+
+
WC Series
Nepal
0/0
VS
UAE
80/6 (13.4)
Shares

ह्वाट्सएपमा आउँदै ‘प्लस’ सब्सक्रिप्सन : अब शुल्क तिरेर थिम र रिङ्टोन कस्टमाइज गर्न सकिने

मेटाका प्रवक्ताले यसको पुष्टि गर्दै प्रिमियम सुविधाहरूमा २० वटासम्म च्याट पिन गर्न मिल्ने, विशेष च्याट थिम र नयाँ नोटिफिकेसन टोन समावेश हुने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १८:०५

ह्वाट्सएपले हाल आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम प्लस र स्न्यापच्याट प्लस जस्तै एक नयाँ सशुल्क सब्सक्रिप्सन प्लान ‘ह्वाट्सएप प्लस‘ को परीक्षण गरिरहेको छ।

यो अतिरिक्त सेवा मुख्य रूपमा एपको सजावट र पर्सनलाइजेशनमा केन्द्रित छ । यसअन्तर्गत प्रयोगकर्ताले पैसा तिरेर कस्टमाइज्ड आइकन, थिम, रिङ्टोन र अन्य सुविधाहरू प्रयोग गर्न पाउनेछन्।

मेटाका प्रवक्ताले यसको पुष्टि गर्दै प्रिमियम सुविधाहरूमा २० वटासम्म च्याट पिन गर्न मिल्ने, विशेष च्याट थिम र नयाँ नोटिफिकेसन टोन समावेश हुने बताएका छन्। यद्यपि, गत वर्षदेखि ह्वाट्सएपको ‘स्टाटस’ मा देखिन थालेका विज्ञापनहरू हटाउने बारेमा भने यो प्लानमा कुनै उल्लेख गरिएको छैन।

यसको मूल्यको बारेमा कम्पनीले आधिकारिक घोषणा नगरे पनि विभिन्न रिपोर्टहरूका अनुसार युरोपमा मासिक २.४९ युरो र पाकिस्तानमा ०.८२ यूरो कायम हुन सक्ने देखिएको छ।

ह्वाट्सएपले सुरुमा केही सीमित प्रयोगकर्ताहरूका लागि एक महिनाको निःशुल्क ट्रायल पनि अफर गरिरहेको छ। करिब १० वर्षअघि ह्वाट्सएपले वार्षिक १ डलर शुल्क लिने गरेकोमा फेसबुकले खरिद गरेपछि सन् २०१६ देखि यसलाई पूर्ण रूपमा निःशुल्क बनाएको थियो।

हालका वर्षहरूमा ह्वाट्सएप मेटाका लागि आम्दानीको ठूलो स्रोत बनेको छ, जसको वार्षिक राजस्व २ अर्ब डलर नाघिसकेको छ। अहिले यो सुविधा सानो समूहमा मात्र परीक्षण भइरहेकाले यसले कम्पनीमा तत्कालै ठूलो प्रभाव नपार्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?