+
+
Shares

लिंक्डइनले ल्यायो ‘प्रीमियम एप्लाई असिस्टेन्ट’ एआई फिचर, रोजगारी खोज्न सजिलो हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १३:३९

११ असार, काठमाडौं । लिंक्डइनले जागिर खोजिरहेका प्रयोगकर्ताहरूका लागि ‘प्रीमियम एप्लाई असिस्टेन्ट’ नामको नयाँ फिचर विस्तारै रोलआउट गर्दै छ। यो एआईमा आधारित प्रणाली हो।

यसलाई सशुल्क लिंक्डइन प्रिमियम प्रयोगकर्ताहरूले आफू सुहाउँदो खुला पदहरूमा सजिलै आवेदन दिन सकून् भन्ने उद्देश्यले डिजाइन गरिएको हो।

यो प्रिमियम एप्लाई असिस्टेन्टले आवेदकका लागि सबैभन्दा उपयुक्त खाली पदहरू पहिचान गरिदिन्छ। यसका साथै यसले सदस्यहरूको तर्फबाट आवेदनका मुख्य विवरणहरू आफैँ भरिदिने क्षमता पनि राख्छ।

यस टुलले आवेदन प्रक्रियालाई अझ छिटो बनाउन र आवेदकको प्रस्तुतिलाई उत्कृष्ट देखाउन कभर लेटर समेत तयार गरिदिन्छ।

यस प्रक्रियामा आवेदनको प्रत्येक विवरणलाई लिंक्डइनको एआई प्रणालीले राम्रोसँग जाँच गर्छ। त्यसपछि लिंक्डइनको मूल्याङ्कनका आधारमा आवेदनको सो भाग पूर्ण रूपमा तयार छ कि छैन भनेर एउटा कन्फिडेन्स इन्डिकेटर देखाउँछ।

प्रयोगकर्ताले त्यसपछि आफ्नो आवेदन बुझाउन सक्छन्। यस विषयमा लिंक्डइनले विशेष रूपमा के स्पष्ट पारेको छ भने जागिर दिने रिक्र्युटरहरूलाई सो आवेदन एआईबाट तयार पारिएको हो भन्ने कुरा थाहा हुने छैन।

रिक्र्युटरहरूले प्रयोगकर्ता आफैँले बुझाउन रोजेका सामग्रीहरू मात्र देख्न पाउनेछन् र एआईले ड्राफ्ट बनाएको कुरा उनीहरूलाई देखाइने छैन।

मुख्य रूपमा लिंक्डइनको यो प्रिमियम एप्लाई असिस्टेन्टले प्रयोगकर्ताको प्रोफाइलसँग मेल खाने उत्कृष्ट पदहरूका लागि जागिर खोज्ने प्रक्रियालाई स्वचालित बनाउन सक्छ। यो फिचरले लिंक्डइन बाहिर विज्ञापन गरिएका पदहरूका लागि पनि काम गर्नेछ।

त्यस्ता पदहरूमा पनि असिस्टेन्टले विवरणहरू फारममा आफैँ भर्ने र आवेदन पत्रको ड्राफ्ट दिने सुविधा दिन्छ। अवश्य पनि लिंक्डइन प्रयोगकर्ताहरूले यी सबै विवरणहरूलाई आफैँले स्वीकृत गर्नुपर्ने हुन्छ। त्यसैले सैद्धान्तिक रूपमा हेर्दा यो प्रक्रियामा मानिस आफैँले विवरण जाँच गर्ने एउटा तह त रहन्छ।

तर सामान्य व्यावहारिक कुरा के हो भने धेरैजसो मानिसहरूले प्रत्येक विवरणलाई मसिनो गरी जाँच गर्ने छैनन्। बरु उनीहरूले लिंक्डइनको सिस्टमले मिल्दो देखाएका जति सबै पदहरूमा फटाफट आवेदन दिनका लागि यो स्वचालित प्रक्रियाको प्रयोग गर्नेछन्। यसले गर्दा हरेक कदम स्वचालित हुनेछ र आवेदनहरू छिटो बुझाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?