+
+
Shares

चिनियाँ भूउपग्रह कम्पनीले सार्वजनिक गर्‍यो एनभिडिया र एप्पलको मुख्यालयका तस्वीर

चीनको उत्तर-पूर्वी सहर चाङचुनमा रहेको ‘चाङगुआङ स्याटेलाइट’ ले सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरूमध्ये यी तस्बिर पनि परेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ भूउपग्रह कम्पनी चाङगुआङले सिलिकन भ्यालीस्थित एनभिडिया र एप्पल मुख्यालयका उच्च गुणस्तरका तस्बिरहरू सार्वजनिक गरेको छ।
  • जिलिन-१ नामक भूउपग्रहद्वारा खिचिएका ती तस्बिरहरूमा एनभिडियाका अत्याधुनिक भवनहरू, एप्पल पार्क र सान्टा क्लारा विश्वविद्यालय क्षेत्र स्पष्ट देखिएका छन्।
  • कम्पनीका प्रवक्ताले यो कार्य "नियमित भूउपग्रह समाचार" मात्र भएको बताउँदै जिलिन-१ का तस्बिरहरू सर्वसाधारणका लागि सहजै उपलब्ध रहेको उल्लेख गरे।

२२ जेठ, काठमाडौं । इरानलाई सहयोग गरेको आरोपमा अमेरिकी सरकारको प्रतिबन्धमा परेपछि एउटा चिनियाँ भूउपग्रह कम्पनीले क्यालिफोर्नियाको सिलिकन भ्यालीस्थित एनभिडिया र एप्पलको मुख्यालयका उच्च गुणस्तरका (हाई-डेफिनिसन) तस्बिरहरू सार्वजनिक गरेको छ।

चीनको उत्तर-पूर्वी सहर चाङचुनमा रहेको ‘चाङगुआङ स्याटेलाइट’ ले सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरूमध्ये यी तस्बिर पनि परेका हुन्।

कम्पनीको ‘जिलिन-१’ कन्स्टेलेसनद्वारा खिचिएका यी भूउपग्रह तस्बिरहरूले त्यस क्षेत्रको विस्तृत आकाशीय दृश्य (बर्ड्स-आई भ्यू) प्रस्तुत गर्छन्।

ती तस्बिरहरूमा सान्टा क्लारामा रहेको एनभिडियाको अत्याधुनिक ‘इन्डेभर’ र ‘भोयाजर’ भवनहरू तथा क्युपर्टिनोमा रहेको अन्तरिक्षयान आकारको ‘एप्पल पार्क’ समावेश छन्। तस्बिरहरूमा सान्टा क्लारा विश्वविद्यालयका राता इँटाका भवनहरू र त्यसको वरपरको क्षेत्र पनि देखिन्छ।

चाङगुआङ स्याटेलाइटका प्रवक्ताले यो सार्वजनिक कार्य ‘नियमित भूउपग्रह समाचार’ मात्र भएको बताउँदै जिलिन-१ का तस्बिरहरू सर्वसाधारणका लागि सहजै उपलब्ध रहेको थपे।

यस कम्पनीले लगातार विभिन्न स्थानका भूउपग्रह दृश्यहरू पोस्ट गर्दै आएको छ। जसमा चीनका खुल्ला फलाम खानी र तीव्र गतिका रेल स्टेशनहरू, अत्यधिक गर्मीको समयमा नयाँ दिल्ली, हवाईको ज्वालामुखीको क्रेटर र विश्वकपका लागि तयारी भइरहेका उत्तर अमेरिकाका स्टेडियमहरू सामेल छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?