+
+
Shares

स्कर्ट : गर्मीको मौसममा हल्का र आरामदायी पहिरन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १३:३६

गर्मी मौसममा स्टाइलसँगै आराम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ, र स्कर्ट यसको उत्कृष्ट विकल्प हो । अहिले विभिन्न प्रकारका ट्रेन्डी स्कर्टहरू फेसनमा छन्, जसलाई युवतीहरूले सजिलै विभिन्न टपहरूसँग स्टाइल गर्न सक्छन् ।

गर्मी सुरु भएसँगै युवतीहरू हल्का, आरामदायी र स्टाइलिस कपडा लगाउन रुचाउँछन् । यस मौसमका लागि सबैभन्दा उपयुक्त पहिरनमध्ये एक मानिन्छ स्कर्ट । स्कर्टले शरीरलाई शीतल र सहज महसुस गराउनुका साथै व्यक्तित्वलाई पनि आकर्षक बनाउँछ । आजकल मिनी स्कर्ट, मिडी स्कर्ट, डेनिम स्कर्ट, प्रिन्टेड स्कर्ट, म्याक्सी स्कर्टलगायतका विभिन्न डिजाइनहरू लोकप्रिय छन् ।

यी स्कर्टहरूलाई टी–सर्ट, क्रप टप, शर्ट वा ट्यांक टपसँग सजिलै मिलाएर लगाउन सकिन्छ । अझ रमाइलो कुरा के छ भने, अहिले यस्ता ट्रेन्डी स्कर्ट किन्न बजार धाउनुपर्दैन । विभिन्न अनलाइन सपिङ प्लेटफर्महरूमा फरक–फरक डिजाइन र बजेटका स्कर्टहरू सजिलै उपलब्ध छन् ।

समरका लागि ट्रेन्डी स्कर्टहरू

१. मिनी स्कर्ट

मिनी स्कर्ट युवतीहरूमाझ सबैभन्दा लोकप्रिय मध्ये एक हो । यसको लम्बाइ घुँडाभन्दा माथिसम्म हुन्छ र पार्टी वा क्याजुअल आउटिङका लागि उत्कृष्ट विकल्प मानिन्छ । आजकल डेनिम, कपास (कटन) र प्लेड डिजाइनका मिनी स्कर्टहरू विशेष चलनमा छन् । यसलाई क्रप टप वा ओभरसाइज्ड शर्टसँग स्टाइल गर्न सकिन्छ ।

कहाँ पाइन्छ ?

दराज, जिभी, जस्ता अनलाइन प्लेटफर्म र न्युरोड, लगनखेल जस्ता ठाउँमा विभिन्न डिजाइनका मिनी स्कर्ट उपलब्ध हुन्छन् ।

२.प्रिन्टेड तथा फ्लोरल स्कर्ट

गर्मी मौसममा फ्लोरल तथा प्रिन्टेड स्कर्ट लगाउँदा निकै आकर्षक देखिन्छ । चम्किला रङ र सुन्दर प्रिन्टले लुकलाई ताजगी र आकर्षण दिन्छ ।
फ्लोरल स्कर्टलाई साधारण टी–सर्ट वा स्लिभलेस टपसँग लगाउन सकिन्छ । विशेषगरी दिनको समयमा घुम्न जाँदा यस्तो स्टाइल निकै सुहाउँदो देखिन्छ ।

कहाँ पाइन्छ ?

दराज, जीभी लगायत विभिन्न अनलाइन प्लेटफर्महरूमा विभिन्न फ्लोरल र प्रिन्टेड स्कर्टहरू उपलब्ध छन् ।

३.प्लीटेड स्कर्ट

प्लीटेड अर्थात् तह–तह परेको डिजाइन भएको स्कर्ट अहिले निकै फेसनमा छ । यसमा रहेका साना–साना फोल्डहरूले स्कर्टलाई क्लासी र आकर्षक बनाउँछन् ।

यो स्कर्ट अफिस, कलेज तथा पार्टी सबै अवसरका लागि उपयुक्त मानिन्छ । यसलाई शर्ट, टप वा ब्लेजरसँग पनि लगाउन सकिन्छ ।

कहाँ पाइन्छ ?

प्लस साइज नेपाल, दराज, जिभी र नेस्का जस्ता अनलाइन प्लेटफर्ममा प्लीटेड स्कर्ट सजिलै पाइन्छ ।

४.म्याक्सी स्कर्ट

म्याक्सी स्कर्ट पैतालासम्म लामो हुने र अत्यन्त आरामदायी स्कर्ट हो । गर्मीमा कटन वा रेयन कपडाको म्याक्सी स्कर्ट लगाउँदा सहज महसुस हुन्छ।

समुद्री किनाराको यात्रा, बिदा वा सामान्य घुमघामका लागि यो उत्कृष्ट विकल्प हो । यसलाई क्रप टप वा अफ–शोल्डर टपसँग लगाएर बोहो–स्टाइल लुक प्राप्त गर्न सकिन्छ ।

कहाँ पाइन्छ ?

