+
+
Shares

मेरिकी प्रतिबन्धलाई चुनौती दिँदै जापानी एआई ‘फुगु अल्ट्रा’ सार्वजनिक

यो मोडेल अमेरिकाले बन्द गरिदिएका ‘फेबल’ र ‘माइथोज’ जत्तिकै शक्तिशाली रहेको जापानी कम्पनीको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १४:३५

९ असार, काठमाडौं । केही समयअघि अमेरिकी सरकारले सुरक्षाको कारण देखाउँदै आफ्ना शक्तिशाली एआई मोडेलहरू ‘फेबल’ र ‘माइथोज’ विदेशीहरूका लागि बन्द गरिदिएको थियो ।

अमेरिकाको यो प्रतिबन्धलाई लिएर फ्रान्समा भएको जी७ बैठकमा फ्रान्स र क्यानडा जस्ता राष्ट्रहरूले समेत ‘हामीलाई प्रविधिबाट बञ्चित गरियो’ भन्दै असन्तुष्टि पाेखेका थिए ।

यही विवादका बीच एउटा जापानी कम्पनी ‘सकाना’ले अमेरिकी प्रतिबन्धको विकल्पमा ‘फुगु अल्ट्रा’ नामको नयाँ एआई मोडेल (multi-agent orchestration system) सार्वजनिक गरेको छ ।

यो मोडेल अमेरिकाले बन्द गरिदिएका ‘फेबल’ र ‘माइथोज’ जत्तिकै शक्तिशाली रहेको जापानी कम्पनीको दाबी छ ।

यसको मुख्य फाइदा भनेको अब विश्वका जुनसुकै देशका प्रयोगकर्ताले पनि अमेरिकी प्रतिबन्धको कुनै झन्झट र जोखिम विना नै ढुक्कसँग अत्याधुनिक एआई सुविधा प्रयोग गर्न पाउने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?