+
+
WC Series
Nepal
0/0
VS
UAE
40/3 (5.4)
Shares

र्‍यानसमवेयर आक्रमणबाट कसरी जोगिने ? मन्त्रालयको यस्तो सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १७:३३
सांकेतिक तस्बिर ।

अहिलेको डिजिटल युगमा साइबर आक्रमण बढ्दो क्रममा छ । प्रयोगकर्ताको डेटा चोर्न फरक-फरक तरिका अपनाइने गरिन्छ । ती मध्येको र्‍यानसमवेयर एक हो । तर, यसबाट बच्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सार्वजनिक रूपमा सुरक्षा उपाय सार्वजनिक गरेको छ ।

केन्द्रका अनुसार र्‍यानसमवेयर भनेको एक प्रकारको हानिकारक सफ्टवेयर हो । यसले प्रयोगकर्ताको फाइल वा सिस्टमलाई लक वा इन्क्रिप्ट गरी खोल्नै नदिने वा खुले पनि प्रयोग गर्न नसकिने बनाउँछ । त्यसपछि फाइल वा सिस्टममा पुनः पहुँच प्राप्त गर्नका लागि फिरौती माग्ने गर्छ ।

यसबाट निम्न समस्या निम्तिन सक्छन्:

– महत्वपूर्ण डाटा, फाइल, कागजात वा पूरै उपकरणमा पहुँच रोकिन सक्छ ।

– तपाईंको संस्था/निकायले प्रदान गरेका सेवाहरू अवरुद्ध हुन सक्छ ।

– तपाईंको महत्वपूर्ण र संवेदनशील डेटा/सूचना चोरी वा लिक हुन सक्ने भएकाले गोपनीयता सम्बन्धी जोखिम हुन सक्छ ।

– तपाईंको डेटा/सूचना अनलक वा पुन:प्राप्तिका लागि फिरौती माग्ने हुँदा आर्थिक नोक्सानी हुन सक्दछ ।

के गर्दा हामी यो आक्रमणमा पर्न सक्छौं

– इमेलहरुमा रहेका शंकास्पद अट्याचमेन्टहरू (पीडीएफ, वर्ड आदि) खोल्दा

– सामाजिक सञ्जाल, एसएमएस वा इमेलमार्फत आउने नक्कली वेबसाइट र शंकास्पद लिङ्कमा क्लिक गर्दा

-असुरक्षित स्रोतहरुबाट .exe/.apk फाइलहरू डाउनलोड गर्दा

‍- मालवेयरहरू लुकेर बसेको हुन सक्ने हुँदा चोरीका सफ्टवेयरहरु प्रयोग गर्दा

– अपरेटिङ सिस्टम लगायत प्रयोग गरिएका सफ्टवेयरहरू नियमित अपडेट नगर्दा

– एन्टिभाइरस लगायत उपयुक्त सुरक्षा प्रणाली नहुँदा

– असुरक्षित नेटवर्क र यूएसबी/एक्सटर्नल डिभाइस प्रयोग गर्दा

यसबाट जोगिन के गर्ने ?

– अपरिचित व्यक्ति वा स्रोतबाट प्राप्त इमेलहरूमा रहेका शंकास्पद लिंक अथवा अट्याचमेन्ट खोल्नुअघि आधिकारिकता सुनिश्चित गर्ने

-.exe/.apk जस्ता एक्ज्युटेबल फाइल वा सफ्टवयरहरू डाउनलोड गर्दा गुगल प्ले स्टोर/एप स्टोर/माइक्रोसफ्ट स्टोर अथवा सम्बन्धित सफ्टवेयरको आधिकारिक वेबसाइट मात्र प्रयोग गर्ने

– क्य्राक्ड अथवा पाइरेटेड लगायत अनधिकृत सफ्टवेयरहरू प्रयोग नगर्ने । सिस्टमलाई नियमित रूपमा अपडेट गर्न् । एन्टिभाइरस लगायत उपयुक्त सुरक्षा प्रणालीको प्रबन्ध मिलाउने

– डेटाको नियमित व्याकअप गर्ने । व्याकअपलाई क्लाउड र अफलाइन स्टोरेजमा समेत सुरक्षित गर्ने

– नेटवर्कको सुरक्षा बलियो बनाउने

– यूएसबी/एक्सटर्नल डिभाइस मालवेयर नभएको सुनिश्चित गरी सावधानीपूर्वक प्रयोग गर्न

तर, यति सतर्कता अपनाएर पनि कहिलेकाहीँ आक्रमण हुन सक्छ ।

यदि त्यस्तो भइहाले के गर्ने ?

– र्‍यानसमवेयर लागेको शंका लागेमा सो मालवेयर अन्य उपकरणहरूमा फैलन नदिन तुरुन्तै उक्त उपकरणलाई इन्टरनेट/इन्ट्रानेटबाट अलग गर्ने

– इमेल, सिस्टम लगइन आदिको पासवर्ड तुरुन्त परिवर्तन गर्ने

– आक्रमणकारीले माग गरेको रकम तुरुन्त नतिर्ने । रकम तिरेपछि पनि डेटा फिर्ता हुने सुनिश्चित हुँदैन ।

– ब्याकअपबाट सिस्टम रिस्टोर गर्न प्रयास गर्ने ।

– घटनाको विस्तृत विवरणसहित नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्ने र राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा समेत जानकारी गराउने।

– र्‍यानसम नोट, स्क्रिन मेसेज, लग फाइल लगायतका प्रमाणहरू सुरक्षित राख्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?