नेस्का, प्लस साइज नेपाल, दराज, जीभी र अन्य अनलाइन पेल्टफर्ममा म्याक्सी स्कर्ट उपलब्ध छन् ।

५.र्‍याप स्कर्ट

र्‍याप स्कर्टको डिजाइन अलि फरक हुन्छ । यसलाई अगाडिबाट बेरेर बाँधिने भएकाले यो निकै स्टाइलिस र आकर्षक देखिन्छ । फ्लोरल प्रिन्ट वा साधारण एकरङ्गे डिजाइन दुवै र्‍याप स्कर्टमा राम्रो देखिन्छन् । यसलाई ट्यांक टप वा फिटेड टी–सर्टसँग लगाउँदा आकर्षक लुक प्राप्त हुन्छ ।

कहाँ पाइन्छ ?

स्मार्ट डोको, दराज, जिभी र अन्य अनलाइन प्लेटफर्ममा विभिन्न डिजाइनका र्‍याप स्कर्ट उपलब्ध छन् ।

६.फ्लोई मिडी स्कर्ट

फ्लोई मिडी स्कर्ट अहिलेको लोकप्रिय फेसन ट्रेन्डमध्ये एक हो । यसको लम्बाइ घुँडाभन्दा केही तलसम्म पुग्छ र फराकिलो फ्लेयरका कारण निकै आकर्षक देखिन्छ ।

कटन, लिनेन र शिफन कपडामा पाइने यी स्कर्ट गर्मी मौसमका लागि उपयुक्त हुन्छन् । यसलाई क्रप टप, फिटेड टी–सर्ट वा हल्का शर्टसँग लगाउन सकिन्छ । कलेज, अफिस वा साथीहरूसँगको भेटघाटका लागि यो उत्कृष्ट विकल्प हो ।

कहाँ पाइन्छ ?

प्लस साइज नेपाल, दराज र जिभी जस्ता प्लेटफर्ममा विभिन्न डिजाइनका फ्लोई मिडी स्कर्ट उपलब्ध छन् ।

७.डेनिम स्कर्ट

डेनिम स्कर्टको फेसन कहिल्यै पुरानो हुँदैन । युवतीहरूमाझ यो सधैं लोकप्रिय रहने स्कर्ट हो । हाल मिडी र ए–लाइन डेनिम स्कर्टहरू विशेष ट्रेन्डमा छन् । यसलाई टी–सर्ट, क्रप टप वा क्याजुअल शर्टसँग सजिलै मिलाउन सकिन्छ ।

कहाँ पाइन्छ ?

जिभी, दजार र विभिन्न अन्लाइन प्लेटफर्ममा डेनिम स्कर्ट सजिलै उपलब्ध छन् ।

स्कर्ट किन्दा ध्यान दिनुपर्ने कुराहरू

१. गर्मी मौसमका लागि कटन वा लिनेनजस्ता हल्का र हावा सजिलै छिर्ने कपडा छनोट गर्नुपर्छ ।

२. धेरै टाइट स्कर्टभन्दा आरामदायी फिट भएको स्कर्ट रोज्नुपर्छ ।

३. गर्मीमा हल्का तथा प्यास्टल रङका स्कर्टहरू बढी आकर्षक देखिन्छन् ।

४. स्कर्ट किन्ने बेला विभिन्न टपहरूसँग सजिलै मिलाउन सकिने डिजाइन छनोट गर्नुपर्छ ।

समर फेसनमा स्कर्ट किन विशेष ?

स्कर्टको सबैभन्दा ठूलो विशेषता भनेको यो आरामदायी हुनुका साथै अत्यन्त स्टाइलिस पनि हुनु हो । यही कारणले गर्मी मौसममा धेरै युवतीहरूले स्कर्टलाई आफ्नो पहिलो रोजाइ बनाउने गरेका छन् ।

अहिलेको अनलाइन सपिङको युगमा मिन्त्रा, अजियो, नायका फेसन, अमेजन फेसन, जारा र अर्बानिकजस्ता प्लेटफर्ममा विभिन्न डिजाइनका ट्रेन्डी स्कर्टहरू सजिलै उपलब्ध भएकाले आफ्नो शैली र बजेट अनुसारको स्कर्ट छनोट गर्न अझ सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?