Comments Add Comment

सूचना प्रविधि

List Grid
यस्तो हुनेछ सामसुङको फोल्डेबल स्मार्टफोन (भिडियोसहित)

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदैछ । सामसुङको उक्त पहिलो फोल्डेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुने बताइएको छ । यद्यपि ग्यालेक्सी एफ सार्वजनिक हुने एकिन मिति त घोषणा भएको छैन तथापि फेब्रुअरी २० मा हुने एक विशेष समारोहका बेला सामसुङले यस स्मार्टफोनका बारेमा केही जानकारी सार्वजनिक गर्ने अपेक्षा […]

अप्रिल २ मा बन्द हुँदै गुगल प्लस

इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वज्निक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द […]

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप, सर्वाधिक इन्टर्नल स्टोरेज भएको स्मार्टफोन ल्याउँदै

दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् । उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । […]

आइफोनमाथि भाइरस आक्रमण

एप्पलको आइफोनमाथि साइबर हमला भएको छ । आइफोनको एउटा एपमा बग देखा परेको छ, जसका कारण आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको छ । प्रयोगकर्ताले आइफोन तथा आइप्याडमा भिडियो कलिङ्गका लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा बगले आक्रमण गरेको छ । जसका कारण फोन रिसिभ हुने […]

सामसुङले ल्यायो ग्यालेक्सी एम स्मार्टफोन, के छन् फिचर्स ?

दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित एम सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले विश्वमै पहिलोपटक भारतमा एम सिरिजका ग्यालेक्सी स्मार्टफोन एम १० र एम २० सार्वजनिक गरेको हो । यी दुबै स्मार्टफोन भारतमा रहेको कारखानामा उत्पादन गरिएका हुन् । भारतीय बजारलाई नै लक्षित गरेर यी दुई स्मार्टफोन उत्पादन गरिएको बताइएको छ । सामसुङका यी […]

अमेजनमा सामान अर्डर गर्दा रोबोटले गर्न थाल्यो डेलिभरी

इ- कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने सेवाको परीक्षण सुरु गरेको छ । अमेरिकाको वाशिङटन राज्यमा अमेजनले आफ्नो डेलिभरी रोबोट स्काउटको परीक्षण सुरु गरेको हो । वाशिङटन राज्यको नोहोमिस काउन्टीमा विभिन्न ६ वटा स्वचालित रोबोट ट्रकबाट ग्राहकको घरसम्म सामानहरुको पूर्‍याउन सुरु गरिएको छ । सुरुवातमा ती आपूर्ति रोबोटहरु दिनको समयमा मात्र सञ्चालित हुनेछन् […]

माइक्रोसफ्टको सर्च इन्जिनमाथिको प्रतिबन्ध चीनले हटायो

माइक्रोसफ्टको सर्च इन्जिन बिङ्गमाथि चीनले लगाएको भनिएको प्रतिबन्ध हटेको छ । चिनियाँ टेलकम प्रोभाइडर्सहरुले बिगं सर्च इन्जिनमाथिको पहुँच पुनस्र्थापित गरेका हुन् । गुगललगायतका मुख्य सर्च इन्जिन प्रतिबन्धित रहेको देश चीनमा खुल्ला रहेको एकमात्र विश्वव्यापी सर्च इन्जिन बिंग हो । माइक्रोसफ्टले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘चीनमा बिंगमाथि बन्देज लगाइएको थियो । तर अहिले चाहीँ यो पुनस्र्थापित […]

फेसबुकबाट ह्वाट्सएपमा मेसेज पठाउन सकिने

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना बनाएको छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् । उल्लेखित तिनवटै एप्सलाई एउटै एपमा समायोजन गरिनेछ । एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह्वाट्सएपबाट कुनै मेसेन्जर प्रयोगकर्तालाई समेत मेसेज पठाउन सकिनेछ । […]

क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा

११ माघ, काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ ।’सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको […]

फेब्रुअरी २४ मा एलजीको फाइभ जी स्मार्टफोन

दक्षिण कोरियाली कम्पनी एल जी इलेक्ट्रोनिक्सले आगामी फेब्रुअरी २४ मा स्पेनको बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसका अवसरमा आफ्नो पहिलो फाइभ जी स्मार्टफोन लञ्च गर्ने घोषणा गरेको छ । उक्त फाइभ जी स्मार्टफोन जनवरी २८ सम्म चल्ने मोबाइल वल्र्ड कंग्रेस २०१९ मा प्रदर्शनीमा राखिनेछ । रिपोर्टअनुसार यसमा क्वालकोमको सबैभन्दा पछिल्लो स्नापड्रागन ८५५ प्रोसेसरको प्रयोग गरिनेछ । […]

यी हुन् सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएका स्मार्टफोन

नयाँ फोन खरीद गर्ने बेलामा अहिलेको पुस्ताका धेरै मानिसको ध्यान यो फोनले कस्तो सेल्फी खिच्दछ भन्नेमै हुन्छ । धेरैले आफ्नो लागि नयाँ फोन किन्दा यसको सेल्फी क्यामरा अर्थात् फ्रन्ट क्यामराको क्षमतालाई मापदण्ड बनाउने गरेको पाइन्छ । स्मार्टफोन प्रयोगकर्ताको यहीँ आनीबानीलाई ध्यान दिँदै विश्वका स्मार्टफोन निर्माता कम्पनीहरुले एक पछि अर्को गर्दै गज्जबको सेल्फी फिचर तथा शक्तिशाली […]

