+
+
Shares

च्याट जिपिटीले निको पारिदियो १० वर्षदेखिको ढाड दुखाई !

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १६:१५
एआईद्वारा निर्मित तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपन एआईका अध्यक्ष ग्रेग ब्रोकम्यानले एक व्यक्तिको १० वर्षदेखिको ढाड दुखाइ च्याट जिपिटीको सहयोगले सुधार भएको बताए।
  • रेडिटमा व्यक्तिले आफ्नो समस्या र उपचार योजना साझा गरेपछि एआईले विश्लेषण गरी जीवनशैली र व्यायामका सुझाव दिए।
  • यस घटनाले एआईको व्यक्तिगत स्वास्थ्य सुधारमा सकारात्मक भूमिका देखाएको र परम्परागत विधिहरूभन्दा उपयोगी हुनसक्ने देखाएको छ।

हालै कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको सहयोगले एक निसन्तान महिलाले गर्भाधारण गरेको समाचार सार्वजनिक भएको थियो ।

वास्तवमा एआईले मानव जिवनका हरेक पहलुमा अविश्वसनीय प्रभाव जमाउन थालेको छ र यसप्रतिको मानिसहरुको निर्भरता, विश्वास र आशक्ति पनि बढिरहेको छ । यसै कडीमा एआईको प्रभावशाली उपयोगको एउटा नयाँ उदाहरण बाहिर आएको छ ।

च्याट जिपिटीको सहयोगले आफ्नो १० वर्षदेखिको ढाडको दुखाई निको हुँदै गएको एकजना व्यक्तिले दाबी गरे । त्यस्तो दाबीलाई प्रामाणिकता दिने व्यक्ति चाहीँ कुनै सामान्य मानिस होइनन्, स्वयम् ओपन एआई कम्पनीका अध्यक्ष तथा सह–संस्थापक ग्रेग ब्रोकम्यान हुन् ।

सोसल मिडिया प्लाटफर्म रेडिटमा एकजना व्यक्तिले आफ्नो ढाड दुख्ने समस्या समाधानमा च्याट जिपिटीले सहयोग गरेको भनेर गरेको खुलासाको विवरणलाई च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईका अध्यक्ष ब्रोकम्यानले आफ्ना एक्स अकाउन्ट मार्फत् प्रस्तुत गरेका हुन् ।

एक दशक लामो ढाड दुखाईको पीडा

एकजना व्यक्तिले रेडिटमा गरेको पोस्टअनुसार,उनलाई ढाडको दुखाइले लामो समयदेखि दुख दिइरहेको थियो । लामो समय कुर्सीमा बस्नुपर्ने बानी, शरीरको गलत ‘पोश्चर’ र व्यायामका क्रममा लागेको चोट नै उनको ढाड दुखाईको प्रमुख कारक थियो ।

समस्या समाधानार्थ उनले ७–८ जना फिजियोथेरापिस्टहरूसँग परामर्श पनि गरे । तर सबैले आ–आफ्नै परामर्शका साथै उपचार विधिहरू बताए ।

कसैले कसैले ‘लेटरल इमब्यालेन्स’ कसैले ‘डीप कोर मसल’ त कसैले ड्राई नीडलिङ थेरापी गर्न सुझाए । सोही मुताबिक उनले व्यायाम तथा उपचार समेत गरे, तर निको भएन ।

त्यसबाट थकित र अन्योलमा परेका ती व्यक्तिले अन्ततः आफ्नो पूरै लक्षण, उपचार इतिहास र लो ब्याक एबीलीटी (एलबीए)  नामक एक विधि बारेको जानकारी च्याट जिपिटीमा राखे । एलबिए विधि विश्रामको सट्टा मांसपेशी बलियो बनाउने अवधारणामा आधारित छ, तर यसबारे स्पष्ट दिशानिर्देश पाउन कठिन हुन्छ ।

त्यसपछि च्याट जिपिटीले उपलब्ध विवरणहरू विश्लेषण गरी उनलाई ढाडको दुुखाई किन भएको हो भन्ने कुरा बुझाउने मात्र होइन, कुन व्यायाम किन उपयोगी हुन्छ, कसरी गर्ने र कस्तो जीवनशैली अपनाउने लगायतका विषयहरुको स्पष्ट योजना समेत तयार गरिदियो ।

केही हप्तामै ७० प्रतिशत सुधार

च्याट जिपिटीले तयार गरिदिएको सोही प्लान अनुसार कार्य गर्दै गएपछि ती व्यक्तिको स्वास्थ्यमा सुधार आयो । उनले केवल केही हप्तामै आफ्नो ढाड दुखाइ र ढाडको मांशपेशीको अररोपनमा ६०–७० प्रतिशत सुधार अनुभव गरे । अहिले उनी बिस्तारै पुरानै गतिविधिमा फर्कन थालेका र भारी वजन उठाउने व्यायाम गर्न समेत सक्षम भएको दाबी गरिएको छ ।

ओपन एआई अध्यक्षको टिप्पणी

रेडिटमा एक व्यक्तिले लेखेको उक्त अनुभवलाई सोसल मिडिया प्लाटफर्म एक्समा शेयर गर्दै ओपन एआईकाका अध्यक्ष ग्रेग ब्रोकम्यानले लेखेका छन्ः हामीहरु अझै धेरै टाढा पुग्नु छ । तर यो घटनाले देखाउँछ कि एआईले अहिले नै मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ ।

वास्तवमा उक्त घटना व्यक्तिगत स्वास्थ्य सुधारमा कृत्रिम बुद्धिमत्ताको बढ्दो भूमिका र सम्भावनाहरूको ज्वलन्त उदाहरण बनेको । विशेष गरी विद्यमान परम्परागत चिकित्सा विधिले उल्लेखनीय परिणाम दिन नसक्ने खालका स्वास्थ्य समस्यामा एआईको प्रयोग उपयोगी हुनसक्ने विज्ञहरुको भनाई छ । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?