर्ष मुनिका महिलाहरू प्रविधि क्षेत्रमा । यो खासमा नेपालका लागि उपर्युक्त होइन ।’
उनका अनुसार विश्वव्यापी रूपमै यो समस्या छ । महिलाहरूलाई नेतृत्व तहमा आउन नदिन अनेक चुनौति खडा गर्ने गरिएको छ । ‘डब्लूआइटीको रिपोर्टलाई हेर्ने हो भने संस्थागत रूपमा होस् की व्यक्तिगत रूपमा या राजनीतिक रुपमै किन नहोस्, महिलाहरूलाई नेतृत्व तहमा आउन नदिनै पूर्वाग्रही सोच कायमै छ,’ उनले सुनाइन् ।
अन्य क्षेत्रमा जस्तै सूचना प्रविधिमा पनि महिलाहरूको समावेशी सहभागिता आवश्यक रहको इलिषा बताउँछिन्
उनले थपिन्, ‘विश्वभर ११ प्रतिशत महिलाहरू देखाउनका लागि मात्रै प्रमुख सूचना अधिकृतका रूपमा राखिएका छन् । नेपालको हकमा भने १३ प्रतिशत महिलाहरू निर्देशक, कार्यकारी वा वरिष्ठ व्यवस्थापकको भूमिकामा छन् । बाँकी पुरूषहरू नै छन् । यसले अझै पनि के देखाउँछ भने सामाजिक संरचनाले महिलालाई नेतृत्वमा आउन पूर्वाग्रहरी भूमिका खेलिरहेको छ ।’
डब्लूआइटीको रिसर्च रिपोर्टका अनुसार प्रविधिमा क्षेत्रमा स्नातक तह अध्ययन गर्ने नेपाली महिलाहरू ६७.११ प्रतिशत र स्नातकोत्तर गर्ने महिलाहरू २०.९५ रहेको उनी बताउँछिन् । ‘यसको तुलना गर्दा थाइल्यान्ड र फिलिपिन्सजस्ता देशहरूमा प्रविधि क्षेत्रमा महिलाको सहभागिता उच्च देखिन्छ,’ उनी भन्छिन्, ‘जहाँ प्रत्येक देशमा ४८ प्रतिशत महिलाले प्रविधिमा स्नातक उपाधि हासिल गरेका छन् । यसले नेपालको आईसीटी क्षेत्रमा महिलाको शैक्षिक योग्यता उल्लेखनीय भए पनि क्षेत्रीय देशहरूसँग तुलना गर्दा अझ सुधारको खाँचो छ ।’

उनी प्रविधिमा महिलाको समावेशी सहभागिता जरूरी रहेको उनको विचार छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भइसकेकाले अन्य क्षेत्रमा जस्तै सूचना प्रविधिमा महिलाहरूलाई समावेशी रूपमा सहभागी गराउन जरूरी उनी बताउँछिन् ।
‘यो क्षेत्रमा आउन न त भाषाले समस्या गर्छ, न त सामाजिक संरचनाले । जब प्रविधिमा दक्षता हालिस हुन्छ, उसले ग्लोबल्ली एउटै ट्रेन्डमा काम हुन्छ । यसले देशको आर्थिक उन्नति त हुन्छ नै, समाजलाई आर्थिक र सामाजिक समृद्धितर्फ लैजान कोसेढुंगाकै काम गर्छ । त्यसकारण प्रविधिमा महिलाको समावेशी सहभागी अनिवार्य छ,’ उनको तर्क छ ।
प्रतिक्रिया 4