७० करोड प्रयोगकर्ताको इमेल ह्याक

नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् । उनले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो इमेल troyhunt.com मा उल्लेख गरेका छन् । त्यो करीब ७७ करोड ३० लाख इमेल आईडी तथा २ करोडभन्दा धेरै […]

अब ह्वाट्सएपको मेसेज फरवार्डमा बन्देज

इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले फेक न्यूजविरुद्ध लड्नका लागि कम्मर कसेको छ । ह्वाट्सएपले विश्वभरका प्रयोगकर्ताका लागि मेसेज फरवार्ड गर्नमा सीमा तय गरेको छ । अब एकजना प्रयोगकर्ताले एउटा मेसेजलाई अधिकतम पाँच पटकसम्म मात्र फरवार्ड गर्न सक्नेछन् । फेसबुक स्वामित्वको ह्वाट्सएपमा अहिले प्रयोगकर्ताले २० पटकसम्म मेसेज फरवार्ड गर्न सक्दछन् । ह्वाट्सएपका अनुसार झण्डै आधा वर्षसम्म यस […]

हुवावे काण्डमा के हुँदैछ ?

पछिल्लो समयमा चिनिया स्मार्टफोन तथा टेलिकम उपकरण कम्पनी हुवावे तीव्र अन्तर्राष्ट्रिय विवादको केन्द्र बनेको छ । यसका प्रडक्टहरुबाट उत्पन्न सुरक्षा चुनौतिको बारेमा विभिन्न देशहरुले चासो देखाएका छन् । यहीँ हप्ता जर्मनीले आगामी पुस्ताको मोबाइल नेटवर्कमा हुवावेलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । हुवावेमाथि अमेरिकामा विभिन्न खाले व्यापारिक गोपनियता चोरी गरेको आरोप लागेसँगै यसका प्रमुख वित्तिय […]

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

६ माघ, काठमाडौं । अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ? यदि त्यसो हो भने सतर्क हुनुस् । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था छ । ‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा […]

भारतले अन्तरीक्षमा जनावर होइन, रोबोट पठाउने

भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ । विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने निर्णय गरेको हो । सन् २०२१ मा अन्तरीक्षमा मानिस पठाउने योजनामा रहेको भारतले त्यसअघिको परीक्षण प्रक्रियाका लागि यन्त्र मानव अर्थात् रोबोटको सहारा लिनेछ । इशरो […]

मोबाइल एप र गेममा वार्षिक ७१ अर्ब डलर खर्च, एप्पल र गुगलले कति कमाए ?

वर्षौँ देखिएको एउटा ट्रेण्ड के छ भने एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गर्ने खर्च भन्दा एप्पल आइओएस प्रयोगकर्ताले एप स्टोरमा बढि खर्च गर्दै आएका छन् । गत वर्ष सन् २०१८ मा पनि एप्पलको त्यो अग्रता कायमै रह्यो । हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार एप स्टोरबाट एप्पलले आम्दानी गरेको रकम गुगल प्ले स्टोरबाट गुगलले आम्दानी […]

दुनियाँ लठ्याउने टिकटक के हो ?

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ । के हो टिक टक ? टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) […]

कम्प्युटर र स्मार्टफोनबाट एक घण्टा टाढा हुँदा के फाइदा हुन्छ ?

काठमाडौं । अघिल्लो महिना एप्पलले स्क्रिन टाइम फिचर लञ्च गर्यो । यसबाट प्रयोगकर्ताले आफ्नो फोन वा ट्याबमा कति समयसम्म बिताएको छु भन्ने कुरा थाहा पाउन सक्दछन् । यदि तपाईंले उक्त फिचर प्रयोग गर्नुभएको छैन भने प्रयोग गर्दा राम्रो हुन्छ । अफिसको कम्प्युटर, व्यक्तिगत कम्प्युटर वा फोनमा स्क्रिन टाइम चेक गर्नुस् त तपाईंले दिनमा कतिधेरै समय […]

अमेजन मालिक डिभोर्स प्रकरणः अमेजनको भविष्य के हुन्छ ?

बिहे गरेलगत्तै म्याकेन्जी बेजोसले आफ्नो पति जेफ बेजोसलाई गाडीमा चढाएर न्युयोर्कदेखि सिएटल सम्म पुर्‍याइन् । त्यो यात्राका क्रममा नै बेजोसले भावी व्यावसायिक योजना तयार गरे, जसले अन्ततः अहिलेको विश्वको सबैभन्दा मूल्यवान कम्पनी अमेजनको सूत्रपात गर्यो । अहिले २५ वर्ष पछाडि पनि म्याकेन्जी पुनः ड्राइभर सिटमा छिन् । तर, फरक प्रसंग र परिस्थितिमा । २५ वर्षअघि […]

फेक पोष्टविरुद्ध फेसबुकले सुरु गर्‍यो कारवाही

फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक न्यूजविरुद्धको संघर्ष सुरु गरेको हो । समाचार अनुसार अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट […]