+
+
Shares

इन्स्टाग्रामले ‘योर् अल्गोरिदम’ फिचर विस्तार गर्दै

प्रयोगकर्तालाई सिफारिस गरिने सामग्रीमा थप नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूलाई फिड र रिल्सको रेकमेन्डेसनमा थप नियन्त्रण प्रदान गर्न नयाँ सुविधाहरूको परीक्षण सुरु गरेको छ।
  • इन्स्टाग्रामका प्रमुख एडम मोजेरीले अल्गोरिदम नियन्त्रणका लागि चारवटा नयाँ विकल्पहरू परीक्षण भइरहेको जानकारी दिनुभएको छ।
  • विश्लेषकहरूले यस प्रयासलाई पूर्ण नियन्त्रण भन्दा पनि प्रयोगकर्तालाई नियन्त्रणमा रहेको महसुस गराउने एक माध्यमका रूपमा अथ्र्याएका छन्।

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूलाई फिड तथा रिल्सको रेकमेन्डेसन माथि थप नियन्त्रण प्रदान गर्न थप सुविधाहरूको परीक्षण सुरु गरेको छ।

यस अपडेटको मुख्य उद्देश्य प्रयोगकर्ताहरूले एपभित्र कुन विषयका सामग्रीहरू मन पराउँछन् वा मन पराउँदैनन् भन्ने कुरा सहजै सिस्टमलाई जानकारी गराउन सक्ने वातावरण निर्माण गर्नु हो।

इन्स्टाग्रामका प्रमुख एडम मोजेरीका अनुसार, कम्पनीले प्रयोगकर्ताहरूलाई यस विकल्पबारे बढी सचेत गराउन र अल्गोरिदम नियन्त्रण गर्ने सुविधाहरूमा सहज पहुँच पुर्‍याउन विभिन्न उपायहरू खोजिरहेको छ।

यो नयाँ सुविधा एपमा पहिलेदेखि नै उपलब्ध ‘योर् अल्गोरिदम’ विकल्पकै परिमार्जित रूप हो, जसलाई अहिले क्रमिक रूपमा सबै प्रयोगकर्तामाझ विस्तार गरिँदैछ।

मोजेरीले भनेका छन्, ‘हामी ‘योर् अल्गोरिदम’ फिचरलाई इन्स्टाग्रामभरि थप उपयोगी र प्रत्यक्ष रूपमा उपस्थित गराउने काम गरिरहेका छौँ। यसमध्ये केहीको अहिले परीक्षण भइरहेको छ, केही चाँडै आउँदैछन् भने केहीले सोचे अनुरूप काम नगर्न पनि सक्छन्।’

मोजेरीले इन्स्टाग्रामले विचार गरिरहेका चारवटा सम्भावित उदाहरणहरू पनि साझा गरेका छन्:

होम स्क्रिनबाटै सहज पहुँच: पहिलो विकल्प अन्तर्गत प्रयोगकर्ताहरूले होम स्क्रिन मा स्क्रिनलाई तलतिर थिचेर तानेपछि (ड्रयाग डाउन) सिधै ‘योर् अल्गोरिदम’ प्यानलमा पुग्न सक्नेछन्। त्यहाँ उनीहरूले आफ्नो पूर्वसंलग्नताका आधारमा प्रणालीले लिंक गरिदिएका विषयहरूलाई थप्न वा हटाउन पाउनेछन्।

‘टपिक कन्ट्रोल’ : इन्स्टाग्रामले रिल्स स्क्रोल गर्दै गर्दा भिडियोहरूको बीचमै सिधै ‘टपिक कन्ट्रोल’ विकल्प राख्नेबारे पनि विचार गरिरहेको छ।

तल्लो फङ्सन बारमा बटन: सिफारिस गरिएका रिल्सहरूका लागि स्क्रिनको तल्लो भागमा रहने फङ्सन बारमै नियन्त्रण विकल्पहरू उपलब्ध गराइनेछ। जसका माध्यमबाट प्रयोगकर्ताहरू सजिलै ‘योर् अल्गोरिदम’ स्क्रिनमा पुगेर आफूलाई उक्त सामग्रीमा रुचि भए-नभएको संकेत दिन सक्नेछन्।

संवादात्मक (क्न्वरसेसनल) प्रम्प्ट: इन्स्टाग्रामले प्रयोगकर्ताको रुचि परिष्कृत गर्न एउटा कन्वरसेसनल शैलीको प्रम्प्टको पनि परीक्षण गरिरहेको छ। यसले गर्दा प्रयोगकर्ताहरूले कुनै विशिष्ट विषय नै नतोकी केवल कुराकानीकै शैलीमा आफ्नो फिडलाई सुधार्न सक्नेछन्।

मोजेरीका अनुसार, आदर्श रूपमा यसले अल्गोरिदमलाई ‘तपाईंमाथि लादिएको केही कुरा भन्दा पनि तपाईंले संवाद गर्न सक्ने माध्यम’ जस्तो महसुस गराउनेछ।

संकलन गरिएको तथ्यांक के भन्छ?

सेक्युरिटी चेन्जेस, डाटा संरक्षण र फिड प्राथमिकताका सवालमा प्रयोगकर्ताहरू सधैं आफ्नो नियन्त्रण चाहन्छन्। तर, व्यावहारिक रूपमा अल्गोरिदम-कन्ट्रोल्ड युगमा धेरैजसो मानिसहरू सेटिङ्सभित्र गएर क्युरेट गर्नुभन्दा सिधै स्क्रोल गर्न र प्रणालीले नै आफ्ना प्राथमिकताहरू बुझोस् भन्ने चाहन्छन्।

यद्यपि, यो प्रयास चाखलाग्दो भए तापनि यसले प्रयोगकर्ताका सबै चिन्ताहरूलाई सम्बोधन भने गर्दैन। अधिकांश इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफूले म्यानुअल रूपमा फलो गरेका एकाउन्ट र प्रोफाइलका सामग्रीहरू मात्र देखाउने फिडको माग निरन्तर गर्दै आएका छन्। तर, मेटाले यसलाई पूर्ण रूपमा स्वीकार गरेको छैन, किनभने केवल प्रयोगकर्ताको रोजाइमा छोड्नु भन्दा अल्गोरिदम-निर्देशित अनुभवले प्रयोगकर्ताहरूलाई एपमा धेरै समयसम्म इनगेज गर्न मद्दत गर्छ।

त्यस अर्थमा, मेटाको यो अल्गोरिदम नियन्त्रण विकल्प वास्तविक नियन्त्रण भन्दा पनि प्रयोगकर्तालाई ‘नियन्त्रणमा रहेको महसुस गराउने’ एउटा भ्रम मात्र हुनसक्ने विश्लेषकहरूको बुझाइ छ।

मेटाले प्रयोगकर्ताको समय र संलग्नता घट्ने गरी धेरै म्यानुअल नियन्त्रण दिने जोखिम मोल्ने सम्भावना कमै छ, तर प्रयोगकर्ताहरूले चाँडै नै इन्स्टाग्रामको अल्गोरिदमलाई आफ्नो रुचि सिकाउने थप केही नयाँ माध्यमहरू भने पाउने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?