+
+
Shares

गुगल सर्चमा ‘इन्फर्मेसन एजेन्ट’ : इन्टरनेटमा हुने अपडेटहरू अब आफैं ट्र्याक गर्ने

हालै सम्पन्न गुगल आई/ओ २०२६ मा घोषणा गरिएको यो फिचरलाई ‘इन्फर्मेसन एजेन्ट’ नाम दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुगलले इन्टरनेटमा प्रयोगकर्तालाई चाहिने जानकारी आफैं खोजेर अपडेट गराउने 'इन्फर्मेसन एजेन्ट' नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ ।
  • यो फिचरले टिकटको मूल्य, जागिरको अवसर र समाचार जस्ता विषयहरू लगातार स्क्यान गरी नयाँ अपडेटबारे प्रयोगकर्तालाई नोटिफिकेसनमार्फत जानकारी गराउनेछ ।
  • यो सेवा हाल मासिक ९९.९९ अमेरिकी डलर शुल्क तोकिएको 'एआई अल्ट्रा' सब्सक्रिप्सन लिएका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ ।

३१ जेठ, काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ एआई फिचर सुरु गरेको छ । याे फिचरले इन्टरनेटमा प्रयोगकर्तालाई चाहिने जानकारीहरू आफैं खोजेर अपडेट गराउनेछ ।

हालै सम्पन्न गुगल आई/ओ २०२६ मा घोषणा गरिएको यो फिचरलाई ‘इन्फर्मेसन एजेन्ट’ नाम दिइएको छ ।

यो गुगलको नयाँ एआई मोडको एउटा हिस्सा हो, जसको उद्देश्य प्रयोगकर्ताले बारम्बार एउटै कुरा सर्च गरिरहनु पर्ने झन्झटलाई कम गर्नु रहेकाे छ ।

यो फिचरले विशेष गरी त्यस्ता खोजीहरूका लागि काम गर्नेछ जसमा लगातार नयाँ अपडेटहरू भइरहन्छन् ।

उदाहरणका लागि, यदि तपाईंले कुनै हवाई टिकटको मूल्य, बजारमा आउन लागेको नयाँ सामान, जागिरको अवसर, वा कुनै विकसित हुँदै गरेको समाचार पछ्याउनु पर्ने छ भने, तपाईंले गुगलको एआई मोडमा गएर सामान्य भाषामा त्यसलाई ट्र्याक गर्न भन्न सक्नुहुन्छ ।

तपाईंले ‘मलाई यसबारे अपडेट राख’ वा ‘यस्तो परिवर्तन हुँदा अलर्ट गर’ जस्ता तरिकाले यो एजेन्ट सक्रिय बनाउन सक्नुहुन्छ ।

तपाईंले निर्देशन दिएपछि यो एआई एजेन्टले पृष्ठभूमिमा रहेर इन्टरनेट, वित्तीय डेटा र सामाजिक सञ्जालहरू लगातार स्क्यान गरिरहन्छ । र, तपाईंले खोजेको विषयमा केही नयाँ अपडेट आयाे भने गुगलले तपाईंको फोनमा एउटा संक्षिप्त जानकारी र सम्बन्धित लिङ्कहरू सहितको नोटिफिकेसन पठाइदिनेछ ।

यसरी सिर्जना गरिएका एजेन्टहरूलाई प्रयोगकर्ताले आफ्नो एआई मोडको हिस्ट्रीमा गएर जुनसुकै बेला परिवर्तन वा बन्द गर्न पनि सक्छन् ।

यो सेवा हालका लागि गुगलको ‘एआइ अल्ट्रा’ सब्सक्रिप्सन लिएका प्रयोगकर्ताहरूका लागि उपलब्ध हुन थालेको छ, जसको मासिक शुल्क ९९.९९ अमेरिकी डलर तोकिएको छ ।

पछि यो ‘एआइ प्राे’ प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराइने गुगलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?